दैनिक समाचारदाता
राजविराज, २२ बैशाख ।
सप्तरीमा थप एक जना कोरोना संक्रमितको उपचारका क्रममा बुधबार मृत्यु भएको छ ।
विराटनगरस्थित कोशी अञ्चल अस्पतालको कोभिड अस्पतालमा उपचारर्थ जिल्लाको छिन्नमस्ता गाउँपालिका वार्ड नम्बर ४ का ३७ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
दुई दिन अगाडी विरामी परेपछि उनलाई उपचारको लागि सो अस्पतलामा भर्ना गरिएको थियो । सोही क्रममा परिक्षण गर्दा मंगलबार कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले बताए ।
यससँगै सप्तरी जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४७ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै मंगलबार एक शिक्षकसहित थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।
थप एक जना संक्रमितको मृत्यु
सारांश
- विराटनगरस्थित कोशी अञ्चल अस्पतालको कोभिड अस्पतालमा उपचारर्थ जिल्लाको छिन्नमस्ता गाउँपालिका वार्ड नम्बर ४ का ३७ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
- दुई दिन अगाडी विरामी परेपछि उनलाई उपचारको लागि सो अस्पतलामा भर्ना गरिएको थियो ।
- सोही क्रममा परिक्षण गर्दा मंगलबार कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया