चन्दनकुमार यादव
राजविराज, १८ माघ ।
सप्तरीमा मंगलबारदेखी १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड १९ बिरुद्धको खोप लगाउने कार्य सुरू गरिएको छ ।
ती उमेर समूहका बालबालिकाहरुलाई जिल्लाको विभिन्न बिद्यालयहरूमा कोभिड विरुद्धको खोप लगाउन सुरु गरिएको हो ।
१७ बर्ष मुनी उमेर समूहका बालबालिकालाई सम्बन्धित स्थानीय तहले तोकेका विद्यालय वा स्वास्थ्य संस्थामा खोप कार्यक्रम सुरू गरिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।
मंगलवारदेखी ९ वटा स्थानिय तहका सबै बिद्यालयहरूमा खोप केन्द्र राखेर तीन दिनसम्म खोप लगाउने तालिका रहेको उनले बताउँदै उनले यसअघि बिष्णुपुर गाउपालिका र अग्नीसाईर कृष्णासवरण गाउपालिकामा ५ हजार बालवालिकाहरूलाई मोडर्न खोप लगाईसकेको जानकारी दिए ।
राजविराज, सप्तकोशी, सुरुङ्गा, हनुमाननगर कंकालिनी र खडक नगरपालिका तथा तिलाठी कोइलाडी, तिरहुत र अग्नीसाइर कृष्णसवरण गाउँपालिकामा १८ गतेदेखि २० गतेसम्म खोप लगाइदैछ ।
त्यस्तै, शम्भुनाथ, डाक्नेश्वरी र बोदे बरसाइन नगरपालिका तथा रुपनी, विष्णुपुर, छिन्नमस्ता, राजगढ र बलान विहुल गाउँपािलकामा १९ गतेदेखि २१ गतेसम्म खोप लगाउने तालिका रहेको स्वास्थ्य कार्यालयको सूचनामा उल्लेख छ ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार सप्तरीमा ८२ हजार बालवालिकाहरूलाई मोर्डन खोप लगाउने लक्ष्य रहेकोमा हालसम्म ७९ हजार २ सय खोप आईसकेको स्वास्थ्य कार्यालयका प्रमुख यादवले बताए ।
१२ देखि १७ बर्ष उमेर समुहलाई कोभिड १९ बिरुद्धको मोर्डन खोप लगाईदै
सारांश
- ती उमेर समूहका बालबालिकाहरुलाई जिल्लाको विभिन्न बिद्यालयहरूमा कोभिड विरुद्धको खोप लगाउन सुरु गरिएको हो ।
- १७ बर्ष मुनी उमेर समूहका बालबालिकालाई सम्बन्धित स्थानीय तहले तोकेका विद्यालय वा स्वास्थ्य संस्थामा खोप कार्यक्रम सुरू गरिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।
- मंगलवारदेखी ९ वटा स्थानिय तहका सबै बिद्यालयहरूमा खोप केन्द्र राखेर तीन दिनसम्म खोप लगाउने तालिका रहेको उनले बताउँदै उनले यसअघि बिष्णुपुर गाउपालिका र अग्नीसाईर कृष्णासवरण गाउपालिकामा ५ हजार बालवालिकाहरूलाई मोडर्न खोप लगाईसकेको जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया