आगोले जलेर दुई बालिकासहित तीनको मृत्यु

राजविराज राजविराज
|
बिहिबार, पौष १, २०७८
|
|
७५ पटक हेरिएको
Shares
आगोले जलेर दुई बालिकासहित तीनको मृत्यु

सारांश

  •     सर्लाहीको कविलासी नगरपालिका ७ सिरसिरया निवासी जोगी महराकी ८ वर्षीया लक्ष्मी र ३ वर्षीया छोरी सुगन्धीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
  •       परालले बनेको घरमा बुधबार राति ९ः१५ बजेको समयमा विद्युत् सर्ट भएर आगलागी हुँदा दुबै बालिका जलेर गम्भिर घाइते भएपछि जिल्ला अस्पताल मलङ्गवामा समान्य उपचारपश्चात् थप उपचारका लागि काठमाडाँै लगिँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
  •       फुसको घरमा जाडोबाट बच्न परालको ओछ्यानमा सुतेको अवस्थामा अचानक आगलागी हुँदा मृतक दुवै बालिकाको ६० देखि ७० प्रतिशत शरीर जलेको चिकित्सकको भनाई छ ।

दैनिक समाचारदाता
सर्लाही, १ पुस ।  
    सर्लाहीमा भएको आगलागिका घटनामा दुई बालिकासहित तीन जनाको जलेर मृत्यु भएको छ । 
    सर्लाहीको कविलासी नगरपालिका ७ सिरसिरया निवासी जोगी महराकी ८ वर्षीया लक्ष्मी र ३ वर्षीया छोरी सुगन्धीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 
    परालले बनेको घरमा बुधबार राति ९ः१५ बजेको समयमा विद्युत् सर्ट भएर आगलागी हुँदा दुबै बालिका जलेर गम्भिर घाइते भएपछि जिल्ला अस्पताल मलङ्गवामा समान्य उपचारपश्चात् थप उपचारका लागि काठमाडाँै लगिँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 
    फुसको घरमा जाडोबाट बच्न परालको ओछ्यानमा सुतेको अवस्थामा अचानक आगलागी हुँदा मृतक दुवै बालिकाको ६० देखि ७० प्रतिशत शरीर जलेको चिकित्सकको भनाई छ । 
    आगोले जलेर जोगी महरा आफैँ र उनकी पाँच वर्षीया छोरी सुधा सामान्य घाइते भएका छन् । आगलागीका कारण घरभित्र रहेका सम्पूर्ण सरसमान समेत जलेर नष्ट भएका छन् । 
    यसैगरी सर्लाही सदरमुकाम मलङ्गवा ६ खुटौनामा आगोले जलेर एक वृद्धको मृत्यु भएको छ । आगोले जलेर गम्भीर घाइते भएका ७० वर्षीय नसिर खाँको बुधबारराति जिल्ला अस्पताल मलङ्गवामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  
    अत्यधिक मदिरा सेवन गरेका नसिर घुर ताप्ने समयमा शरीरमा आगो लागेको नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दातापक्ष विभाजित हुँदा क्याम्पस दिवस स्थगन, झडप तथा क्यम्पसमा तालाबन्दी
दातापक्ष विभाजित हुँदा क्याम्पस दिवस स्थगन, झडप तथा क्यम्पसमा तालाबन्दी
बजार बन्द गराउँदै सप्तरीका उधोगी व्यवसायी सडकमा
बजार बन्द गराउँदै सप्तरीका उधोगी व्यवसायी सडकमा
पत्रकारिता क्षेत्रलाई मर्यादित र सुरक्षित बनाउन आवश्यक सबै पहल थालिएको छ ः प्रेस काउन्सिल अध्यक्ष बस्नेत
पत्रकारिता क्षेत्रलाई मर्यादित र सुरक्षित बनाउन आवश्यक सबै पहल थालिएको छ ः प्रेस काउन्सिल अध्यक्ष बस्नेत
छिन्नमस्ता वडा नं. ४  बालविवाह मुक्त वडा घोषणा
छिन्नमस्ता वडा नं. ४  बालविवाह मुक्त वडा घोषणा
चिसो बढेपछी विभिन्न चौकमा आगो ताप्ने क्रम बढ्यो
चिसो बढेपछी विभिन्न चौकमा आगो ताप्ने क्रम बढ्यो
भगाएर गर्भवती बनाई छाडेपछि  नाबालिका बिच्चलीमा 
भगाएर गर्भवती बनाई छाडेपछि  नाबालिका बिच्चलीमा 
सप्तरीमा ५३ जनाको पिसिआर परिक्षण रिपोर्ट  मध्ये ४० जनामा कोरोना संक्रमणको पुष्टि
सप्तरीमा ५३ जनाको पिसिआर परिक्षण रिपोर्ट  मध्ये ४० जनामा कोरोना संक्रमणको पुष्टि
कोरोना कहरबीच शितलहरले  अतिविपन्न परिवार थप जोखिममा
कोरोना कहरबीच शितलहरले  अतिविपन्न परिवार थप जोखिममा
वेवारिसे बिरामीको आफन्त खोज्दै प्रहरी
वेवारिसे बिरामीको आफन्त खोज्दै प्रहरी
मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो