हावासँगै लगातारको वर्षाले धानबालीमा क्षति

राजविराज राजविराज
|
मंगलबार, कार्तिक २, २०७८
|
|
४७ पटक हेरिएको
Shares
हावासँगै लगातारको वर्षाले धानबालीमा क्षति

सारांश

  •     धान काट्ने बेलामा चलेको हावाले धानबाली खेतमै ढलेपछि वर्षाका कारण जमेको पानीमा धानबाली गलेको छ ।
  •       निकै महिनेतका साथ उब्जाएको बाली अन्तिम समयमा आएर वर्षाका कारण नष्ट भएपछि किसानहरु निकै चिन्तित भएका छन् ।
  • धानबाली काटेर खेतमै छाडेकोले उठाउन नसक्दा किसानहरु झनै मर्कामा परेका छन् ।

दैनिक समाचारदाता
राजविराज, २ कात्तिक । 
    सोमबार साँझदेखी हावाहुरीसँगै लगातारको बर्षाले सप्तरीका अधिकांश धानबालीमा क्षति पुगेको छ । जसकारण किसानहरु चिन्तित भएका छन् ।  
    धान काट्ने बेलामा चलेको हावाले धानबाली खेतमै ढलेपछि वर्षाका कारण जमेको पानीमा धानबाली गलेको छ । 
    निकै महिनेतका साथ उब्जाएको बाली अन्तिम समयमा आएर वर्षाका कारण नष्ट भएपछि किसानहरु निकै चिन्तित भएका छन् । धानबाली काटेर खेतमै छाडेकोले उठाउन नसक्दा किसानहरु झनै मर्कामा परेका छन् ।
    बेमौसमी वर्षाका कारण सबैजसो नगर र गाउँपालिकामा धानबालीमा समेत क्षति पुगेको छ । मलेकपुरका किसान जिवछ दासले त्यस क्षेत्रमा मात्रै करिब १५ विगहा खेतको धान नष्ट भएको सुनाए ।
    यस्तै क्षति जिल्लाका विभिन्न स्थानमा पुगेको कृषकहरुले बताएका छन् । बेमौसमी वर्षाले लहलहाउदै धान खेत नै डुबाएको छ भने कतिपय खेतबाट नदी वगिरहेको छ । 
    वर्षाका कारण जिल्लामा ठूलै मात्रामा धानबाली क्षति भएको अनुमान गरिएपनि सम्पूर्ण विवरण भने आइनसकेको कृषि ज्ञान केन्द्र राजविराजका बाली अधिकृत दिनेश यादवले जानकारी दिए । 
    दुई दिनदेखि निरन्तर चलिरहेको हावाका साथै भइरहेको वर्षाले सप्तरीसहित मुलुकभरका किसानहरु प्रभावित भएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थानीय शासन सम्बन्धी सात बुँदे घोषणापत्र जारि
स्थानीय शासन सम्बन्धी सात बुँदे घोषणापत्र जारि
रोहन बिकको उत्कृष्ट प्रदर्शनले सप्तरी बिजय
रोहन बिकको उत्कृष्ट प्रदर्शनले सप्तरी बिजय
दोश्रो मेयर कप सप्तरी प्रिमियर लिग सुरु, उद्घाटन खेलमा गत वर्षको बिजेता खड्क बोदेबर्साइन थन्डर्सद्वारा पराजित
बाढीको जोखिममा रहेका बनरझुल्लाबासी विपद्सँग जुध्न तयार
बाढीको जोखिममा रहेका बनरझुल्लाबासी विपद्सँग जुध्न तयार
भन्सार काटेको सामान पनि घुमुवा प्रहरीले जफत गरेको आरोप
भन्सार काटेको सामान पनि घुमुवा प्रहरीले जफत गरेको आरोप
ग्रामिण बस्तीमा होम बायो  ग्यास प्लान्ट बितरण
ग्रामिण बस्तीमा होम बायो  ग्यास प्लान्ट बितरण
सशस्त्र प्रहरीद्वारा लागु औषधसहित दुई यूवक पक्राउ
सशस्त्र प्रहरीद्वारा लागु औषधसहित दुई यूवक पक्राउ
कृषि विश्वविद्यालय प्रति भ्रम फैलाउने काम भएको छ ः महेश यादव
कृषि विश्वविद्यालय प्रति भ्रम फैलाउने काम भएको छ ः महेश यादव
छिन्नमस्ता मन्दिरमा आवश्यक तयारी पुरा 
छिन्नमस्ता मन्दिरमा आवश्यक तयारी पुरा 
राष्ट्रिय सभा सदस्यमा प्रदेश २ बाट  नेकपा–राजपा गठबन्धन बिजयी 
राष्ट्रिय सभा सदस्यमा प्रदेश २ बाट  नेकपा–राजपा गठबन्धन बिजयी 

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु