अत्याधिक गर्मीका कारण बिरामीको चाप बढ्यो

राजविराज राजविराज
|
सोमबार, श्रावण २५, २०७८
|
|
२६ पटक हेरिएको
Shares
अत्याधिक गर्मीका कारण बिरामीको चाप बढ्यो

सारांश

  •     गजेन्द्र नरायणसिंह अस्पताल आकस्मिक कक्षका इन्चार्ज धनेश्वर साहका अनुसार ज्वरो, रुखा, खोकी, झाडापखालाका बिरामीका साथै सर्पदंशमा परेका घाइतेको चाप बढेको हो ।
  •       दैनिक सर्पदंशको मात्रै ५/६ जना घाइते आउने गरेकोमा अहिले ज्वरो, रुघा, खोकी र झाडापखालाका दैनिक १० देखी २५ जनासम्म बिरामीहरु आउने गएको उनको भनाई छ ।
  •       बिरामीको चाप बढ्दै गएपछि बेडको अभावमा भुईमै भएपनि उपचार भइरहेको तथा बेड व्यवस्थापन गरि उपचार सेवा प्रदान गरिरहेको उनले बताए ।

दैनिक समाचारदाता
राजविराज, २४ साउन । 
    विगत केही दिनदेखी बढेको अत्याधिक गर्मीका कारण राजविराजस्थित अस्पताल र निजि क्लिनिकहरुमा बिरामीको चाप बढेको छ । 
    गजेन्द्र नरायणसिंह अस्पताल आकस्मिक कक्षका इन्चार्ज धनेश्वर साहका अनुसार ज्वरो, रुखा, खोकी, झाडापखालाका बिरामीका साथै सर्पदंशमा परेका घाइतेको चाप बढेको हो । 
    दैनिक सर्पदंशको मात्रै ५/६ जना घाइते आउने गरेकोमा अहिले ज्वरो, रुघा, खोकी र झाडापखालाका दैनिक १० देखी २५ जनासम्म बिरामीहरु आउने गएको उनको भनाई छ । 
    बिरामीको चाप बढ्दै गएपछि बेडको अभावमा भुईमै भएपनि उपचार भइरहेको तथा बेड व्यवस्थापन गरि उपचार सेवा प्रदान गरिरहेको उनले बताए । 
    यस्तै जिल्लाको छिन्नमस्ता र युनिक अस्पतालका साथै निजी क्लिनिकहरुमा समेत बिरामीको चाप बढेको सम्बद्ध चिकित्सकहरुले बताएका छन् । 
    गर्मी मौसममा भाइरलको संक्रमण बढी हुने भएकाले बिरामी बढ्ने गरेको गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाको भनाई छ । 
    डा. झाले गर्मी मौसममा यस्ता रोगबाट बच्नका लागि विशेष गरि पानी उमालेर मात्र पिउने, दिशापिसाब गरिसकेपछि राम्ररी हात धुने, बासी सडेगलेका खानेकुरा नखाने, झाडापखाला लागिसकेपछि पर्याप्त मात्रामा जिवन जल पिउने र रोगको लक्षण देखापर्ना साथ नजिकको स्वास्थ्य चौकी र अस्पतालमा सम्पर्क गरेर औषधी खानुपर्ने सुझाव समेत दिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?