तीन दिने व्यवसायिक साक्षरता तालिम सुरु  

राजविराज राजविराज
|
शुक्रबार, आश्विन २२, २०७८
|
|
१२५ पटक हेरिएको
Shares
तीन दिने व्यवसायिक साक्षरता तालिम सुरु  

सारांश

  •     युरोपियन यूनियनको आर्थिक सहयोग, वेल्टहङ्गरहिल्फेको प्राविधिक सहयोग तथा आसमान नेपालको अगुवाईमा राजगढ गाउँपालिका एवं दलित सरोकार मञ्च नेपाल सप्तरीको सहकार्यमा राजगढ गाउँपालिकामा नागरिक सक्रियता परियोजनाबाट उक्त व्यवसायिक साक्षरता तालिम संचालन गरिएको हो ।
  •       उक्त तालिममा राजगढ गाउँपालिकाका वडा नं.
  • १ का सृजनशिल महिला समूह तथा वडा नं.

दैनिक समाचारदाता
राजविराज, २२ असोज । 
    सप्तरीको राजगढ गाउँपालिका ४ स्थित बेल्हीमा शुक्रबारदेखी तीन दिने व्यवसायिक साक्षरता तालिम शुरु भएको छ । 
    युरोपियन यूनियनको आर्थिक सहयोग, वेल्टहङ्गरहिल्फेको प्राविधिक सहयोग तथा आसमान नेपालको अगुवाईमा राजगढ गाउँपालिका एवं दलित सरोकार मञ्च नेपाल सप्तरीको सहकार्यमा राजगढ गाउँपालिकामा नागरिक सक्रियता परियोजनाबाट उक्त व्यवसायिक साक्षरता तालिम संचालन गरिएको हो । 
    उक्त तालिममा राजगढ गाउँपालिकाका वडा नं. १ का सृजनशिल महिला समूह तथा वडा नं. ५ का बाबा बजरंगवली महिला समुहकी महिला/युवती सदस्यहरुलाई व्यवसायिक साक्षरता तालिम संचालन गरिएको दलित सरोकार मञ्चका सुशासन सहजकर्ता उपेन्द्र कुमार मरिकले जानकारी दिएका छन् । 
    आयोजित तालिम उद्घाटन समारोहका अध्यक्षता दलित सरोकार मञ्चका जिल्ला संयोजक राजकुमार पासवान एवं प्रमुख अतिथि वडा नं.  ४ का वडाध्यक्ष हेमनारायण साहले संयुक्त रुपमा ब्यनर पढेर साक्षरता तालिम उदघाटन गरे । 
    संचालित तालिममा लक्षित ग्राहकको पहिचान र विक्रय कलाको विकास, व्यवसायिक योजनाको महत्व, व्यवसायको अर्थ, प्रकार, महत्व र फाईदा, लागत तथा विक्रि मूल्य निर्धारण र लगत तथा लागतका तत्वहरु बजार र बजारीकरणलगायत बिषयबस्तुहरु समिटिने मञ्चले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी