दैनिक समाचारदाता
राजविराज, २ बैशाख ।
हरेक वर्ष चैत महिनामा मनाइने चैती छठ गत वर्ष मलेमास परेकाले सोही वर्षको सरेर यस वर्ष बैशाख ५ गते मनाइदैछ ।
नयाँ वर्षको सुरुवात सँगै कोरोनाको त्रास बढे पनि ब्रतालुहरु चैती छठ पर्वको तयारीमा जुटेका छन् । परिवारिक सुख:, शान्ति, कल्याण, रोगबाट मुक्ती तथा विभिन्न मनोकांक्षा पुरा हुने विश्वासका साथ श्रद्धापुर्वक मनाईने चैती छठ पर्व यस पल्ट शुक्रवार नुहाई खाई धार्मिक विधीबाट शुरु हुदैछ ।
जलाशय सफा गर्ने, सजाउने र छठ पर्वमा प्रयोग हुने, पुजा समाग्री खरिद गर्ने क्रम शूरु भई सकेको छ । जसकारण बजारमा चहल पहल बढेको छ ।
राजविराजको भगवती, कल्टु, तृुरन्ती र पुरनी पोखरी स्थित पुजा घाटमा चैती छठमा व्रर्तालु र दर्शनार्थी पुग्ने गरेका छन् । तर कार्तिक महिनामा मनाईने छठ पर्वमा जस्तो चैती छठ पर्वमा भने वर्तालु र दर्शनार्थीको उपस्थिती कम हुने गरेको भगवती मन्दिरका मूलपुजारी दुर्गानन्द मिश्रको भनाई छ ।
वर्षमा दुई पटक कार्तिक र चैत महिनामा मनाइने छठ पर्व यो वर्ष तीन पटक परेको छ । तर यस पटक साईत र तिथी सरेकाले चैत महिनामा मनाउने गरिएको चैती छठ पर्व बैशाखमा सर्न गएको पण्डित रुपकान्त मिश्रको भनाई छ । कार्तिकको छठ पर्वलाई मुख्य छठ पर्व मान्ने चलन रहेपनि केही वर्ष यता चैती छठ मान्नेको संख्या पनि बढ्दो छ ।
शुक्रवार नुहाई खाई विधीबाट शूरु हुने पर्व अन्तर्गत शनिवार खरना तथा आईतवार अस्ताउदो र सोमवार विहान उदाउदो सुर्यलाई अर्घ दिएर यो पर्व विधीवत सम्पन्न हुनेछ ।
कोरोना संक्रमणको बढ्दै गएको असरका बीच स्थानीय प्रशासनले सार्वजनिक स्थानमा भिडभाड नगरी घरमै चाड पर्व मानाउन आग्रह गरेको छ । गत वर्ष पनि कोरोनाको जोखीमलाई ध्यानमा राखी स्थानिय प्रशासनले घरमै बैकल्पिक उपाय गरि चैती छठ मनाउन आग्रह गरेको थियो । प्रशासनको आग्रह मान्दै केहीले घरकै छतमा अस्थायी पोखरी निर्माण गरि विधीपूवर्क छठ पर्व मनाएका थिए भने अधिकांशले प्रशासनको आग्रहको बेवास्था गर्दै जलाशय किनारमै पुगि चैती छठ पर्व मनाएका थिए ।
चैती छठको तयारी सुरु, आज नुहाई खाई
सारांश
- नयाँ वर्षको सुरुवात सँगै कोरोनाको त्रास बढे पनि ब्रतालुहरु चैती छठ पर्वको तयारीमा जुटेका छन् ।
- परिवारिक सुख:, शान्ति, कल्याण, रोगबाट मुक्ती तथा विभिन्न मनोकांक्षा पुरा हुने विश्वासका साथ श्रद्धापुर्वक मनाईने चैती छठ पर्व यस पल्ट शुक्रवार नुहाई खाई धार्मिक विधीबाट शुरु हुदैछ ।
- जलाशय सफा गर्ने, सजाउने र छठ पर्वमा प्रयोग हुने, पुजा समाग्री खरिद गर्ने क्रम शूरु भई सकेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया