ठूलो परिणाममा कृषियन्त्र  उपकरण र स्यालो ट्युवेल बितरण

राजविराज राजविराज
|
आइतबार, श्रावण १, २०७९
|
|
७३ पटक हेरिएको
Shares
ठूलो परिणाममा कृषियन्त्र  उपकरण र स्यालो ट्युवेल बितरण

सारांश

  •     जिल्लामा वैकल्पिक ंिसचाईको व्यवस्थासहित किसानलाई यान्त्रिक र आधुनिकिकरण गर्ने उद्देश्यका साथ आइतवार एक कार्यक्रमको आयोजना गरी केन्द्रले पावर टिलर, धान र गहुँ काट्ने रिपर मेशिन, स्यालो ट्युवेल र कमरसियल मोटर लगायतका कृषियन्त्र र उपकरण किसानलाई अनुदानमा वितरण गरेको हो ।
  •       वितरण गरिएका समानहरुमा १८ एचपिको पावर टिलर ४०, ९ एचपीको पावर टिलर ११, स्यालो ट्यु्वेल १ सय ७०, समरसियल मोटर ३२, धान गहुँ काट्ने रिपर मेसिन ६ र पावर टिलरमा प्रयोग हुने रिपर ३ थान छन ।
  •       आ.

दैनिक समाचारदाता
राजविराज, १ साउन । 
    कृषि ज्ञान केन्द्र सप्तरीले ठूलो परिणाममा कृषियन्त्र उपकरण तथा साना सिंचाई स्यालो बोरिङ्ग लगायतका सामग्री अनुदानमा वितरण सुरु गरेको छ । 
    जिल्लामा वैकल्पिक ंिसचाईको व्यवस्थासहित किसानलाई यान्त्रिक र आधुनिकिकरण गर्ने उद्देश्यका साथ आइतवार एक कार्यक्रमको आयोजना गरी केन्द्रले पावर टिलर, धान र गहुँ काट्ने रिपर मेशिन, स्यालो ट्युवेल र कमरसियल मोटर लगायतका कृषियन्त्र र उपकरण किसानलाई अनुदानमा वितरण गरेको हो । 
    वितरण गरिएका समानहरुमा १८ एचपिको पावर टिलर ४०, ९ एचपीको पावर टिलर ११, स्यालो ट्यु्वेल १ सय ७०, समरसियल मोटर ३२, धान गहुँ काट्ने रिपर मेसिन ६ र पावर टिलरमा प्रयोग हुने रिपर ३ थान छन । 
    आ.ब. २०७८÷०७९ को स्वीकृत कार्यक्रम अन्र्तगत कृषियन्त्र, उपकरण तथा साना सिंचाइ स्यालो बोरिङ्ग समाग्री वितरण कार्यक्रमको शुभारम्भ गरिएको कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख राजेन्द्र प्रसाद यादवले जानकारी दिएका छन् । 
    उनले वैकल्पिक सिंचाईको व्यवस्था, श्रमिक समस्या समाधान, लागत घटाई उत्पादन बृद्धि र किसानहरुलाई प्रविधी मैत्री बनाउने उद्देश्यले उक्त कार्यक्रम संचालनमा ल्याइएको बताए । 
    सबै स्थानीयतहका कृषकलाई निवेदनका लागी आह्वान गरी छनौटमा परेका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा उक्त कृषि यन्त्र र उपकरण उपलब्ध गराएको प्रमुख यादवको भनाई छ । 
    कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले यूवा विदेशीने गरेको र खेतमा काम गर्ने मान्छेको अभावमा कृषकले समस्या भोगिरहेका बेला यस्तो सहयोगले धेरै राहत प्रदान गर्ने बताए । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोष्टमार्टमका लागि खाल्डोबाट  बँदेललाई निकालियो 
पोष्टमार्टमका लागि खाल्डोबाट  बँदेललाई निकालियो 
विपद् सम्बन्धी रिफ्रेसर  तालिम सम्पन्न
विपद् सम्बन्धी रिफ्रेसर  तालिम सम्पन्न
भैंसीलाई पोखरीमा नुहाउने क्रममा दुई बालिकाको डुबेर मृत्यु
भैंसीलाई पोखरीमा नुहाउने क्रममा दुई बालिकाको डुबेर मृत्यु
पूर्वप्रधान सेनापति कटवालले सुरु गरे ‘हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान’ 
पूर्वप्रधान सेनापति कटवालले सुरु गरे ‘हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान’ 
सरकारबाट तत्काल बाहिरिने सम्भावना छैन् ः उपप्रम यादव
हनुमाननगरमा निःशुल्क मुटुरोगको शिविर सम्पन्न
हनुमाननगरमा निःशुल्क मुटुरोगको शिविर सम्पन्न
रोजगारीका लागि भारत गएका  यूवकको शंकास्पद मृत्यु
रोजगारीका लागि भारत गएका  यूवकको शंकास्पद मृत्यु
एकै दिन ६ महिलाद्वारा आत्महत्याको प्रयास
एकै दिन ६ महिलाद्वारा आत्महत्याको प्रयास
राजावादी र हिन्दुवादी समर्थकहरुद्वारा प्रदर्शन
राजावादी र हिन्दुवादी समर्थकहरुद्वारा प्रदर्शन
मदरसा बोर्ड मार्फत ईस्लामि शिक्षालाई मुलधारमा ल्याउन शिक्षा ऐन ल्याउन लागिएको छ ः मन्त्री साह 
मदरसा बोर्ड मार्फत ईस्लामि शिक्षालाई मुलधारमा ल्याउन शिक्षा ऐन ल्याउन लागिएको छ ः मन्त्री साह