दैनिक समाचारदाता
राजविराज, १ कात्तिक ।
प्रदेश १ र २ का १६ वटा टिमको सहभागितामा तेश्रो मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता कात्तिक ३ गतेदेखी सुरु हुने भएको छ ।
नकआउट प्रणालीको आधारमा खेलाइने सम्पूर्ण खेल राजविराजस्थित महेन्द्र बिन्देश्वरी क्याम्पसको खेल मैदानमा सम्पन्न हुनेछ ।
यूवाशक्ति क्लब विष्णुपुर सप्तरीले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगितामा प्रदेश १ र २ का गरि १६ वटा टिमको सहभागिता रहने जनाएको छ ।
क्लबका अध्यक्ष ई रबिन्द्र यादवले कात्तिक १२ गतेसम्म चल्ने प्रतियोगितामा कुल १५ लाख खर्च हुने अनुमान गरिएको तथा प्रतियोगिताका बिजेता टिम १ लाख नगद र ट्रफि तथा उपबिजेता टिम ५० हजार नगद र ट्रफि पाउने जानकारी समेत दिए ।
प्रतियोगितामा प्रदेश १ का बुस्टन क्रिकेट ऐकेडेमी झा, बिराटनगर स्पोटिङ क्लब मोरङ र फुलवारी क्रिकेट क्लब सुनसरीको सहभागिता रहने पत्रकार सम्मेलनमा क्लबका अफिसियल प्रमुख उदित यादवले जानकारी दिए ।
प्रदेश २ बाट जनकपुर ऐकेडेमिक क्रिकेट क्लब, धनुषा रोयल क्रिक्रेट ऐकेडेमी, लहान क्रिक्रेट क्लब सिरहा, नरेशसिंह क्रिकेट ऐकेडेमी महोत्तरी, रौतहट ११, क्रिकेट बजार ११ बारा र युनाइटेड क्रिकेट क्लब पर्साको सहभागिता रहने छ ।
त्यस्तै आयोजक सप्तरीको रन्जितपुर राइडर्स, छिन्नमस्ता स्पोटिङ क्लब, बजाज यूथ ऐकेडेमी, रुपनी राइडर्स, तिलाठी कोइलाडी ११ र लायन्स क्रिकेट ऐकेडेमीको पनि सहभागिता रहने उनले जानकारी दिए ।
प्रतियोगिता अन्तरगत उद्घाटन खेल लहान क्रिकेट क्लब सिरहा तथा फुलवारी क्रिकेट क्लब सुनसरीबीच हुने तय भएको सचिव राजेन्द्र मुखाियले जानकारी दिए ।
प्रतियोगिता संचालनका लागि विष्णुपुर गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका, हनुमाननग कंकालिनी नगरपालिका, बोदेबरसाइन नगरपालिका, एसके इन्जिनियरिङ कल्सल्टेन्सी र जयसूर्या कन्सल्टेन्सी लगायतका स्थानिय तह र संघसंस्थाबाट आवश्यक सहयोग प्राप्त हुने कोषाध्यक्ष नन्दकिशोर गुप्ताले जानकारी दिए ।
प्रतियोगिताको प्रदेश २ का अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले उद्घाटन गर्ने तय भएको आयोजकले जनाएको छ ।
तेश्रो मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता भोलीदेखी
सारांश
- नकआउट प्रणालीको आधारमा खेलाइने सम्पूर्ण खेल राजविराजस्थित महेन्द्र बिन्देश्वरी क्याम्पसको खेल मैदानमा सम्पन्न हुनेछ ।
- यूवाशक्ति क्लब विष्णुपुर सप्तरीले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगितामा प्रदेश १ र २ का गरि १६ वटा टिमको सहभागिता रहने जनाएको छ ।
- क्लबका अध्यक्ष ई रबिन्द्र यादवले कात्तिक १२ गतेसम्म चल्ने प्रतियोगितामा कुल १५ लाख खर्च हुने अनुमान गरिएको तथा प्रतियोगिताका बिजेता टिम १ लाख नगद र ट्रफि तथा उपबिजेता टिम ५० हजार नगद र ट्रफि पाउने जानकारी समेत दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया