दैनिक समाचारदाता
जनकपुरधाम, ३ माघ ।
प्रदेश २ को नाम मधेश र स्थायी राजधानी जनकपुरधाम तोकिएको छ ।
प्रदेश सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले मधेस प्रदेश र राजधानी जनकपुरभएकाले मंगलबार मधेस प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका छन् ।
प्रदेशसभाको सोमबार बसेको बैठकले प्रदेशसभाको नाम मधेस प्रदेश र स्थायी राजधानी जनकपुरधाम राख्ने दुबै प्रस्ताव दुई तिहाई बहुमतका साथ पास भएको हो ।
प्रदेशको नामका लागि दोस्रो बैठकमा भएको मतदानमा ९९ सांसद मध्ये ८० जनाले पक्षमा मत दिएका थिए ।
सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा)सँगै सत्तारुढ माओवादी केन्द्र र विपक्षी लोकतान्त्रिक समाजवादी पार्टीले संयुक्त रुपमा प्रदेशको नाम मधेश प्रस्ताव गरेका थिए । जसपाको ३९, माओवादीका ८ र लोसपाको १६ गरी ६३ जना सांसद थिए । १ सांसद रहेको नेपाल संघीय समाजवादी पार्टीले पनि यसमा समर्थन जनाएको थियो ।
तर अरु दलका १६ सांसदले पनि प्रदशेको नाम मधेश राख्ने प्रस्तावको पक्षमा मतदान गरेका छन् ।
यसअघि कांग्रेसले ‘मिथिला भोजपुरा’, नेकपा एकीकृत समाजवादी र नेकपा एमालेले ‘जानकी’ तथा कांग्रेसकै सांसद राजेश्वर साहले ‘मध्य मधेश’ नाम प्रस्ताव गरेका थिए ।
यसअघि प्रदेशसभाको पहिलो बैठकले दुई तिहाई मतबाट प्रदेशको स्थायी राजधानी जनकपुरधाम तोकेको छ । राजधानी जनकपुरधाम तोक्ने प्रस्तावमा प्रदेशसभामा मतदान हुँदा सहभागि ९९ सांसद मध्ये ७८ वटा मत परेको हो ।
प्रस्ताव अन्तर्गत प्रदेशको राजधानी धनुषा जिल्लाको उत्तरमा ढल्केबर पूर्वपश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सीमाना र पश्चिममा मिथिला माध्यमिकी परिक्रमाभित्रको सम्पूर्ण भूभाग समेटिएको जनकपुरधाम रहने उल्लेख छ ।
प्रदेशसभामा प्रदेशको राजधानी वीरगञ्ज–पोखरीया नगरपालिका, सखुआ प्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका, जीतपुर–सिमरा निजगढ हुँदै समरौनगढसम्म) तोक्ने प्रस्ताव र वीरगञ्ज महानगर तोक्ने प्रस्ताव पनि पेस भएको थियो ।
प्रदेश २ को नाम ‘मधेस’, राजधानी ‘जनकपुरधाम’, आज मधेस प्रदेशमा सार्वजनिक विदा
सारांश
- प्रदेश सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले मधेस प्रदेश र राजधानी जनकपुरभएकाले मंगलबार मधेस प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका छन् ।
- प्रदेशसभाको सोमबार बसेको बैठकले प्रदेशसभाको नाम मधेस प्रदेश र स्थायी राजधानी जनकपुरधाम राख्ने दुबै प्रस्ताव दुई तिहाई बहुमतका साथ पास भएको हो ।
- प्रदेशको नामका लागि दोस्रो बैठकमा भएको मतदानमा ९९ सांसद मध्ये ८० जनाले पक्षमा मत दिएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया