प्रिमियर लिगमा टिभीएस किंग्स र राजविराज किंग्स विजयी

राजविराज राजविराज
|
शनिबार, चैत्र १२, २०७८
|
|
५८ पटक हेरिएको
Shares
प्रिमियर लिगमा टिभीएस किंग्स र राजविराज किंग्स विजयी

सारांश

  •     राजविराज नगरपालिकाको सहयोग तथा सप्तरी क्रिक्रेट संघको आयोजनामा संचालित प्रतियोगिताको शनिबार सम्पन्न पहिलो खेलमा टिभीएस किंग्स राजविराजले राजविराज ब्रदर्शलाई ५३ रनले पराजित गरेको हो ।
  • टिभीएस किंग्सको यो दोश्रो जित हो ।
  •       टिभीएस किंग्स राजविराजले १ सय ७५ रनको लक्ष्य दिएपछि राजविराज ब्रदर्शले २० ओभर ब्याटिंङ गरे पनि ८ विकेटको क्षतीमा १ सय २१ रन मात्र बनाउन सक्यो ।

दैनिक समाचारदाता
राजविराज, १२ चैत ।     
    राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको शनिबार सम्पन्न दुई खेलमा टिभीएस किंग्स राजविराज र राजविराज द किंग्स बिजयी भएको छ । 
    राजविराज नगरपालिकाको सहयोग तथा सप्तरी क्रिक्रेट संघको आयोजनामा संचालित प्रतियोगिताको शनिबार सम्पन्न पहिलो खेलमा टिभीएस किंग्स राजविराजले राजविराज ब्रदर्शलाई ५३ रनले पराजित गरेको हो । टिभीएस किंग्सको यो दोश्रो जित हो । 
    टिभीएस किंग्स राजविराजले १ सय ७५ रनको लक्ष्य दिएपछि राजविराज ब्रदर्शले २० ओभर ब्याटिंङ गरे पनि ८ विकेटको क्षतीमा १ सय २१ रन मात्र बनाउन सक्यो । ब्रदर्शका चन्द्र प्रकाश मेहताले ३९ तथा निरज कुमार यादवले २९ रन योगदान दिए । टिभीएस किंग्सका बलर बिशाल सुश्लिंग र दिपेश सरदारले २÷२ विकेट तथा शेइख इमरान, महबुब आलम र पप्पु यादवले १÷१ विकेट लिए । 
    यसअघि टिभीएस किंग्सले २० ओभरमा ८ विकेट क्षतीमा १ सय ७४ रन बनाएको थियो । उसको लागि ओपनर रोहन बिकले सर्वाधिक ४२ रन, बिशाल सुश्लिंगले ३५ रन तथा महबुब आलमले ३३ रन योगदान दिए । राजविराज ब्रदर्शका पार्थिव यादवले ३, सोनु तामाङले २ तथा अनुज चुनारा र अजय यादवले १÷१ विकेट लिए । उक्त खेलको प्लेयर अफ द म्याच बिशाल सुश्लिंग घोषित भए । 
    शनिबारै भएको दोश्रो खेलमा राजविराज द किंग्सले २० ओभरमा ८ विकेट क्षतीमा २ सय २४ रन बनायो । राजविराज द किंग्सले पहिलो जित दर्ता गर्ने क्रममा तिलाठी कोइलाडी जायन्ट्सलाई १ सय ९ रनको विशाल अन्तरले पराजित गर्यो । द किंग्सले दिएको २ सय २५ रनको लक्ष्य पछ्याएको जायन्ट्सले १६ ओभरमा १ सय १५ रनमा सम्पूर्ण विकेट गुमायो । 
    तिलाठी कोइलाडीको ब्याटिंङमा रोशन विश्वकर्माले सर्वाधिक २० रन बनाए । राजविराज द किंगको बलिंङमा रोहित कुमार सिंह, नन्दन यादव, रुपेश कुमार सिंह र फिर्दोश अन्सारीले समान २ विकेट लिए । द किंग्सका ओपनर सन्तोष कार्कीले आक्रामक ब्याटिंग गर्दै ८८ रन बनाए जुन क्रममा ४१ बलमा ४ चौका र ९ छक्का प्रहार गरे । यस्तै नन्दन यादवले ३७, फिर्दोश अन्सारीले ३४ तथा शंकर रानाले २९ रन बनाए । तेश्रो विकेटको लागि सन्तोषले फिर्दोशसंग १०८ रनको साझेदारी गरे ।
    तिलाठी कोइलाडीका बलर जितेन्द्र यादवले ३, विकास दासले २ तथा अविशेक कार्की र योगेन्द्र सिंह कार्कीले १÷१ विकेट लिए । खेलको प्लेयर अफ द म्याच सन्तोष कार्की घोषित भए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नगरको ऐतिहासिक पोखरी शौच र पिसाब गर्ने थलो बन्दै 
नगरको ऐतिहासिक पोखरी शौच र पिसाब गर्ने थलो बन्दै 
प्रतिनिधिसभातर्फ समानुपातिकमा जनमत र जसपाको ५÷५ सीट, मधेशमा जनमत र जसपाको ७÷७ सीट
प्रतिनिधिसभातर्फ समानुपातिकमा जनमत र जसपाको ५÷५ सीट, मधेशमा जनमत र जसपाको ७÷७ सीट
चट्याङ्ग लागेर बृद्धको मृत्यु, आगलागिमा दुई घर नष्ट
खेलकुदका प्रशासनिक तथा प्राविधिक कर्मचारीहरु दोश्रो चरणको आन्दोलनमा 
खेलकुदका प्रशासनिक तथा प्राविधिक कर्मचारीहरु दोश्रो चरणको आन्दोलनमा 
बैंक अफ काठमाण्डूद्वारा स्वास्थ्य चौकी सखडालाई स्वास्थ्य सामग्री हस्तान्तरण
बैंक अफ काठमाण्डूद्वारा स्वास्थ्य चौकी सखडालाई स्वास्थ्य सामग्री हस्तान्तरण
भारतीय सुरक्षाकर्मीद्वारा हुलाकी सडक  अन्तरगतको पुल निर्माणमा अवरोध 
भारतीय सुरक्षाकर्मीद्वारा हुलाकी सडक  अन्तरगतको पुल निर्माणमा अवरोध 
सञ्चार क्षेत्रका महत्वपूर्ण कामहरु अगाडि बढाउन कानून संशोधन एवं परिमार्जन आवश्यक
सञ्चार क्षेत्रका महत्वपूर्ण कामहरु अगाडि बढाउन कानून संशोधन एवं परिमार्जन आवश्यक
भारततर्फ लैजादै गरेको ८  कार्टुन “मामा” भन्सार चलान
भारततर्फ लैजादै गरेको ८  कार्टुन “मामा” भन्सार चलान
लोसपाले मनायो स्थापना दिवस
लोसपाले मनायो स्थापना दिवस
कारको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु, दुईको गम्भिर
कारको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु, दुईको गम्भिर