दैनिक समाचारदाता
राजविराज, २५ माघ ।
सप्तरीको राजविराज–हनुमाननगर सडक अन्तरगत झल्ही खण्डमा शुक्रवार विहान दुई माइक्रो ठोकिएर भएको दुर्घटनामा आधा दर्जन यात्रु घाइते भएका छन् । घाइते मध्ये दुईको अवस्था गम्भिर रहेको छ ।
राजविराजबाट विराटनगर तर्फ गई रहेको ना १ ज ६४९६ नम्बरको माइक्रोबस रोकि राखेको ना १ ज ६०७० नम्बरको माइक्रोबसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
दुर्घटनामा राजविराज ५ निवासी ५५ वर्षिय बुदुर झा र उनका ५० वर्षिया पत्नी आशादेवी झा गम्भिर घाइते भएका छन् । टाउँकोमा गम्भिर चोट लागेका झा दम्पतिलाई प्रारम्भिक उपचारपछि धरान रेफर गरिएको छ ।
अन्य घाइते रुपनी गाउँपालिका ३ की १५ वर्षिया सरस्वती माझी, १४ वर्षिया लक्ष्मी कुमारी यादव सहित ४ जनाको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भईरहेको छ ।
विहान वर्षासँगै लागेको हुस्सुका कारण चालकले रोकि राखेको माइक्रोबस नदेख्दा ठोक्किएर सो दुर्घटना हुन गएको अनुमान गरिएको छ ।
यता प्रहरीले दुवै गाडी र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
दुई माइक्रो ठोकिदा पति पत्निसहित आधा दर्जन घाइते
सारांश
- राजविराजबाट विराटनगर तर्फ गई रहेको ना १ ज ६४९६ नम्बरको माइक्रोबस रोकि राखेको ना १ ज ६०७० नम्बरको माइक्रोबसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
- दुर्घटनामा राजविराज ५ निवासी ५५ वर्षिय बुदुर झा र उनका ५० वर्षिया पत्नी आशादेवी झा गम्भिर घाइते भएका छन् ।
- टाउँकोमा गम्भिर चोट लागेका झा दम्पतिलाई प्रारम्भिक उपचारपछि धरान रेफर गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया