पुस २५ देखी बजाजको महाएक्सचेन्ज मेला 

राजविराज राजविराज
|
बुधबार, पौष २१, २०७८
|
|
५० पटक हेरिएको
Shares
पुस २५ देखी बजाजको महाएक्सचेन्ज मेला 

सारांश

  •     हंसराज हुलासचन्द्र एण्ड कम्पनी प्राली गोल्छा ग्रुप तथा खान अटोमोवाइल्स एण्ड इलेक्ट्रोनिक्स प्रालि राजविराजले उक्त मेलाको आयोजना गर्ने भएको हो ।
  •       बुधबार राजविराजमा महाएक्सचेन्ज मेलाबारे जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा गोल्छा गु्रपका असिस्टेन्ट म्यानेजर शंकर मण्डलले मेला पुस २५ देखी पुस ३० सम्म चल्ने जानकारी दिए ।
  •       उनले मेलामा कुनै पनि कम्पनीका पुरानो मोटरसाइकल साटेर निश्चित गरिएको रकम थप गरि बजाज कम्पनीको नयाँ मोटरसाइकल लिने सुविधा उपलब्ध रहेको जानकारी दिदै पुरानो मोटरसाइकलको बजार मुल्य भन्दा १० हजार थप जोडेर एक्सचेन्ज गरिने सुविधा समेत उपलब्ध रहेको बताए ।

दैनिक समाचारदाता
राजविराज, २१ पुस । 
    पुस २५ देखी बजाज कम्पनीका मोटरसाइकलको महाएक्सचेन्ज मेला राजविराजमा आयोजना गरिने भएको छ । 
    हंसराज हुलासचन्द्र एण्ड कम्पनी प्राली गोल्छा ग्रुप तथा खान अटोमोवाइल्स एण्ड इलेक्ट्रोनिक्स प्रालि राजविराजले उक्त मेलाको आयोजना गर्ने भएको हो । 
    बुधबार राजविराजमा महाएक्सचेन्ज मेलाबारे जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा गोल्छा गु्रपका असिस्टेन्ट म्यानेजर शंकर मण्डलले मेला पुस २५ देखी पुस ३० सम्म चल्ने जानकारी दिए । 
    उनले मेलामा कुनै पनि कम्पनीका पुरानो मोटरसाइकल साटेर निश्चित गरिएको रकम थप गरि बजाज कम्पनीको नयाँ मोटरसाइकल लिने सुविधा उपलब्ध रहेको जानकारी दिदै पुरानो मोटरसाइकलको बजार मुल्य भन्दा १० हजार थप जोडेर एक्सचेन्ज गरिने सुविधा समेत उपलब्ध रहेको बताए । 
    पत्रकार सम्मेलनमा खान आटोमोवाइल्सका संचालक कलिम खाँले मेला अवधीभर सर्वसाधारणलाई ४० देखी ५० प्रतिशत, पत्रकारहरुलाई विशेष छुटसहित डाउन पेमेन्टमा शुन्य प्रतिशत ब्याजदरमा मोटरसाइकल लिन सकिने सुविधा उपलब्ध हुने जानकारी दिए । 
    यसैगरि मेला अवधीभर नयाँ मोटरसाइकल खरीदमा तत्कालै ८ हजार रुँपैया छुट हुने, सर्विसिंङ तथा मोटरसाइकल उपकरण खरीदमा पनि विशेष छुट दिइने व्यवस्था गरिएको उनले जानकारी दिए । उक्त मेलामा बजाज कम्पनीका मोटरसाइकल, मोटरपार्टस र अन्य उपकरणहरुको एक दर्जनभन्दा बढी स्टलहरु राखिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुस्त गतिमा बस पार्क निर्माण भइरहेको भन्दै नगरवासी आन्दोलित
सुस्त गतिमा बस पार्क निर्माण भइरहेको भन्दै नगरवासी आन्दोलित
आन्दोलनरत बाल शिक्षक तथा कर्मचारीहरुले आफ्ना  माँगहरु एसएमएस र फेसबुक मार्फत जानकारी गराउने
आन्दोलनरत बाल शिक्षक तथा कर्मचारीहरुले आफ्ना  माँगहरु एसएमएस र फेसबुक मार्फत जानकारी गराउने
जनमत पार्टीको प्रदर्शन
जनमत पार्टीको प्रदर्शन
दश दिनदेखी वेपत्ता युवकको शव कोशीमा फेला, दुई पक्राउ
दश दिनदेखी वेपत्ता युवकको शव कोशीमा फेला, दुई पक्राउ
पत्रकार माझीमाथी हातपात र दुव्र्यबहार निन्दनीय, दोषीलाई कारवाहीको माग ः पत्रकार महासंघ
पत्रकार माझीमाथी हातपात र दुव्र्यबहार निन्दनीय, दोषीलाई कारवाहीको माग ः पत्रकार महासंघ
सडक मर्मतको माग गर्दै सडकमै  धर्ना बसे गाउँपालिका अध्यक्ष
सडक मर्मतको माग गर्दै सडकमै  धर्ना बसे गाउँपालिका अध्यक्ष
उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
विधि प्रक्रिया तथा प्राथमिकताको आधारमा जनताको आकांक्षा र आवश्यकता पुरा गर्ने ः सभामुख मण्डल
विधि प्रक्रिया तथा प्राथमिकताको आधारमा जनताको आकांक्षा र आवश्यकता पुरा गर्ने ः सभामुख मण्डल
भन्सार छलेर ल्याएका विभिन्न  सामानसहित तीन भारतीय पक्राउ
भन्सार छलेर ल्याएका विभिन्न  सामानसहित तीन भारतीय पक्राउ
मोटरसाइकल र म्याजिक भ्यान  ठोकिदा दुई यूवकको मृत्यु
मोटरसाइकल र म्याजिक भ्यान  ठोकिदा दुई यूवकको मृत्यु