सप्तरीको बैरवामा चैत २१ गते बृहत साहित्यीक कार्यक्रम हुने

राजविराज राजविराज
|
सोमबार, चैत्र २, २०७७
|
|
४५ पटक हेरिएको
Shares
सप्तरीको बैरवामा चैत २१ गते बृहत साहित्यीक कार्यक्रम हुने

सारांश

  •     उदयानन्द स्मृती प्रतिष्ठानले सोमबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि उनकै जन्मथलो बैरवामा पहिलो पटक बृहत साहित्यीक कार्यक्रमको आयोजना गर्न लागेको जानकारी दिएको छ ।
  •       आयोजक उदयानन्द स्मृती प्रतिष्ठानका तर्फबाट गठित तयारी समितिका संयोजक भरतराज शर्माले नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङको प्रमुख आतिथ्यमा आयोजना हुने कार्यक्रममा नेपाली साहित्यका विशिष्ठ व्यक्तित्वहरुको सहभागिता रहने जानकारी दिएका छन् ।
  •       आदि महाकवी स्व.

दैनिक समाचारदाता
राजविराज, २ चैत । 
    सप्तरीको कंचनरुप नगरपालिकाको वडा नं. १ बैरवामा आदी महाकवी स्व. उदयानन्द अर्यालको स्मृती एवं सम्मानमा आगामी चैत २१ गते बृहत साहित्यीक कार्यक्रम हुने भएको छ । 
    उदयानन्द स्मृती प्रतिष्ठानले सोमबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि उनकै जन्मथलो बैरवामा पहिलो पटक बृहत साहित्यीक कार्यक्रमको आयोजना गर्न लागेको जानकारी दिएको छ । 
    आयोजक उदयानन्द स्मृती प्रतिष्ठानका तर्फबाट गठित तयारी समितिका संयोजक भरतराज शर्माले नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङको प्रमुख आतिथ्यमा आयोजना हुने कार्यक्रममा नेपाली साहित्यका विशिष्ठ व्यक्तित्वहरुको सहभागिता रहने जानकारी दिएका छन् । 
    आदि महाकवी स्व. अर्यालको स्मृतीलाई चिरस्थायी बनाउन, उनको व्यक्तित्व र कृतित्वलाई उजागर गर्न तथा कला साहित्य, संस्कृतीको जगेर्नामा टेवा पुर्‍याउने उद्देश्यले उक्त साहित्यीक कार्यक्रमको आयोजना गर्न लागिएको उनको भनाई छ ।
    बि.स. १८१२ मा सप्तरीको बैरवामा जन्मनु भएका आदि महाकवी स्व. अर्यालको बि.स.१८९४ मा निधन भएको थियो । उनको नेपाली भाषामा लेखिएको पहिलो महाकाब्य पृथ्वीन्द्रोदय, बेताल पच्चिसि खण्डकाब्य, फुटकर कविता लगायतका विभिन्न रचना प्रकाशित भएका छन् भने २०६४ सालमा नेपाल सरकारले उनको स्मृतीमा १ र ५ रुँपैया दरको हुलाक टिकट समेत प्रयोगमा ल्याएको छ । 
    साहित्यकार एवं प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानकी सरिता अर्याल, बिनोद पोखरेल, मिडिया काउन्सील प्रदेश २ का अध्यक्ष शिवहरी भटराई, प्रेस काउन्सीलका पूर्व सदस्य अनिल कुमार अनल, महासंघका पूर्वसभापति प्रकाश खतिवडा लगायतले पनि साहित्यीक कार्यक्रम र स्व. अर्यालको योगदान बारे प्रकाश पारेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु