काँग्रेसद्वारा स्थानिय निर्वाचन र जिल्ला अधिवेशनको तयारी बारे बृहत छलफल 

राजविराज राजविराज
|
सोमबार, फाल्गुन २, २०७८
|
|
४५ पटक हेरिएको
Shares
काँग्रेसद्वारा स्थानिय निर्वाचन र जिल्ला अधिवेशनको तयारी बारे बृहत छलफल 

सारांश

  •     पार्टी कार्यालयमा सोमबार आयोजित छलफलमा पार्टीलाई कसरी बिजयी गराउने तथा पार्टी नेतृत्वमा सकेसम्म निर्विवाद रुपमा सक्षम नेतृत्व चयन गर्ने विषयमा बृहत छलफल गरिएको हो ।
  •       नेपाली काँग्रेस नगर समितिद्वारा आयोजित उक्त कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं.
  • २ का सभापति महानन्द यादवले आगामी स्थानिय तहको निर्वाचनमा पार्टीलाई सम्मानजनक जित दिलाउन सबै एकढिक्का भई अघि बढ्नुपर्नेमा जोड दिदै पार्टीको आगामी जिल्ला अधिवेशनमा सकेसम्म निर्विवाद रुपमा सक्षम नेतृत्व चयनको प्रयास गर्ने नभए निर्वाचनबाटै सक्षम र योग्यलाईं चयन गर्न सबै तयार हुनुपर्ने बताए ।

दैनिक समाचारदाता
राजविराज, २ फागुन ।
    नेपाली काँग्रेस सप्तरीले आउँदो स्थानिय निर्वाचन र जिल्ला अधिवेशनको तयारी बारेमा सोमबार बृहत छलफल कार्यक्रम सम्पन्न गरेको छ । 
    पार्टी कार्यालयमा सोमबार आयोजित छलफलमा पार्टीलाई कसरी बिजयी गराउने तथा पार्टी नेतृत्वमा सकेसम्म निर्विवाद रुपमा सक्षम नेतृत्व चयन गर्ने विषयमा बृहत छलफल गरिएको हो । 
    नेपाली काँग्रेस नगर समितिद्वारा आयोजित उक्त कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं. २ का सभापति महानन्द यादवले आगामी स्थानिय तहको निर्वाचनमा पार्टीलाई सम्मानजनक जित दिलाउन सबै एकढिक्का भई अघि बढ्नुपर्नेमा जोड दिदै पार्टीको आगामी जिल्ला अधिवेशनमा सकेसम्म निर्विवाद रुपमा सक्षम नेतृत्व चयनको प्रयास गर्ने नभए निर्वाचनबाटै सक्षम र योग्यलाईं चयन गर्न सबै तयार हुनुपर्ने बताए । 
    महाधिवेशन प्रतिनिधि राधेश्याम साहको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रवक्ता प्रभातकुमार ललन, महाधिवेशन प्रतिनिधी रणधिर कर्ण, प्रदिप यादव, नगरसमितिका उपाध्यक्षद्वय अनिल कुमार यादव, प्रमोद कुमार दास, यूवानेता सतिशचन्द्र झा, सबिर आजम, घनश्याम साह, भोगेन्द्र चौधरी, उमेश यादव, रामअवतार मण्डल लगायतले पनि काँग्रेसलाई आन्तरिक रुपमा बलियो बनाई स्थानिय तहको निर्वाचनमा होमिनु पर्नेमा जोड दिएका थिए । 
    निर्वाचन आयोगले स्थानिय तहको निर्वाचन आगामी बैशाख ३० मा तय गरेको छ भने काँग्रेसको जिल्ला अधिवेशन यही फागुन १३ गते गर्ने तिथि तय भएको छ । 
    प्रदेश २ का सप्तरीसहित ८ र अन्य जिल्लाका ८ गरि १६ जिल्लामा विवादका कारण काँग्रेसको जिल्ला अधिवेशन हुन सकेको थिएन् । 
    यता अधिवेशन नजिकिएपछि सभापतिका लागि आधा दर्जनभन्दा बढी आकांक्षीहरुले सक्रियता बढाएका छन् । सभापति पदका लागि देउवा पक्षबाट शत्रुहन यादव, भगवती यादव, निर्मला यादव र रामप्रसाद मण्डलले दाबेदारी प्रस्तुत गरेका छन् । 
    संस्थापन इतर पक्षका रामदेव साह, रामकुमार यादव, नारायण चौधरी र नन्दकिशोर यादवले पनि सभापति पदमा दाबेदारी दिने बताएका छन् । सभापति पदका लागि आकांक्षीको संख्या धेरै देखिएपछि सहमति र सर्वसम्मतीबाट नयाँ नेतृत्वको प्रयास समेत थालिएको तर, अहिलेसम्म सफलता नमिलेको प्रवक्ता ललनले जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पार्टी र गठबन्धन विपरित मनोनयन दर्ता गराएकालाई फिर्ता लिन काँग्रेसको आग्रह
पार्टी र गठबन्धन विपरित मनोनयन दर्ता गराएकालाई फिर्ता लिन काँग्रेसको आग्रह
स्कुल बसको ठक्करबाट बालकको मृत्यु
स्कुल बसको ठक्करबाट बालकको मृत्यु
मौसमका कारण मन्दिरहरूमा भक्तजनको कमी
मौसमका कारण मन्दिरहरूमा भक्तजनको कमी
बाणिज्य बैंक तथा रुपनी गाउँपालिकाका कर्मचारीसहित २५ जना कोरोना संक्रमित, प्रदेशसभा सदस्यमा पनि कोरोना पुष्टि
बाणिज्य बैंक तथा रुपनी गाउँपालिकाका कर्मचारीसहित २५ जना कोरोना संक्रमित, प्रदेशसभा सदस्यमा पनि कोरोना पुष्टि
विश्व हिन्दू परिषद् नेपालकोे राष्ट्रिय कार्य समिति पुर्नगठन
विश्व हिन्दू परिषद् नेपालकोे राष्ट्रिय कार्य समिति पुर्नगठन
सप्तरी काँग्रेसद्वारा पार्टीको विधान विपरीत कुनै क्रियाकलाप नगर्न अनुरोध 
सप्तरी काँग्रेसद्वारा पार्टीको विधान विपरीत कुनै क्रियाकलाप नगर्न अनुरोध 
रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान  प्रतिष्ठानको कार्यालय राजविराजमा खुल्दै
पहिलो दिन सप्तरीमा २२ प्रमुख÷अध्यक्ष तथा १३ उपप्रमुख÷उपाध्यक्ष पदमा मनोनयन दर्ता 
पहिलो दिन सप्तरीमा २२ प्रमुख÷अध्यक्ष तथा १३ उपप्रमुख÷उपाध्यक्ष पदमा मनोनयन दर्ता 
डाक्नेश्वरीमा आँखा र कानको  निःशुल्क शिविर सम्पन्न
डाक्नेश्वरीमा आँखा र कानको  निःशुल्क शिविर सम्पन्न
एकै दिनमा दुई जनाले गरे आत्महत्या