दैनिक समाचारदाता
राजविराज ११ माघ ।
सप्तरीमा कोभिड १९ बिरुद्धको पूर्ण खोप १ लाख ६ हजार ३ सय १६ जनाले लगाएका छन् । जिल्लामा २०७७ साल माघ १४ देखी कोभिड विरुद्धको खोप अभियान शूरु गरिएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार मंगलवार सम्ममा २ लाख ९४ हजार जनाले कोभिड १९ विरुद्धको पहिलो डोज तथा बाँकी रहेकाहरुलाई दोश्रो मात्राको खोप लगाउने क्रम जारी रहेको छ ।
हाल सम्म कोभिसिल्डको ६ हजार ९ सय ५५, भेरोसिलको ४५ हजार ९ सय ११ र जोनसन एण्ड जोनसनको पुर्ण डोज ३५ हजार २ सय ८४ जनाले पाईसकेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।
यस्तै स्टाजेनिकको १७ हजार १ सय ६६ र फाईजरको १ हजार जनाले पुर्ण खोप पाईसकेका छन् । उनले बाकी रहेकाहरुलाई पनि स्थानीय तह र स्वास्थ्य केन्द्रहरु मार्फत खोप लगाउने क्रम जारी रहेको बताए ।
यस्तै पुर्णमात्रामा खोप लगाएको र ६ महिना पुरा भएका ब्यक्तीलाई बुस्टर डोजको खोप दिने काम जिल्लामा शुरु भईसकेको र हाल सम्म करिब १ हजार ब्यक्तीले उक्त खोप पाईसकेको उनको भनाइ छ । उनले बुस्टर डोजमा पहिले जुन खोप लगाएको हो सोही खोप लगाउनु पर्ने बताए ।
सप्तरी जिल्लामा मंगलबार २४ जना संक्रमित थपिएका छन् ।
गजेन्द्र नारायण सिह अस्पतालको पिसीआर प्रयोगशालामा ४९ जनाको स्वाव परिक्षण गर्दा २४ जनामा संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
यो संगै कोरोनाको तेश्रो लहरमा जिल्लामा संक्रमित हुनेहरुको संख्या २ सय ५६ पुगेको छ । सप्तरीमा कोरोना भाईरसको संक्रमण शूरु भएदेखी हालसम्ममा पहिलो चरणमा ४१ दोश्रो चरणमा १२१ र तेश्रो चरणमा २ गरी १ सय ६४ जनाको मृत्यु भईसकेको छ ।
सप्तरीमा कोभिड–१९ विरुद्धको १ लाख ६ हजार ३ सय १६ जनाले लगाए पूर्ण खोप, सप्तरीमा थपिए २४ संक्रमित
सारांश
- जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार मंगलवार सम्ममा २ लाख ९४ हजार जनाले कोभिड १९ विरुद्धको पहिलो डोज तथा बाँकी रहेकाहरुलाई दोश्रो मात्राको खोप लगाउने क्रम जारी रहेको छ ।
- हाल सम्म कोभिसिल्डको ६ हजार ९ सय ५५, भेरोसिलको ४५ हजार ९ सय ११ र जोनसन एण्ड जोनसनको पुर्ण डोज ३५ हजार २ सय ८४ जनाले पाईसकेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।
- यस्तै स्टाजेनिकको १७ हजार १ सय ६६ र फाईजरको १ हजार जनाले पुर्ण खोप पाईसकेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया