अलिवकबाव सुलतानेट रेस्टुरेन्टमा सिटिजन्स बैंकका ग्राहकहरुले विशेष छुट पाउने 

राजविराज राजविराज
|
मंगलबार, चैत्र १०, २०७७
|
|
३६ पटक हेरिएको
Shares
अलिवकबाव सुलतानेट रेस्टुरेन्टमा सिटिजन्स बैंकका ग्राहकहरुले विशेष छुट पाउने 

सारांश

  •     मध्यपूर्वी भोजनको विशिष्ट स्वाद नेपालमै पस्कने उद्देश्यका साथ खुलेको अलिवकबाव सुलतानेटसँगको यो सहकार्य पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरु लाभान्वित हुने भएका छन् ।
  •       हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको पनि व्यवस्था गरेको छ ।
  •     सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा ए.

दैनिक समाचारदाता
काठमाडौं, १० चैत । 
    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र टंङ्गाल, काठमाडौंस्थित अलिवकबाव सुलतानेट रेस्टुरेन्ट बीच विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
    मध्यपूर्वी भोजनको विशिष्ट स्वाद नेपालमै पस्कने उद्देश्यका साथ खुलेको अलिवकबाव सुलतानेटसँगको यो सहकार्य पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरु लाभान्वित हुने भएका छन् । 
    हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको पनि व्यवस्था गरेको छ ।
    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव ७ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 
    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आफ्ना आदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु डिजिटली च्यानलको माध्यमबाट प्रदान गरिरहेको छ । 
    यसलाई मूर्तरुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न क्अबल ७ ध्ष्तजमचबध सेवा, मोबाइल बैंकिङ्गको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट नगरी घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनि गरेको छ । 
    यस प्रकारको सेवाबाट डिजिटल बैंकिङ्ग सभ्यताको विकासमा टेवापुग्ने विश्वास बैंकले लिएको छ । व्यवसायिक ज्ञानको कमि, वित्तीय बजारको यथार्थ जानकारी नहुनु, नीति, नियम र प्रणालीसंग परिचित नहुनु तथा व्यवसायिक तालिम र अभिमुखीकरणको अपर्याप्तता, उचित परामर्शको अभाव, वित्तीय साक्षरता र पहुँचको कमीले लगानी योग्य पुजी सदुपयोग हुन नसकेको परिस्थितिलाई न्युनिकरण गर्न यस बैंकले वित्तीय साक्षरता कार्यक्रमहरुका साथ साथै सुलभ र सहजतवरले सहुलियतपूर्ण कर्जा प्रवाह गर्दै आएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पशु व्यवसायीमा आत्मनिर्भर नभए सम्म कृषि  क्षेत्र बिस्तार हुदैन् ः कृषि मन्त्री साह 
पशु व्यवसायीमा आत्मनिर्भर नभए सम्म कृषि  क्षेत्र बिस्तार हुदैन् ः कृषि मन्त्री साह 
तिरहुत काँग्रेसका उम्मेदवारद्वारा घोषणा पत्र जारि
तिरहुत काँग्रेसका उम्मेदवारद्वारा घोषणा पत्र जारि
वेपत्ता भएको १६ दिनपछि कुखुरा व्यवसायी मृत भेटिए
प्रदेश २ स्तरिय महिला क्रिकेटमा बारा र सर्लाही बिजयी 
प्रदेश २ स्तरिय महिला क्रिकेटमा बारा र सर्लाही बिजयी 
बिद्युतीय उपकरण चोरी गर्ने एक पक्राउ
बिद्युतीय उपकरण चोरी गर्ने एक पक्राउ
एमाले सप्तरीमा निकै असन्तुष्टि, मन्त्रीले ल्याएको विकास योजनामा आफ्नै नेताहरुबाट बिरोध
एमाले सप्तरीमा निकै असन्तुष्टि, मन्त्रीले ल्याएको विकास योजनामा आफ्नै नेताहरुबाट बिरोध
तिरहुत गाउँपालिकमा १६ किलोमिटर बाटो बिस्तार, तीन वटा वडामा एक सय स्यालो बोरिङ्ग जडान
तिरहुत गाउँपालिकमा १६ किलोमिटर बाटो बिस्तार, तीन वटा वडामा एक सय स्यालो बोरिङ्ग जडान
रुपनी मेयर कपको फाइनलमा 
छोरीको जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण
छोरीको जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण
विवादका बीच विश्वविद्यालय भवनको शिलान्यास झडपमा शिक्षा मन्त्री, सांसदसहित एक दर्जन घाइते
विवादका बीच विश्वविद्यालय भवनको शिलान्यास झडपमा शिक्षा मन्त्री, सांसदसहित एक दर्जन घाइते