मैथिली लोक कथाहरुको संग्रह पुस्तक बिमोचित  

राजविराज राजविराज
|
शुक्रबार, पौष १३, २०७५
|
|
४१ पटक हेरिएको
Shares
मैथिली लोक कथाहरुको संग्रह पुस्तक बिमोचित  

सारांश

  •     महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस, राजविराजका अवकास प्राप्त सह–प्राध्यापक स्व.
  • परमेश्वर प्रसाद सिंह “दिनेश” द्वारा लिखित तथा नवीन साप्ताहिकको सहयोगमा प्रकाशित पुस्तकको लेखक स्व.
  • सिंहका छोरा प्रा.

दैनिक समाचारदाता
राजविराज, १२ पुस । 
    मैथिली लोक कथाको अध्ययन तथा अनुसन्धान गरी तयार पारिएको “लोक कथा–एक विवेचना, केही मैथिली लोक कथाहरु” नामक मैथिली लोक कथाहरुको संग्रह गरि तयार पारिएको मैथिली पुस्तकको बिहीबार राजविराजमा बिमोचन गरिएको छ । 
    महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस, राजविराजका अवकास प्राप्त सह–प्राध्यापक स्व.परमेश्वर प्रसाद सिंह “दिनेश” द्वारा लिखित तथा नवीन साप्ताहिकको सहयोगमा प्रकाशित पुस्तकको लेखक स्व. सिंहका छोरा प्रा. बिजय कुमार सिंहले विमोचन गरे । 
    पुस्तकले विभिन्न भाषा–भाषीहरुलाई लोककथाको सैद्धान्तिक ज्ञानमार्ग उद्देश्यले सैद्धान्तिक मद्दत पु¥याउने पुस्तकमा उल्लेख छ । यस्तै मैथिली भाषा, साहित्य, परम्परा, संस्कृति र आहार–विहार बारे जानकारी गराउने उद्देश्यले पुस्तक प्रकाशन गरिएको नवीन साप्ताहिकका सम्पादक अनिल कुमार अनलले जानकारी दिए ।
    पुस्तकको पाण्डुलिपि दिएर स्व. सिंहका सहकर्मी प्रा. त्रिपुरारि शरणले प्रोत्साहन गरेपछि नवीन साप्ताहिकमा श्रृंखलाबद्ध रुपले प्रकाशन गरिए पश्चात् सो श्रृंखलाबद्ध प्रकाशनलाई पुस्तकको रुपमा प्रकाशित गरिएको उनको भनाई छ ।
    पुस्तकमा भाषा, साहित्य शुद्धा शुद्धि बारे प्राध्यापक भुवनहरि कोइरालाको सहयोग रहेको छ । लेखक स्व. परमेश्वर प्रसाद सिंह त्रि.वि.को आङ्गिक स्थानीय म.वि.व.क्याम्पस राजविराजका मैथिली विभागका सह–प्रध्यापक थिए । 
    पुस्तक विमोचन कार्यक्रममा डा. पिताम्बर यादव, प्रा. भुवनहरि कोइराला, अवकाश प्राप्त शिक्षक खेलानन्द झा, वरिष्ठ पत्रकार अनिल कुमार अनलको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जसपा नेपालको केन्द्रिय समिति बिस्तार, सप्तरीबाट एकै परिवारका बाबु, छोरी, भाईसहित २३ जना बने केन्द्रिय सदस्य
जसपा नेपालको केन्द्रिय समिति बिस्तार, सप्तरीबाट एकै परिवारका बाबु, छोरी, भाईसहित २३ जना बने केन्द्रिय सदस्य
राजविराज नगरपालिकाले इतिहासको पानामा सिमित पा¥यो “लेखनाथ आदर्श पुस्तकालय”,  पुस्तकालयको आम्दानी, ऐतिहासिक पुस्तक, कम्प्युटर तथा अन्य सामाग्रिको छैन् रेकर्ड 
राजविराज नगरपालिकाले इतिहासको पानामा सिमित पा¥यो “लेखनाथ आदर्श पुस्तकालय”,  पुस्तकालयको आम्दानी, ऐतिहासिक पुस्तक, कम्प्युटर तथा अन्य सामाग्रिको छैन् रेकर्ड 
डा. राउतको बन्दीप्रत्यक्षिकरण निवेदन खारेज 
डेरीलाई डिप फ्रिज र मिल्क क्यान तथा  मासु विक्रेतालाई डिप फ्रिज बितरण
डेरीलाई डिप फ्रिज र मिल्क क्यान तथा  मासु विक्रेतालाई डिप फ्रिज बितरण
चार वर्ष बढीको कैद भुक्तानपछि  नेकपा प्रदेश सदस्य अरुण साह रिहा
चार वर्ष बढीको कैद भुक्तानपछि  नेकपा प्रदेश सदस्य अरुण साह रिहा
प्रतिष्ठानको काम अघि बढाउन माँग गर्दै प्रर्दशन
प्रतिष्ठानको काम अघि बढाउन माँग गर्दै प्रर्दशन
स्व. प्राध्यापकद्वयलाई स्मरण गर्दै श्रद्धाञ्जली सभा सम्पन्न
स्व. प्राध्यापकद्वयलाई स्मरण गर्दै श्रद्धाञ्जली सभा सम्पन्न
पिसल्याण्ड डबल राउन्ड रोविन क्रिकेटको बिजेता 
पिसल्याण्ड डबल राउन्ड रोविन क्रिकेटको बिजेता 
नर्घाेमा एक करोड ३३ लाखको लागतमा खानेपानी सरसफाई आयोजनाको शिलान्यास
नर्घाेमा एक करोड ३३ लाखको लागतमा खानेपानी सरसफाई आयोजनाको शिलान्यास
जसपा अध्यक्ष यादव निर्वाचित, खुशियालीमा दिप प्रज्जवलन
जसपा अध्यक्ष यादव निर्वाचित, खुशियालीमा दिप प्रज्जवलन