दैनिक समाचारदाता
राजविराज, ४ कात्तिक ।
नेपाल सदभावना पार्टीले असन्तुष्टीका बीच आएको संविधान संशोधन गर्नूृ पर्ने माग गरेको छ ।
विहीवार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त पार्टीले सो माग गर्दै पार्टीका राष्ट्रिय उपाध्यक्ष दशरथ यादवले संविधान असन्तुष्टीका बीचबाट आएकोले सबैको भावना समेटन संविधान संशोधन गरिनु पर्ने बताए ।
समग्र मधेश एक प्रदेश आप्mनो पार्टीको प्रमृुख एजेन्डा मध्य एक रहेको बताउँदै महासचिव रामपृत यादवले विषेश गरी नागरिकता, निर्वाचन प्रणाली तथा मधेश प्रतिको सत्तासिन दलको हेराईमा विभेद देखीएकाले संविधान संशोधन आवश्यक रहेको बताए ।
सो पार्टी निकटका राष्ट्रिय महिला मंचकी अध्यक्ष सुनिता देवी अग्रवालले मधेशी, आदीवासी, जनजाती, मुश्लीम, सिमान्तकृत समुदाय लगायतका मुद्दा ज्युँका त्युँ रहेको बताईन ।
उनले स्थानीय तहको ्िनर्वाचनमा समेत लाखौं र करोडौ रुपैया खर्च गरी पार्टीको टिकट लिने र निर्वाचनमा सहभागी हुने प्रवृति बढ्न थालेपछि गरिब तथा योग्य उम्मेदवार आर्थिक कारणले नै त्यसबाट बन्चित हुने अवस्था आएकोले स्थानीय निर्वाचनमा पाटीबाट उम्मेदावरी दिने व्यवस्था हटाउनु पर्नेमा जोड दिईन ।
जिल्ला अध्यक्ष गंगा प्रसाद यादवले संविधानमा रहेका असन्तुष्टीलाई संशोधन गरी संम्बोधन नगरिए जटिलता थपिदै जाने भन्दै अबिलम्ब संविधान संशोधन गर्नू पर्ने माग गरे ।
सद्भावना पार्टीद्वारा संविधान संशोधनको माग
सारांश
- विहीवार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त पार्टीले सो माग गर्दै पार्टीका राष्ट्रिय उपाध्यक्ष दशरथ यादवले संविधान असन्तुष्टीका बीचबाट आएकोले सबैको भावना समेटन संविधान संशोधन गरिनु पर्ने बताए ।
- समग्र मधेश एक प्रदेश आप्mनो पार्टीको प्रमृुख एजेन्डा मध्य एक रहेको बताउँदै महासचिव रामपृत यादवले विषेश गरी नागरिकता, निर्वाचन प्रणाली तथा मधेश प्रतिको सत्तासिन दलको हेराईमा विभेद देखीएकाले संविधान संशोधन आवश्यक रहेको बताए ।
- सो पार्टी निकटका राष्ट्रिय महिला मंचकी अध्यक्ष सुनिता देवी अग्रवालले मधेशी, आदीवासी, जनजाती, मुश्लीम, सिमान्तकृत समुदाय लगायतका मुद्दा ज्युँका त्युँ रहेको बताईन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
प्रतिक्रिया
० प्रतिक्रिया