मिथिला कप क्रिकेट प्रतियोगितामा पर्सा र धनुषा बिजयी

राजविराज राजविराज
|
सोमबार, कार्तिक ८, २०७८
|
|
४८ पटक हेरिएको
Shares
मिथिला कप क्रिकेट प्रतियोगितामा पर्सा र धनुषा बिजयी

सारांश

  •     युवा शक्ति क्लव विष्णुपुर ६ द्वारा संचालित उक्त प्रतियोगिता अन्तरगत सोमबारको पहिलो खेलमा टस जितेर युनाईटेड क्रिकेट क्लव पर्साले निर्धारित २० ओभरमा १० बिकेट गुमाई १ सय ३८ रनको योगफल खडा गरेको थियो ।
  •     जसमा टिमका लागि इमरान सेक ३२ रन, असब मंसुरी ३० रन तथा नरेश गिरी १४ रनको योगदान गरेका थिए ।
  • बलिंगतर्पm बिराटनगर स्पोटीङ क्लव, मोरङका मेहबुब इराकी ३ विकेट, सौगात भगतले २ विकेट तथा फिरदोस अंसारी, मिनस थापा, बिधान गोसामी समान १–१ विकेट हात पारेका थिए ।

दैनिक समाचारदाता
राजविराज, ८ कात्तिक । 
    राजविराजमा जारि तेस्रो संस्करणकोे मिथिला कप क्रिकेट प्रतियोगीताको दोस्रो दिनको खेलमा पर्साले मोरङलाई ५४ रनले तथा डि.आर.सि.ए. धनुषाले सिरहालाई ७ विकेटले पराजित गरेको छ । 
    युवा शक्ति क्लव विष्णुपुर ६ द्वारा संचालित उक्त प्रतियोगिता अन्तरगत सोमबारको पहिलो खेलमा टस जितेर युनाईटेड क्रिकेट क्लव पर्साले निर्धारित २० ओभरमा १० बिकेट गुमाई १ सय ३८ रनको योगफल खडा गरेको थियो ।
    जसमा टिमका लागि इमरान सेक ३२ रन, असब मंसुरी ३० रन तथा नरेश गिरी १४ रनको योगदान गरेका थिए । बलिंगतर्पm बिराटनगर स्पोटीङ क्लव, मोरङका मेहबुब इराकी ३ विकेट, सौगात भगतले २ विकेट तथा फिरदोस अंसारी, मिनस थापा, बिधान गोसामी समान १–१ विकेट हात पारेका थिए ।
    जवाफमा बिराटनगर ले १७ ओभर ५ बलमा आफ्नो विकेट गुमाउदै ८३ रनमै अल–आउट हुन पुग्यो । जसमा विराटनगरका लागी मुकुन्द यादव २० रन, निरज मुखिया १८ रन र सिदान्त लोहनी १४ रनको योगदन दिएका थिए । बलिँग तर्पm पर्साका अलफाज मंसुरी ३ विकेट तथा साइफल, समसाद, राजा र नसरुदिन समान १–१ विकेट हाथ पारे । सो खेलको म्यान अफ दि म्याच युनाईटेड पर्साका अलफाज घोषित भए ।
    यसैगरी सोमबारै सम्पन्न दोस्रो खेलमा सिरहालाई ७ विकेटले पराजित गर्दै धनुषा बिजय भएको छ । टस जितेर ब्याटिङ रोजेको सिरहाले निर्धारित २० ओभरमा७ विकेट गुमाई १०१ रनको योगफल खडा गरेका थियो । जसमा दिपेश दास ३० रन, शैलेन्द्र साह २४ रन र अमित मण्डल १५ रन जोडेका थिए ।
    बलिंगतर्पm डि.आर.सि.ए. धनुषाका सैमन राय ३ विकेट, अकाश राय र बिशालले जम्मा २–२ विकेट तथा दिव्यान्सु मलिकले १ विकेट हाथ पारेका थिए । जवाफमा १ सय १ रनको लक्ष्य लिएका डि.आर.सि.ए. धनुषा ले १७ ओभर ३ बल खेल्दै बिजय हात पारेको थियो ।
    जसमा हिमांसु दत अविजित रहदै ३६ रन जोडे भन्ने रौनक रतन २१ रन तथा बिशाल सुस्लीङ्गले १९ रनको योगदान दिएका थिए । बलिँग तर्पm सिरहाका मनोज यादव २ विकेट तथा सुमन १ विकेट हात पारेका थिए । सो खेलमा बिजय टिमका सैमन्न राय म्यान अफ दि म्याच घोषित भए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु