लेखापरिक्षक नियुक्ति प्रकरणमा आर्थिक चलखेल भएको आरोप

राजविराज राजविराज
|
आइतबार, चैत्र ६, २०७८
|
|
४२ पटक हेरिएको
Shares
लेखापरिक्षक नियुक्ति प्रकरणमा आर्थिक चलखेल भएको आरोप

सारांश

  •     नेपाल अडिटर्स एशोसिएशन सप्तरीले आइतबार पत्रकार सम्मेलनको आयोजना गरि सो आरोप लगाएको हो ।
  •       आयोजित पत्रकार सम्मेलनमा एशोसिएशनका अध्यक्ष विश्वनाथ देवले विगत तीन वर्षदेखी नगरपालिका मातहतमा रहेको ३२ वटा सामुदायिक विद्यालयको आन्तरिक लेखापरिक्षण हुन नसकेकोमा नगरपालिकाको शिक्षा शाखाले सो प्रयोजनका लागि गरेको १५ जना लेखापरिक्षकको नियुक्ति प्रक्रियामा व्यापक धाँधली भएको आरोप लगाएका छन् ।
  •       उनले सो नियुक्ति प्रक्रिया सम्बन्धमा सूचना समेत लुकाउने काम भएको दाबी गर्दै छानबिनको माग पनि गरे ।

दैनिक समाचारदाता
राजविराज, ६ चैत । 
    सप्तरीको कंचनरुप नगरपालिकास्थित सामुदायिक विद्यालयको आन्तरिक लेखापरिक्षक नियुक्ति प्रकरणमा आर्थिक चलखेल तथा सूचना लुकाउने काम भएको आरोप लागेको छ । 
    नेपाल अडिटर्स एशोसिएशन सप्तरीले आइतबार पत्रकार सम्मेलनको आयोजना गरि सो आरोप लगाएको हो । 
    आयोजित पत्रकार सम्मेलनमा एशोसिएशनका अध्यक्ष विश्वनाथ देवले विगत तीन वर्षदेखी नगरपालिका मातहतमा रहेको ३२ वटा सामुदायिक विद्यालयको आन्तरिक लेखापरिक्षण हुन नसकेकोमा नगरपालिकाको शिक्षा शाखाले सो प्रयोजनका लागि गरेको १५ जना लेखापरिक्षकको नियुक्ति प्रक्रियामा व्यापक धाँधली भएको आरोप लगाएका छन् । 
    उनले सो नियुक्ति प्रक्रिया सम्बन्धमा सूचना समेत लुकाउने काम भएको दाबी गर्दै छानबिनको माग पनि गरे । अध्यक्ष देवले नगरपालिकाको शिक्षा शाखाका अधिकृत प्रेम कुमार चौधरी र सोही शाखामा कार्यरत ललितनारायण यादवले रकमको चलखेल गर्दै मनोमानी र गोप्य ढंगले आ–आफ्नो अनुकुल जिल्ला बाहिरका १२ जना लेखापरिक्षक नियुक्त गरेको आरोप लगाए । 
    पत्रकार सम्मेलनमा एशोसिएशनद्वारा बितरित प्रेस विज्ञप्ति मार्फत नियुक्ति प्रकरणको छानबिन, दोषिमाथी कारवाही र उक्त नीति खारेजीको प्रक्रिया अघि नबढाइए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ ।
    १५ जना लेखापरिक्षक नियुक्त गरिएकोमा १२ जना जिल्ला बाहिर मोरङ, उदयपुर, सिरहा र इलामका रहेका उनले बताए । यसरी गोप्य र मनोमानी ढंगले गरिएको नियुक्ति प्रक्रिया बारे सूचना माग गर्दै गत फागुन ९ गतेदेखी पटक पटक लिखित र मौखिक सूचना माग्दा पनि आलटाल गर्दै आएको एशोसिएशनका पूर्व अध्यक्ष सुदम्बर यादवको भनाई छ । 
    स्थानिय सरकार संचालन ऐनमा वर्षैपिच्छे आन्तरिक लेखापरिक्ष गराउनु पर्ने र यस कार्यका लागि स्थानिय लेखापरिक्षकलाई ग्रहायता दिनु पर्ने स्पष्ट उल्लेख भएपनि शिक्षा शाखाका कर्मचारीहरु यसको विपरीत कार्य गरेको आरोप लगाइएको छ ।
    यसबारे नगर प्रमुख बसन्त मिश्र, प्रमुख प्रशासकीय अधिकृत रेणुका साह र अधिकृत नवराज खडकाको पटक पटक ध्यानाकर्षण गराउँदा पनि कुनै चासो नदेखाएको लेखापरिक्षकहरुले गुनासो गरेका छन् । 
    नगरपालिकाका सूचना अधिकारी दिपककुमार देवसँग जिज्ञासा राख्दा उनले लेखापरिक्षक नियुक्ति प्रकिया विधी सम्वद्ध ढंगले नै भएको दाबी गर्दै बोर्डबाटै निर्णय भएको बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैंक अफ काठमाण्डूद्वारा स्वास्थ्य चौकी सखडालाई स्वास्थ्य सामग्री हस्तान्तरण
बैंक अफ काठमाण्डूद्वारा स्वास्थ्य चौकी सखडालाई स्वास्थ्य सामग्री हस्तान्तरण
नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
न्यायपालिकालाई अझ छिटोछरितो बनाउन अदालत प्रतिबद्ध छ ः बरिष्ठतम न्यायाधिश श्रेष्ठ
न्यायपालिकालाई अझ छिटोछरितो बनाउन अदालत प्रतिबद्ध छ ः बरिष्ठतम न्यायाधिश श्रेष्ठ
प्रदेश २ मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा
प्रदेश २ मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा
सप्तरीमा कोरोना नियन्त्रणको पूर्वतयारी गरिदै,  आक्सिजनको स्टकका साथै आइसोलेशन कक्ष बनाइदै 
सप्तरीमा कोरोना नियन्त्रणको पूर्वतयारी गरिदै,  आक्सिजनको स्टकका साथै आइसोलेशन कक्ष बनाइदै 
सशस्त्र प्रहरीद्वारा इटाभट्टाले लुकाई राखेको ९ वटा भारतीय टेम्पो नियन्त्रणमा
सशस्त्र प्रहरीद्वारा इटाभट्टाले लुकाई राखेको ९ वटा भारतीय टेम्पो नियन्त्रणमा
जन्तीका वासका लागि कोठा नदिएको  निहुँमा पसल जलाइएको भन्दै उजुरी
जन्तीका वासका लागि कोठा नदिएको  निहुँमा पसल जलाइएको भन्दै उजुरी
पार्कमा हरियाली प्रवद्र्धन र  सौन्दर्यकरणका लागि बृक्षारोपण
पार्कमा हरियाली प्रवद्र्धन र  सौन्दर्यकरणका लागि बृक्षारोपण
राजयोगिनी डा.रत्नमोहन दादीप्रति श्रद्धाञ्जली अर्पण
राजयोगिनी डा.रत्नमोहन दादीप्रति श्रद्धाञ्जली अर्पण
मोटरसाइकलको ठक्करबाट बाबुछोरासहित तीन जना घाइते                                                                                   
मोटरसाइकलको ठक्करबाट बाबुछोरासहित तीन जना घाइते