जनमत पार्टी सप्तरीका ६ नेतालाई शान्ति बिरुद्धको कसुर मुद्दामा सात दिने म्याद थप 

राजविराज राजविराज
|
आइतबार, पौष १८, २०७८
|
|
२९ पटक हेरिएको
Shares
जनमत पार्टी सप्तरीका ६ नेतालाई शान्ति बिरुद्धको कसुर मुद्दामा सात दिने म्याद थप 

सारांश

  •     किसानहरुको माग सम्बोधन गर्न भन्दै सिके राउत नेतृत्वको जनमत पार्टीले गरेको राजमार्ग अवरुद्ध आन्दोलनका क्रममा सप्तरीबाट पक्राउ परेको १४ जना मध्ये ६ जनालाई प्रहरीले जिल्ला अदालतबाट सार्वजनिक शान्ति बिरुद्धको कसुरमा ७ दिने म्याद थप गरिएको हो ।
  •       गत शुक्रबार जिल्लाको भारदह, कंचनपुर लगायतका स्थानबाट पक्राउ परेका जनमत पार्टीका जिल्ला अध्यक्ष चन्देश्वर मण्डल, सचिव थानेश्वर प्रसाद साह, कंचनरुप नगरपालिकाका अध्यक्ष अनिल पञ्जियार, हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.
  • १ अध्यक्ष सुरेन्द्र मण्डल, नेता योगानन्द साह र महिनारायण साहलाई सो मुद्दामा सात दिने म्याद थप गरिएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, १८ पुस । 
    जनमत पार्टी सप्तरीका अध्यक्ष, सचिव लगायत ६ जना नेताबिरुद्ध सार्वजनिक शान्तिबिरुद्धको कसुर मुद्दामा सात दिने म्याद थप गरिएको छ । 
    किसानहरुको माग सम्बोधन गर्न भन्दै सिके राउत नेतृत्वको जनमत पार्टीले गरेको राजमार्ग अवरुद्ध आन्दोलनका क्रममा सप्तरीबाट पक्राउ परेको १४ जना मध्ये ६ जनालाई प्रहरीले जिल्ला अदालतबाट सार्वजनिक शान्ति बिरुद्धको कसुरमा ७ दिने म्याद थप गरिएको हो । 
    गत शुक्रबार जिल्लाको भारदह, कंचनपुर लगायतका स्थानबाट पक्राउ परेका जनमत पार्टीका जिल्ला अध्यक्ष चन्देश्वर मण्डल, सचिव थानेश्वर प्रसाद साह, कंचनरुप नगरपालिकाका अध्यक्ष अनिल पञ्जियार, हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १ अध्यक्ष सुरेन्द्र मण्डल, नेता योगानन्द साह र महिनारायण साहलाई सो मुद्दामा सात दिने म्याद थप गरिएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
    बुधबारदेखी जनमतका नेता कार्यकर्ताहरुले किसानको माग सम्बोधनका लागि उच्चस्तरिय समिति गठन गर्नलगायतको ११ बुँदे माँग गर्दै राजमार्ग केन्द्रित आन्दोलनको थालनी गरेका हुन् । 
    किसानहरुका लागि मलखाद र बिउको व्यवस्था, सिंचाईको ब्यवस्था, निशुल्क बिजुली, हावाहुरी र वर्षाले भएको बालिनालीको क्षति वापत राहत, बालीको उचित समर्थन मुल्य निर्धारण तथा उखु किसानको भुक्तानी गर्न पार्टीले माग गरेको छ । 
    यस्तै किसानका लागि कार्डको व्यवस्था, पेन्सनको व्यवस्था, बालिनालीको बिमा, तथा किसानहरुमाथी गरिएको दमन, झुठा मुद्दा खारेज लगायत आन्दोलनका क्रममा पक्राउ परेकाहरुको रिहाईको माग समेत गरेको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गस्ति टोली चढेको वनको गाडीमाथी तस्करको आक्रमण, २८ थान काठ बरामद
गस्ति टोली चढेको वनको गाडीमाथी तस्करको आक्रमण, २८ थान काठ बरामद
चिसोका कारण समस्यामा परेका बालबालिकालाई सहयोग
चिसोका कारण समस्यामा परेका बालबालिकालाई सहयोग
सवारी ज्यान र धरौटी तिर्न नसक्दा चोरी मुद्दाका प्रतिवादी कारागार चलान    
सवारी ज्यान र धरौटी तिर्न नसक्दा चोरी मुद्दाका प्रतिवादी कारागार चलान    
बालविवाह न्यूनीकरणका लागि प्रहरीसँग  जिल्ला स्तरीय अन्तरक्रिया सम्पन्न 
बालविवाह न्यूनीकरणका लागि प्रहरीसँग  जिल्ला स्तरीय अन्तरक्रिया सम्पन्न 
सप्तरीमा ६३ जनाद्वारा आत्महत्या
सप्तरीमा ६३ जनाद्वारा आत्महत्या
खेलकुदमा योगदान दिएका तीन कानुन व्यवसायी सम्मानित
खेलकुदमा योगदान दिएका तीन कानुन व्यवसायी सम्मानित
एक पदका लागी नौं जनाको उम्मेदवारी,  राजपा र समाजवादी पार्टीको संयुक्त उम्मेदवार
एक पदका लागी नौं जनाको उम्मेदवारी, राजपा र समाजवादी पार्टीको संयुक्त उम्मेदवार
बालवालिकालाई कुलतवाट जोगाउन  विभिन्न सचेतनामूलक कार्यक्रम आवश्यक
बालवालिकालाई कुलतवाट जोगाउन  विभिन्न सचेतनामूलक कार्यक्रम आवश्यक
कारागार प्रशासनले अतिक्रमित जग्गा खाली  गर्न गरेको निर्णयको बिरोध गर्दै प्रदर्शन 
कारागार प्रशासनले अतिक्रमित जग्गा खाली  गर्न गरेको निर्णयको बिरोध गर्दै प्रदर्शन 
सप्तरीमा संक्रमितको संख्या २ सय ६४  ६१ जनाको परिक्षण गर्दा ३८ जना संक्रमित
सप्तरीमा संक्रमितको संख्या २ सय ६४  ६१ जनाको परिक्षण गर्दा ३८ जना संक्रमित