दैनिक समाचारदाता
राजविराज, ९ पुस ।
आप्रवासी कामदार हकहित संरक्षण केन्द्र सप्तरीको शुक्रबार राजबिराजमा कार्यालय उदघाटन गरिएको छ ।
बैदेशिक रोजगारको सिलसिलामा जानेहरूलाई ठगिबाट बचाउन, समस्यामा परेका परिवारहरूलाई न्यायमा पहुँच बढाउन सहयोग गर्नका लागी कार्यालयको उद्घाटन गरिएको हो ।
राजविराज नगरपालिकाकी उपप्रमुख साधना झाले बैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित तथा उपलब्धीमूलक बनाउने उद्देश्यले सुरक्षित आप्रवासन परियोजना र आप्रवासी श्रोत केन्द्रले गरेको कार्यको प्रशंसा समेत गरिन ।
सो अवसरमा सामी परियोजना अधिकृत रामप्रमेश मण्डलले बैदेशिक रोजगारमा जानेले सीप सँगै सुचनाको पहुँच बढाउन तथा ठगीवाट जोगिनका लागि श्रोत केन्द्रले ठूलो भुमिका खेल्ने बताए ।
प्रदेश २ सामी हेल्भेटास नेपालका संयोजक बिजय ठाकुरले बैदेशिक रोजगारलाई सुरक्षित तथा लाभदायक बनाउन सुसुचित गरि, सीप तथा ठगीमा परेकालाई उचित न्याय दिलाउन आबश्यक रहेको बताए ।
जिल्ला प्रशासन कार्यालय राजबिराजस्थित रहेको आप्रवासी श्रोत केन्द्रले बैदेशिक रोजगारमा जानेलाई सुरक्षित भएर जाने, जाने भए सीप सिकेर जान, ठगीमा पर्नेलाई न्याय दिलाउन, घरपरिवारलाई मनोपरामर्श बितिय साक्षरता कक्षा माध्यमवाट राजबिराज नगरपालिका, कंचनरूप नगरपालिका, शंभुनाथ नगरपालिका, राजगढ गाउपालिकामा कार्यक्रम गर्दै आएको श्रोत केन्द्रका संयोजक राजेन्द्र यादबले बताए ।
आप्रवासी कामदार हकहित संरक्षण केन्द्र राजबिराजका अध्यक्ष जितेन्द्र सिन्हाको अध्यक्षतामा आयोजित कार्यक्रममा सामी हेल्भेटास नेपालका प्रदेश संयोजक बिजय ठाकुर, नेपाल पत्रकार महासंघ सप्तरी उपाध्यक्ष अम्बिका दहाल, सामी परियोजनाका कार्यक्रम अधिकृत राम प्रमेश मण्डल, रिटर्नी राधा नेपाल लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
आप्रवासी कामदार हकहित संरक्षण केन्द्र सप्तरी कार्यालयको उदघाटन
सारांश
- बैदेशिक रोजगारको सिलसिलामा जानेहरूलाई ठगिबाट बचाउन, समस्यामा परेका परिवारहरूलाई न्यायमा पहुँच बढाउन सहयोग गर्नका लागी कार्यालयको उद्घाटन गरिएको हो ।
- राजविराज नगरपालिकाकी उपप्रमुख साधना झाले बैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित तथा उपलब्धीमूलक बनाउने उद्देश्यले सुरक्षित आप्रवासन परियोजना र आप्रवासी श्रोत केन्द्रले गरेको कार्यको प्रशंसा समेत गरिन ।
- सो अवसरमा सामी परियोजना अधिकृत रामप्रमेश मण्डलले बैदेशिक रोजगारमा जानेले सीप सँगै सुचनाको पहुँच बढाउन तथा ठगीवाट जोगिनका लागि श्रोत केन्द्रले ठूलो भुमिका खेल्ने बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया