अग्निपीडित रायलाई राहत प्रदान

राजविराज राजविराज
|
सोमबार, पौष १६, २०७५
|
|
४३ पटक हेरिएको
Shares
अग्निपीडित रायलाई राहत प्रदान

सारांश

  •     राहतस्वरुप त्रिपाल, झुल, तन्ना, धोती, साडी, थाल, ग्लास, कराही, डेक्ची, पन्यु र खाद्यान्नलगायतका राहत सामाग्री प्रदान गरिएको क्लबका अध्यक्ष एवं समाजसेवी ई.
  • सूर्य नारायण यादवले जानकारी दिएका छन् ।
  •       सो अवसरमा क्लवले आ–आफ्ना कार्यक्षेत्रमा सराहनीय कार्य गर्ने छिन्नमस्ता गाउपालिका वडा नं.

दैनिक समाचारदाता
राजविराज, १६ पुस । 
    सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं. ३ बरही विरपुरका अग्निपीडित रामधन रायका परिवारलाई सोमबार धर्मी हल्फा महिला विकास क्लबले राहत प्रदान गरेको छ । 
    राहतस्वरुप त्रिपाल, झुल, तन्ना, धोती, साडी, थाल, ग्लास, कराही, डेक्ची, पन्यु र खाद्यान्नलगायतका राहत सामाग्री प्रदान गरिएको क्लबका अध्यक्ष एवं समाजसेवी ई. सूर्य नारायण यादवले जानकारी दिएका छन् । 
    सो अवसरमा क्लवले आ–आफ्ना कार्यक्षेत्रमा सराहनीय कार्य गर्ने छिन्नमस्ता गाउपालिका वडा नं. १ का अध्यक्ष बिनोद यादव, पत्रकार शुभ नारायण यादव, समाजसेवी नन्दि राय र मंगल रायलाई सम्मानित समेत गरिएको उनले बताए । 
    पुस १४ गते रायको घरमा आगलागि हुँदा तीन लाखभन्दा बढिको धनमालको क्षति भएको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?