एकै गाउँका दुई राष्ट्रिय अध्यक्ष एकै क्षेत्रबाट भिड्ने, जसपाका अध्यक्ष यादव र जनमतका अध्यक्ष डा. राउत आमने–सामने हुँदै

राजविराज राजविराज
|
शुक्रबार, श्रावण २०, २०७९
|
|
९० पटक हेरिएको
Shares
एकै गाउँका दुई राष्ट्रिय अध्यक्ष एकै क्षेत्रबाट भिड्ने, जसपाका अध्यक्ष यादव र जनमतका अध्यक्ष डा. राउत आमने–सामने हुँदै

सारांश

  •     २०७४ सालको प्रतिनीधीसभा निर्वाचनमा सप्तरी क्षेत्र नं.
  • २ बाट जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका थिए ।
  • सोही क्षेत्रबाट आउँदो मंसिर ४ गते हुने निर्वाचनमा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.

दैनिक समाचारदाता
राजविराज, २० साउन । 

    सप्तरीको निर्वाचन क्षेत्र नं. २ बाट एउटै गाउँका दुई राष्ट्रिय अध्यक्ष प्रतिनीधीसभाको निर्वाचनमा भिड्ने चर्चाले अहिले सप्तरीमा चुनावी माहोल तातेको छ । 
    २०७४ सालको प्रतिनीधीसभा निर्वाचनमा सप्तरी क्षेत्र नं. २ बाट जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका थिए । सोही क्षेत्रबाट आउँदो मंसिर ४ गते हुने निर्वाचनमा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सिके राउतले पनि उम्मेदवारी दिने भएपछि चुनावी माहोल तातिएको हो । 
    दुबै जना प्रतिनीधीसभा निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने महादेवा गाउँपालिकाका वासिन्दा हुन् । जसपा अध्यक्ष यादव महादेवा वडा नं. ५ मझौरा र जनमतका अध्यक्ष डा. राउत वडा नं. २ महादेवा टोलका बासिन्दा हुन् । प्रतिनीधीसभा क्षेत्र नम्बर २ मा राजविराज नगरपालिका, छिन्नमस्ता गाउँपालिका, महादेवा गाउपालिकाको २ वटा वडा र तिलाठीकोइलाडी गाउँपालिका गरी ४ पालिका पर्दछन । 
    हालै सम्पन्न स्थानीयतहको निर्वाचनमा उक्त क्षेत्रमा पर्ने ४ पालिका मध्ये २ पालिकामा लोसपा र १÷१ पालिकामा काँग्रेस र जसपाले जित हात पारेको छ । 
    महादेवा गाउँपालिकाका अध्यक्ष पदमा भने लोसपाले जित हात पारेको छ भने वडा नं. २ मा जनमत पार्टीले वडाअध्यक्ष सहित सबै पद जितेको छ । 
    यसैबीच जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सिके राउतले शुक्रवार राजविराज दैनिकसँगको कुराकानीमा भने, “बिहीबार जनकपुरमा बसेको पार्टीको बैठकले आफुलाई सप्तरीको क्षेत्र नम्बर २ बाट प्रतिनीधीसभाको चुनाव लड्न सुझाव दिएको छ । आफु पनि पार्टीका नेता र कार्यकर्ताको सुझाव मानी सोही क्षेत्रबाट चुनाव लड्ने निर्णयमा पुगेको हँु ।” 
    यता जसपा अध्यक्ष यादवले आफु पुनः सोही क्षेत्रबाट लड्ने वा अन्य क्षेत्रबाट लड्ने हो भन्ने बारे अहिले टुङ्गो लागी नसकेको प्रतिक्रिया दिएका छन । उनले आफुलाई यस पटक सप्तरीको उक्त क्षेत्रका साथै मोरंग, सुनसरी, बारा, पर्सा र धनुषा लगायतका क्षेत्रबाट समेत चुनाव लड्न नेता कार्यकर्ताहरुले निकै दवाव दिन थालेको बताए । उनले आफ्नो निर्वाचन क्षेत्रका जनता तथा पार्टीको उच्चतहमा समेत यसबारे छलफल थालेको र उचित समयमा अन्तिम निर्णय लिने जानकारी दिए ।
    १८ पालिका रहेको सप्तरीमा हालै सम्पन्न स्थानीयतहको निर्वाचनमा नेपाली काँग्रेस ५ पालिका, जसपा, लोसपा, एमालेले ३÷३ जनमत २ तथा नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले १÷१ पालिका जितेका छन् । 
    दुबै जना राष्ट्रिय अध्यक्षहरु एउटै निर्वाचन क्षेत्रबाट प्रतिष्पर्धा गरे उक्त प्रतिष्पर्धा निकै रोचक हुने अनुमान गरिएको छ । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीन पार्टीका तीन सप्तरी जिल्ला अध्यक्ष पराजित
तीन पार्टीका तीन सप्तरी जिल्ला अध्यक्ष पराजित
राधाकृष्ण मन्दिरमा चोरी
राधाकृष्ण मन्दिरमा चोरी
सांसद रानी मण्डलद्वारा मृतक  परिवारलाई पाँच÷पाँच हजार प्रदान
सांसद रानी मण्डलद्वारा मृतक  परिवारलाई पाँच÷पाँच हजार प्रदान
राजदुत नियुक्ती र विश्वविद्यालयमा देखिएको समस्या बारे जसपाले बुझायो प्रधानमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापन 
राजदुत नियुक्ती र विश्वविद्यालयमा देखिएको समस्या बारे जसपाले बुझायो प्रधानमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापन 
हनुमाननगर कंकालिनीमा पहिलो पटक राष्ट्रपति कप
हनुमाननगर कंकालिनीमा पहिलो पटक राष्ट्रपति कप
सरकारी कार्यालयमा सेवा प्रवाह तथा सुधारका लागि प्रदेशसभा सदस्यद्वयको चासो 
सरकारी कार्यालयमा सेवा प्रवाह तथा सुधारका लागि प्रदेशसभा सदस्यद्वयको चासो 
सप्तरीको कंचनरुपमा मदन भण्डारी  रंगशाला निर्माण हुने निश्चित् 
सप्तरीको कंचनरुपमा मदन भण्डारी  रंगशाला निर्माण हुने निश्चित् 
आगलागिमा पाँच घर नष्ट, १८ लाख भन्दा बढीको क्षति
आगलागिमा पाँच घर नष्ट, १८ लाख भन्दा बढीको क्षति
सप्तरी कांग्रेसले माघ २१ गते  सरकारविरुद्ध बिरोध प्रदर्शन गर्ने
शिशुको मृत्यु भएपछि उत्पन्न तनाव चार बुँदे सहमतिपछि साम्य
शिशुको मृत्यु भएपछि उत्पन्न तनाव चार बुँदे सहमतिपछि साम्य