सउबा संघको अध्यक्षको दौडमा  आधा दर्जन भन्दा बढी आकांक्षी

राजविराज राजविराज
|
शनिबार, श्रावण १६, २०७८
|
|
५१ पटक हेरिएको
Shares
सउबा संघको अध्यक्षको दौडमा  आधा दर्जन भन्दा बढी आकांक्षी

सारांश

  •     अध्यक्षसहित १४ पदका लागी हुने निर्वाचनको आवश्यक तयारी शूरु गरिसकेको वर्तमान अध्यक्ष अरुण प्रधानले जानकारी दिएका छन् ।
  • उनले सदस्यता नविकरणका लागी भदौ २५ गते सम्म अन्तिम म्याद राखिएको र सो पछि आउनेको नविकरण नगरिने निर्णय भएको जानकारी पनि दिए ।
  •      साधारण सभाको सूचना जारि भएसँगै अध्यक्ष पदका लागि आकाँक्षीहरुले चुनावी रणनीति बनाउन थालेका छन् ।

    राजबिराज/सप्तरी उधोग बाणिज्य संघको साधारण सभाको मिती तोकिएसंगै नेतृत्व पंक्तिका लागि सप्तरीका उद्योगी व्यवसायीहरुको चहलपहल सुरु भएको छ । 
    संघले शुक्रवार एक सुचना जारी गर्दै आगामी असोज ९ गते शनिवार संघको ११ औं साधारण सभा हुने जानकारी गराएपछि सो चहलपहल सुरु भएको हो । 
    संघको चुनावी साधारण सभा भएको तथा आगामी तीन वर्षे कार्याकालका लागी नयाँ नेतृत्वको चयन समेत हुने भएकाले उद्योगी,  व्यवसायीहरुमा चुनावी सरगर्मीले माहौल तातेको छ । 
    अध्यक्षसहित १४ पदका लागी हुने निर्वाचनको आवश्यक तयारी शूरु गरिसकेको वर्तमान अध्यक्ष अरुण प्रधानले जानकारी दिएका छन् । उनले सदस्यता नविकरणका लागी भदौ २५ गते सम्म अन्तिम म्याद राखिएको र सो पछि आउनेको नविकरण नगरिने निर्णय भएको जानकारी पनि दिए ।     साधारण सभाको सूचना जारि भएसँगै अध्यक्ष पदका लागि आकाँक्षीहरुले चुनावी रणनीति बनाउन थालेका छन् । 
    वर्तमान अध्यक्ष प्रधानले भने आफु यस पल्ट चुनाव नलड्ने इच्छा जाहेर गरेका छन् । संघको अध्यक्ष पदका लागी यतिबेला वर्तमान उधोग तर्फका अध्यक्ष शंकर दास, पुर्व अध्यक्ष मनोज मुन्धडा, वर्तमान महासचिव अनन्त साह, पुर्व उपाध्यक्ष लालु प्रसाद अग्रवाल, पुर्व सचिव बैजु जोशी, पुर्व कोषाध्यक्ष रामअषिश स्वर्णकार, युवा व्यवसायी अमृत संचेती, राजेश चौधरी लगायतले सक्रियता बढाएका छन् । 
    आकाँक्षीहरु मध्ये कसको पल्ला भारी होला भन्ने आँकंलन व्यपारी माझ निकै चर्चा बढेको छ । वर्तमान अध्यक्ष प्रधानले नयाँ नेतृत्वका लागी आफुले सहमति मै चयन गर्ने प्रयास सूरु गरीसकेको बताए । 
    अन्तिम क्षणसम्म प्रयास गरिन्छ, उनले भने “सहमतीमा चयन हुन नसके दाबेदार मध्येका नेतृत्व क्षमता भएको, समय दिएर काम गर्न सक्ने र सबैलाई समेटेर संघ र आबद्ध व्यवसायीको हकहितमा काम गर्न सक्ने सक्षम ब्यक्तिलाई मेरो सर्मथन हुने छ ।”
    सप्तरीको १८ वटै स्थानीय तहका गरी संघमा करिब २ हजार मतदाता छन् ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विष्णुपुरको नीति तथा कार्यक्रममा प्रत्येक वडामा  पार्कदेखी मुख्य चौकमा रात्री बजारको योजना
विष्णुपुरको नीति तथा कार्यक्रममा प्रत्येक वडामा  पार्कदेखी मुख्य चौकमा रात्री बजारको योजना
¥याली तथा विचार आदान प्रदान कार्यक्रम गरि नारी दिवस मनाइयो
¥याली तथा विचार आदान प्रदान कार्यक्रम गरि नारी दिवस मनाइयो
जसपा नेपालका केन्द्रीय सदस्य यादव रास्वपामा प्रवेश
जसपा नेपालका केन्द्रीय सदस्य यादव रास्वपामा प्रवेश
प्रदेशस्तरीय फुटबल प्रतियोगिताको फाइनल खेलमा मुख्यमन्त्री आउने 
तीन महिना भित्रै सप्तरीमा राष्ट्रिय परिचयपत्र बितरण हुने
तीन महिना भित्रै सप्तरीमा राष्ट्रिय परिचयपत्र बितरण हुने
लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
गुडिरहेको सरकारी मोटरसाइकलमा आगलागि
गुडिरहेको सरकारी मोटरसाइकलमा आगलागि
तालाबन्दी र धर्नाका कारण राजविराज  नगरपालिकाको कामकाज प्रभावित, शतप्रतिशत योजना कार्यान्वयन हुनेमा शंका 
तालाबन्दी र धर्नाका कारण राजविराज  नगरपालिकाको कामकाज प्रभावित, शतप्रतिशत योजना कार्यान्वयन हुनेमा शंका 
पुनःनियुक्ति माग्दै कर्मचारी धर्नामा
पुनःनियुक्ति माग्दै कर्मचारी धर्नामा
रुपनी र महादेवामा पदस्थापन 
रुपनी र महादेवामा पदस्थापन