दैनिक समाचारदाता
राजविराज, २४ साउन ।
नेकपा एकीकृत समाजवादी निकट अखिल नेपाल किसान महासंघको सप्तरी जिल्ला अधिवेशन मंगलबार सम्पन्न भएको छ ।
अनेकि महासंघका केन्द्रिय सदस्य नरसिंह प्रसाद चौधरीको अध्यक्षता, नेकपा एकीकृत समाजवादीका स्थायी कमिटि सदस्य रामप्रित पासवानको प्रमुख आतिथ्य, पार्टीका पोलिटब्यूरो सदस्य एवं किसान महासंघका उपाध्यक्ष रामचन्द्र साह तथा पार्टीका केन्द्रिय सदस्य गोबिन्द न्यौपानेको विशिष्ट आतिथ्यमा सम्पन्न जिल्ला अधिवेशनमा किसानहरुका समस्याको समाधानका लागि स्थायी रुपमा निकास निकाल्नु पर्नेमा जोड दिइएको थियो ।
सो अवसरमा अनेकि महासंघ पर्साका अध्यक्ष किशोरी कुशवाहा, पार्टीका बुद्धिजिवि संगठनका नथुनी दास, अनिलकुमार अनल, महेन्द्र नारायण यादव, शम्भु कुमार यादव, शत्रुधन प्रसाद साह आजाद, अनिल गुप्ता, देवकान्त चौधरीलगायतले किसानहरुको समस्या बारे चर्चा गर्दै अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।
यसैबीच अधिवेशनबाट सत्यनारायण यादवको अध्यक्षतामा १६ सदस्यीय जिल्ला समिति गठन गरिएको जनाइएको छ ।
अनेकि महासंघको जिल्ला अधिवेशन सम्पन्न
सारांश
- अनेकि महासंघका केन्द्रिय सदस्य नरसिंह प्रसाद चौधरीको अध्यक्षता, नेकपा एकीकृत समाजवादीका स्थायी कमिटि सदस्य रामप्रित पासवानको प्रमुख आतिथ्य, पार्टीका पोलिटब्यूरो सदस्य एवं किसान महासंघका उपाध्यक्ष रामचन्द्र साह तथा पार्टीका केन्द्रिय सदस्य गोबिन्द न्यौपानेको विशिष्ट आतिथ्यमा सम्पन्न जिल्ला अधिवेशनमा किसानहरुका समस्याको समाधानका लागि स्थायी रुपमा निकास निकाल्नु पर्नेमा जोड दिइएको थियो ।
- सो अवसरमा अनेकि महासंघ पर्साका अध्यक्ष किशोरी कुशवाहा, पार्टीका बुद्धिजिवि संगठनका नथुनी दास, अनिलकुमार अनल, महेन्द्र नारायण यादव, शम्भु कुमार यादव, शत्रुधन प्रसाद साह आजाद, अनिल गुप्ता, देवकान्त चौधरीलगायतले किसानहरुको समस्या बारे चर्चा गर्दै अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।
- यसैबीच अधिवेशनबाट सत्यनारायण यादवको अध्यक्षतामा १६ सदस्यीय जिल्ला समिति गठन गरिएको जनाइएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया