दैनिक समाचारदाता
राजविराज, ३१ असोज ।
प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री शैलेन्द्र प्रसाद साहले राजविराजस्थित भूमिसुधार तथा मालपोत कार्यालयमा आइतबार अनुगमन तथा निरिक्षण गरेका छन् ।
सो क्रममा मंन्त्री साहले कर्मचारीहरूसँग भेटघाट गर्दै सेवाग्राहीहरूलाई सहज रुपमा सेवा पु¥याउन निर्देशन दिएका छन् ।
कर्मचारीहरूको जिज्ञासामा मन्त्री साहले सेवालाई ब्यबस्थापन, कर्मचारी अभाव र भौतिक पुर्वाधार, शौचालय निर्माण जस्ता समस्याको समाधान गर्न केन्द्र सरकारसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सेवाग्राहीहरूले मालपोत कार्यालयबाट पाउने सेवाहरू छिटो र सहज बनाउन तथा कार्यालय भित्र हुने अनियमिता बारेमा मंन्त्री साहलाई सेवाग्रहीहरुले जानकारी गराएका थिए ।
मंन्त्री साहलाई सेवाग्राहीहरूले अदालतवाट हुने अंंशबन्डा सम्बन्धी मुद्दामा अदालतले पनि रजिष्ट्रेशन शुल्क लिने र मालपोतले लालपुर्जा पाउने बेला पनि कर लिने गरेकोले आफुहरूले दोहोरो कर तिर्ने गरेको गुनासो गरे ।
मालपोत कार्यालयमा बारम्वार भष्टाचार हुने गरेको जनगुनासो बढेकोले कार्यालय भित्र हुने घटनाहरूलाई नियन्त्रण गर्न मंन्त्रि साहले ठाउँ ठाउमा सिसि क्यामरा जडान गरी निगरानी गर्नुपर्ने सुझाव दिए ।
सेवाग्राहीलाई सहज रुपमा सेवा पु¥याउन मन्त्री साहको निर्देशन
सारांश
- सो क्रममा मंन्त्री साहले कर्मचारीहरूसँग भेटघाट गर्दै सेवाग्राहीहरूलाई सहज रुपमा सेवा पु¥याउन निर्देशन दिएका छन् ।
- कर्मचारीहरूको जिज्ञासामा मन्त्री साहले सेवालाई ब्यबस्थापन, कर्मचारी अभाव र भौतिक पुर्वाधार, शौचालय निर्माण जस्ता समस्याको समाधान गर्न केन्द्र सरकारसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
- सेवाग्राहीहरूले मालपोत कार्यालयबाट पाउने सेवाहरू छिटो र सहज बनाउन तथा कार्यालय भित्र हुने अनियमिता बारेमा मंन्त्री साहलाई सेवाग्रहीहरुले जानकारी गराएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया