दुर्घटनामा घाइते भएकी महिलाको मृत्यु  

राजविराज राजविराज
|
सोमबार, श्रावण २५, २०७८
|
|
५३ पटक हेरिएको
Shares
दुर्घटनामा घाइते भएकी महिलाको मृत्यु  

सारांश

  •     बाराको आदर्श कोतवाल गाउँपालिका ३ बस्ने ६५ वर्षीया मलादेवी गिरीको रुपनी गाउँपालिकास्थित युनिक अस्पतालमा मृत्यु भएको हो ।
  •       सुनसरीको चतराबाट दर्शन गरी फर्कँदै गरेको ना.
  • ४ख.

दैनिक समाचारदाता
राजविराज, २४ साउन । 
    पूर्व–पश्चिम राजमार्ग अन्तरगत सप्तरीको शम्भुनाथ नगरपालिका ६ कठौनास्थित सकडखण्डमा शनिबार राति भएको दुर्घटनामा घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
    बाराको आदर्श कोतवाल गाउँपालिका ३ बस्ने ६५ वर्षीया मलादेवी गिरीको रुपनी गाउँपालिकास्थित युनिक अस्पतालमा मृत्यु भएको हो । 
    सुनसरीको चतराबाट दर्शन गरी फर्कँदै गरेको ना.४ख. २८०० नम्बरको बसबाट ओर्लेर बाटो काट्ने क्रममा ना.४ख. २४४१ नम्बरको ट्याङ्करले ती महिलालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    घाइते गिरीलाई उपचारका लागि रुपनी गाउँपालिकास्थित युनिक अस्पताल पुर्‍याएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । 
    यता ठक्कर दिने ट्याङ्कर र चालक मोरङ विराटनगर महानगरपालिका ४ खाडीकोबरा बस्ने ४५ वर्षीय गणेश मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ भने शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु