दैनिक समाचारदाता
राजविराज, २२ बैशाख ।
मोटरसाइकल र साइकल एक आपसमा ठोकिदा बुधबार राती साइकल चालकको मृत्यु भएको छ भने दुर्घटनामा एक जना गम्भिर घाइते भएका छन् ।
सप्तरीको राजविराज–तिलाठी सडक खण्डमा बुधबार राती भएको उक्त दुर्घटनामा जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका १ निवासी ४३ वर्षिय सतिश कुमार यादवको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले राती २ बजेतिर राजविराजतर्फ आउँदै गरेको को.१७प. ८५६३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको साइकल एक आपसमा ठोकिदा साइकल सवार यादवको मृत्यु भएको जानकारी दिएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक छिन्नमस्ता गाउँपालिका १ निवासी २० वर्षिय शंकर भनिने इन्द्रजित कुमार यादव गम्भिर घाइते भएका छन् । उनको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् ।
दुर्घटनामा परेका मोटरसाइकल नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मोटरसाइकल र साइकल ठोकिदा साइकल चालकको मृत्यु
सारांश
- सप्तरीको राजविराज–तिलाठी सडक खण्डमा बुधबार राती भएको उक्त दुर्घटनामा जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका १ निवासी ४३ वर्षिय सतिश कुमार यादवको मृत्यु भएको हो ।
- जिल्ला प्रहरी कार्यालय सप्तरीले राती २ बजेतिर राजविराजतर्फ आउँदै गरेको को.
- १७प.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया