दैनिक समाचारदाता
राजविराज, ३ कात्तिक ।
प्रदेश २ का अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले दलित समुदायमा शिक्षाको पहुच हुनुपर्नेमा जोड दिएका छन् ।
सेभ द सप्तरीको २२ औं सधारण सभा एव सामाजिक लेखा परीक्षण कार्यक्रमको अवसरमा बोल्दै मन्त्री साहले सो कुरामा जोड दिएका हुन् ।
सप्तरी जिल्ला मानव सुचकमा एकदमै पछाडी परिसकेको भन्दै मन्त्री साहले दलित समुदायमा शिक्षाको पहुँच हुनुपर्ने बताए ।
सेभ द सप्तरीले जिल्लाको दक्षिणी भेगमा गरेको कामहरु उदाहरणीय रहेको भन्दै उनले यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । देशमा राजनैतिक परिर्वतन भएपनि समाजमा आमजनता परिर्वतन हुनुपर्ने बताउदै मन्त्री साहले कृषि, शिक्षा, रोजगार लगायतका क्षेत्रमा ध्यान दिनुपर्ने सुझाव समेत दिए ।
राज्यको आँखा नपुगेको ठाउँमा संस्थाले समाजिक क्षेत्रमा महत्वपुर्ण काम गर्दै अएकोमा मन्त्री साहले प्रशंशा समेत गरे ।
सोही कार्यक्रममा प्रदेश सभा सदस्य गिता यादवले राज्यले ब्यवस्था गर्न नसकिएको कामहरु सेभ द सप्तरीले गरिरहेको बताउँदै महिलाहरु बाहिर निस्किन नसकेको अवस्थामा सस्थाले ग्रामिण भेगका महिलालाई १५ हजार रुपैया दिएर स्वरोजगार बन्न मद्दत गरेकोप्रति आभार व्यक्त गरिन् ।
कार्यक्रममा स्वास्थ प्रमुख दुनियालाल यादवले सप्तरी जिल्लाको विभिन्न भागहरुमा समृद्ध स्वास्थ्य, शिक्षामा काम गनुपर्ने जिकिर गरे । उनले स्वास्थ्य तथा बालबालिका क्षेत्रमा सेभ द सप्तरीले निरन्तरता काम गरिरहेको भन्दै लागु औषध सेवनमा फसेका बालबालिकाहरुको हितमा काम गर्न सुझाव दिए ।
सेभ द सप्तरीका अध्यक्ष ध्रुव प्रसाद देवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश २ का मिडिया काउन्सील अध्यक्ष शिवहरीप्रसाद भटराई, गैसस महासंघका उपाध्यक्ष बलदेव मण्डल, पत्रकर महासंघका पूर्व अध्यक्ष धिरेन्द्रप्रसाद साह, सेभ द सप्तरीका संस्थापक गंगाराम साह, पत्रकार महासंघका अध्यक्ष श्रवण कुमार देव लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा सेभ द सप्तरीका बिभिन्न तहका कर्मचारीहरुको सहभागिता रहेको थियो । संस्थाले बिगत २२ बर्षदेखि समामाजिक, शिक्षा, रोजगार, स्वास्थ्य र बालबालिकाको हितमा काम गर्दै आएको छ ।
दलित समुदायमा शिक्षाको पहुँच हुनुपर्छ : अर्थमन्त्री साह
सारांश
- सेभ द सप्तरीको २२ औं सधारण सभा एव सामाजिक लेखा परीक्षण कार्यक्रमको अवसरमा बोल्दै मन्त्री साहले सो कुरामा जोड दिएका हुन् ।
- सप्तरी जिल्ला मानव सुचकमा एकदमै पछाडी परिसकेको भन्दै मन्त्री साहले दलित समुदायमा शिक्षाको पहुँच हुनुपर्ने बताए ।
- सेभ द सप्तरीले जिल्लाको दक्षिणी भेगमा गरेको कामहरु उदाहरणीय रहेको भन्दै उनले यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया