दैनिक समाचारदाता
राजविराज, १५ चैत ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री नबीन्द्रराज जोशीको शोकमा आइतबार श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ ।
शैलाजा आचार्य समाज सप्तरीले आयोजना गरेको श्रद्धाञ्जली सभामा वक्ताहरुले स्व. जोशी सालिन स्वभावका सक्रिय इमान्दार एवं निष्ठावान नेता रहेको बताएका छन् ।
पञ्चायत विरुद्ध भएको आन्दोलनमा पटक–पटक बन्दी जीवन विताएका उनको चर्चा गर्दै वक्ताहरुले जनतासँग नजिक रहेर दु:खसु्खमा साथ दिने नेताको रुपमा जोशीलाई चिनिने गरेको उल्लखे गरे ।
समाजका अध्यक्ष रीया राय संचेतीको अध्यक्षतामा आयोजित श्रद्धाञ्जली कार्यक्रममा नेपाली कांग्रेस सप्तरीका सचिव रामकुमार यादवले निष्ठावान, इमानदार र इमानदारिताको सबल पक्षधर नेता जोशी कहिलेपनि नडगमगाइ अगाडी बढिरहेको बताएका छन् ।
श्रद्धाञ्जली सभामा कृष्णसवरण गाउँपालिका उपाध्यक्ष मीना चौधरी, नेपाली कांग्रेस क्षेत्र २ का कोषाध्यक्ष एनेश्वर दास, नेपाल पत्रकार महासंघ शाखा सप्तरीका पूर्व अध्यक्ष धीरेन्द्रप्रसाद साह, सामाजिक अभियनता सुनिताकुमारी साह, कांग्रेसका नेतृ मालती चौधरी, नेपाल विद्यार्थी संघका पार्थो सरकार लगायतले जोशीप्रति श्रद्धाञ्जली अपर्न गरेका थिए ।
बिक्रम सम्वत २०२० सालमा जन्मेका जोशीलाई गत फागुन १४ गते मस्तिष्कघात भएको थियो । उनी काठमाडौंस्थित नर्भिक इन्टरनेसनल अस्पताल भर्ना भएका थिए । उनको सोही अस्पतालमा शुक्रबार राति ५७ वर्षको उमेरमा निधन भएको थियो ।
काँग्रेस नेता जोशीप्रति श्रद्धाञ्जली
सारांश
- शैलाजा आचार्य समाज सप्तरीले आयोजना गरेको श्रद्धाञ्जली सभामा वक्ताहरुले स्व.
- जोशी सालिन स्वभावका सक्रिय इमान्दार एवं निष्ठावान नेता रहेको बताएका छन् ।
- पञ्चायत विरुद्ध भएको आन्दोलनमा पटक–पटक बन्दी जीवन विताएका उनको चर्चा गर्दै वक्ताहरुले जनतासँग नजिक रहेर दु:खसु्खमा साथ दिने नेताको रुपमा जोशीलाई चिनिने गरेको उल्लखे गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया