दैनिक समाचारदाता
राजविराज, २२ चैत ।
बिराटनगरस्थित नोबेल अस्पतालमा कार्यरत सप्तरीका चिकित्सक डा. बिजय यादवको हत्यामा संलग्न रहेकाहरुलाई पक्राउ गरि कारवाहीको माग गर्दै मंगलबार राजविराजमा प्रदर्शन गरिएको छ ।
मृतकका आफन्त र स्थानीयले प्रर्दशन गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत जिल्ला प्रशासन कार्यालय मोरंगलाई ज्ञापन पत्र बुझाएका हुन् ।
सप्तरीको विष्णुपुर गाउँपालिका १ खुरहुरिया घर भई विराटनगरस्थित नोबेल अस्पतालमा कार्यरत ३० वर्षिय डा. यादवको हत्यामा संलग्नलाई अविलम्ब पक्राउ गरी कारवाहीको माग गर्दै आफन्त र स्थानीयले प्रर्दशन सहित प्रमुख जिल्ला अधिकारी जर्नादन गौतम मार्फत जिल्ला प्रशासन कार्यालय मोरंगलाई ज्ञापन पत्र बुझाएका हुन् ।
विगत चार वर्षदेखी उक्त अस्पतालमा कार्यरत डा. यादवको चैत १९ गते शनिवारका दिन विराटनगरस्थित डेरा गरी वसेको घरको भुई तल्लामा मृत शरीर फेला परेको थियो ।
घोप्टो परेको र नाक मुखबाट रगत बगिरहेको अवस्थामा फेला परेको उनको शवको पोष्टमार्टम गरी आफन्तलाई बुझाइए पछि अन्तिम संस्कार सकाएर आफन्त र गाउँले न्यायको खोजीमा आन्दोलित भएका हुन् ।
बुझाइएको ज्ञापन पत्रको बोदार्थ प्रधानमन्त्रीको कार्यालय, गृहमन्त्रीको कार्यालय, प्रदेश १ प्रहरी कार्यालय, मधेश प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय मोरंग र जिल्ला प्रहरी कार्यालय सप्तरीलाई समेत दिइएको छ ।
मृतकका आफन्त तथा स्थानीयले नियोजित रुपमा हत्या भएको भन्दै घट्नाको उच्चस्तरीय छानवीन गरी सत्यतथ्य बाहिर ल्याउन र दोषी पत्ता लगाई कडा कारवाहीको माग गरेका छन् ।
उनीहरुले तीन दिन भित्र हत्यारालाई पक्राउ र कारवाही अघि नबढाइए आन्दोलन चर्काउने समेत ज्ञापन पत्र मार्फत चेतावनी दिएका छन् ।
डा. यादवको हत्या भएको चार दिन वितिसक्दा पनि प्रहरीले अहिले सम्म हत्यारा पत्ता लगाउन नसकेको भन्दै पीडित परिवार र विष्णुपुर गाउँपालिकाका वासिन्दा आन्दोलनमा उत्रेका हुन् ।
बजार क्षेत्र परिक्रमाका क्रममा उनीहरुले सरकार विरुद्ध चर्काे नाराबाजी समेत गरेका थिए । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गौतमले पीडित परिवार र स्थानीयको तर्फबाट प्राप्त ज्ञापन पत्र तत्कालै सम्बन्धित कार्यालयमा पठाई न्यायका लागी आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए ।
यसैबीच घट्नामा संलग्न रहेको आशंकामा मोरंग प्रहरीले एक चिकित्सक सहित ६ जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
डा. यादवको हत्यामा संलग्न रहेकाहरुलाई पक्राउ गरि कारवाहीको माग गर्दै प्रर्दशन
सारांश
- मृतकका आफन्त र स्थानीयले प्रर्दशन गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत जिल्ला प्रशासन कार्यालय मोरंगलाई ज्ञापन पत्र बुझाएका हुन् ।
- सप्तरीको विष्णुपुर गाउँपालिका १ खुरहुरिया घर भई विराटनगरस्थित नोबेल अस्पतालमा कार्यरत ३० वर्षिय डा.
- यादवको हत्यामा संलग्नलाई अविलम्ब पक्राउ गरी कारवाहीको माग गर्दै आफन्त र स्थानीयले प्रर्दशन सहित प्रमुख जिल्ला अधिकारी जर्नादन गौतम मार्फत जिल्ला प्रशासन कार्यालय मोरंगलाई ज्ञापन पत्र बुझाएका हुन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया