सरकारी निर्णयको अवज्ञा गर्ने विद्यालय संचालकसहित पक्राउ परेका ११ जना रिहा 

राजविराज राजविराज
|
सोमबार, बैशाख १३, २०७८
|
|
८३ पटक हेरिएको
Shares
सरकारी निर्णयको अवज्ञा गर्ने विद्यालय संचालकसहित पक्राउ परेका ११ जना रिहा 

सारांश

  •     स्कोरोनाको बढ्दो जोखिमलाई ध्यानमा राख्दै सरकारले सोमबारदेखी विद्यालय बन्द गर्ने निर्णयको वेवास्था गर्दै विद्यालय संचालनमा ल्याउने सप्तरीका ११ वटा निजि विद्यालयका संचालक र शिक्षकलाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको थियो ।
  •       सोमबार बिहान प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल, राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादव, प्रहरी उपरिक्षक राजेन्द्र धमलासहितको अनुगमन टोलीले सरकारी निर्णयको अवज्ञा गर्ने विभिन्न विद्यालयका ११ जना संचालक र शिक्षकलाई नियन्त्रणमा लिएको थियो ।
  •       जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेका अनुसार नियन्त्रणमा लिइएकाहरुमा राजविराजका लक्ष्मी इङलिस बोर्डिङ स्कुलका संचालक राजेश कुमार यादव, बैधनाथ कुमार झा, बुलन्द साह, ह्या्पिल्याड मावि बोर्डिङ स्कुलका संचालक शैलन्द्र कुमार ठाकुर, जानकी सेकेन्ड्रि स्कुलका प्रिन्सिपल हरिकिसुन राय, लिटिल एन्जेल्सका प्रिन्सिपल नरेन्द्र प्रसाद देव तथा पिसजोन इङलिस बोर्डिङ स्कुलका संचालक उमाकान्त साह छन् ।

दैनिक समाचारदाता
राजविराज, १३ बैशाख । 
    विद्यालयहरु बन्द गर्ने सरकारी निर्णयको अवज्ञा गरेर विद्यालय संचालन गरेको भन्दै सप्तरीका निजि विद्यालयका संचालकसहित पक्राउ परेका ११ जनालाई सोमबार प्रहरीले रिहा गरेको छ । 
    स्कोरोनाको बढ्दो जोखिमलाई ध्यानमा राख्दै सरकारले सोमबारदेखी विद्यालय बन्द गर्ने निर्णयको वेवास्था गर्दै विद्यालय संचालनमा ल्याउने सप्तरीका ११ वटा निजि विद्यालयका संचालक र शिक्षकलाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको थियो । 
    सोमबार बिहान प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल, राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादव, प्रहरी उपरिक्षक राजेन्द्र धमलासहितको अनुगमन टोलीले सरकारी निर्णयको अवज्ञा गर्ने विभिन्न विद्यालयका ११ जना संचालक र शिक्षकलाई नियन्त्रणमा लिएको थियो । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेका अनुसार नियन्त्रणमा लिइएकाहरुमा राजविराजका लक्ष्मी इङलिस बोर्डिङ स्कुलका संचालक राजेश कुमार यादव, बैधनाथ कुमार झा, बुलन्द साह, ह्या्पिल्याड मावि बोर्डिङ स्कुलका संचालक शैलन्द्र कुमार ठाकुर, जानकी सेकेन्ड्रि स्कुलका प्रिन्सिपल हरिकिसुन राय, लिटिल एन्जेल्सका प्रिन्सिपल नरेन्द्र प्रसाद देव तथा पिसजोन इङलिस बोर्डिङ स्कुलका संचालक उमाकान्त साह छन् ।
    यस्तै सृजना बोर्डिङ स्कुलकी शिक्षिका रिमा झा, लिटिल फ्लावर बोर्डिङ स्कुलका संचालक डा. कमानन्द देव, ग्रिन इङलिस बोर्डिङ स्कुलका शिक्षक मनोज यादव तथा विष्णुपुर गाउँपालिकास्थित शिब्स बोर्डिङ स्कुलका संचालक नरेश प्रताप साहलाई पनि नियन्त्रणमा लिइएको डिएसपी काफ्लेले जानकारी दिए । यता पक्राउ परेका उनीहरुलाई सोमबार साँझ रिहा गरिएको प्रहरीले जनाएको छ । 
    कोरोना सङ्क्रमणको दोस्रो लहर चलेपछि सरकारले गत सोमबार मन्त्रिपरिषद् बैठक बसेर राजविराजसहितका स्थानमा रहेका विद्यालय, कलेज, ट्युशन सेन्टर र तालीम केन्द्रमा यही वैशाख मसान्तसम्म भौतिक उपस्थिति बन्द गर्ने निर्णय गरेको थियो । आइतबार मात्रै सरकारले सोमबारदेखि सबै प्रकारको परीक्षासमेत स्थगन गर्ने निर्णय गरेको थियो ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शारिरीक रुपमा पूर्ण अपाङ्गता रहेका  बौना दासलाई घर हस्तान्तरण
शारिरीक रुपमा पूर्ण अपाङ्गता रहेका  बौना दासलाई घर हस्तान्तरण
बलात्कारका केही घटना झुठो भएको खुलासा
बलात्कारका केही घटना झुठो भएको खुलासा
अन्तर्राष्ट्रिय स्तरको कुस्ती प्रतियोगिता शुरु
अन्तर्राष्ट्रिय स्तरको कुस्ती प्रतियोगिता शुरु
सात किलो चाँदीका  गरगहनासहित एक पक्राउ
सात किलो चाँदीका  गरगहनासहित एक पक्राउ
विष्णुपुर गाउँपालिकाले बजेटको ठूलो भाग कृषि र शिक्षामा छुट्यायो, कृषि मिटरको महशुल गाउँपालिकाले नै तिर्ने निर्णय
विष्णुपुर गाउँपालिकाले बजेटको ठूलो भाग कृषि र शिक्षामा छुट्यायो, कृषि मिटरको महशुल गाउँपालिकाले नै तिर्ने निर्णय
आरक्षको जग्गामा जबरजस्ती घर बनाउन खोज्दा झडप, प्रहरीद्वारा १९ राउण्ड अश्रृ ग्यास प्रहार, तीन प्रहरी घाइते, मंगोल अर्गनाईजेशनका इन्चार्जसहित एक दर्जन पक्राउ
आरक्षको जग्गामा जबरजस्ती घर बनाउन खोज्दा झडप, प्रहरीद्वारा १९ राउण्ड अश्रृ ग्यास प्रहार, तीन प्रहरी घाइते, मंगोल अर्गनाईजेशनका इन्चार्जसहित एक दर्जन पक्राउ
भारत सरकारद्वारा सप्तरीमा १३ करोडको परियोजना शिलान्यास
भारत सरकारद्वारा सप्तरीमा १३ करोडको परियोजना शिलान्यास
रुपनी पूर्णखोप सुनिश्चित पालिका घोषणा
रुपनी पूर्णखोप सुनिश्चित पालिका घोषणा
स्थानीय तहको निर्वाचन  सम्बन्धि कार्यतालिका सार्वजनिक 
स्थानीय तहको निर्वाचन  सम्बन्धि कार्यतालिका सार्वजनिक 
अन्तराष्ट्रिय आप्रवासन दिवसमा रक्तदान  तथा मैनबत्ति प्रज्ववलन
अन्तराष्ट्रिय आप्रवासन दिवसमा रक्तदान  तथा मैनबत्ति प्रज्ववलन