दैनिक समाचारदाता
राजविराज, ५ भदौ ।
राष्ट्रिय भुमि आयोग जिल्ला समिति सप्तरीले चार महिने कार्यकालको प्रगति विवरण आइतबार सार्वजनिक गरेको छ ।
पत्रकार सम्मेलनको आयोजना गरि जिल्ला समिति सप्तरीले २०७९ बैशाख पहिलो सातामा पुर्णता पाई जिम्मेवारीमा आएपछि चार महिनाको छोटो अवधिमा गरेका कामहरुको प्रगति विवरण सार्वजनिक गरेको हो ।
विगतका आयोग, समिती र कार्यदलमा बुझाइएको निवेदन र अन्य कागजातहरु झिकाई अध्ययन गरी अन्तिम निर्णयमा पुग्ने सो अवसरमा जानकारी गराइएको छ ।
प्रगति विवरण प्रस्तुत गर्दै समितीका अध्यक्ष हरेराम यादवले यस अवधीमा सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित वसोवासलाई व्यवस्थापन गर्ने प्रयोजनका लागी जिल्लाको १८ मध्ये पहिलो चरणमा अग्नीसाइर कृुष्णासवरण गाउँपालिका र तिलाठी कोइलाडी गाउपालिकासँग द्विपक्षिय सम्झौता गरी कार्य अघि बढाइएको जानकारी दिए ।
यस क्रममा अग्नीसाईर कृष्णासवरण गाँउपालिकाको विभिन्न वडामा नाप जाँचको काम भइरहेको तथा तिलाठी कोइलाडी गाउँपालिकाको ८ वडा मध्ये १ र २ वडा वाहेक सबैमा लगत कार्य सम्पन्न भइसकेको उनले जानकारी दिए ।
यस्तै कंचनरुप, सप्तकोशी, हनुमाननगर कंकालिनी, डाक्नेश्वरी, शम्भुनाथ, सुरुङ्गा, खडक र बोदेवर्साईन नगरपालिका तथा रुपनी र महदेवा गाउँपालिका संग पनि नयाँ सम्झौताको काम पुरा भई लगत संकलन सम्बन्धि ३५ दिने म्याद सहित सूचना प्रकाशित गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
सम्झौता अनुसार सम्बन्धित पालिकाले सेवा केन्द्र संचालन गरी पालिका स्तरीय सहजीकरण समिति गठन गर्ने कार्य समेत तिब्र बनाएको पत्रकार सम्मेलनमा समितीका सदस्य समेत रहेका नापी कार्यालयका प्रमुख शत्रुघन प्रसाद यादवले जानकारी दिए ।
पत्रकार सम्मेलनमा समितीका सदस्य पञ्चदेव चौधरी, हरिनारायण महतो, अनार कुमारी चौधरी लगायतको समेत उपस्थिती रहेको थियो ।
राष्ट्रिय भूमि आयोगद्वारा चार महिने प्रगति विवरण सार्वजनिक
सारांश
- पत्रकार सम्मेलनको आयोजना गरि जिल्ला समिति सप्तरीले २०७९ बैशाख पहिलो सातामा पुर्णता पाई जिम्मेवारीमा आएपछि चार महिनाको छोटो अवधिमा गरेका कामहरुको प्रगति विवरण सार्वजनिक गरेको हो ।
- विगतका आयोग, समिती र कार्यदलमा बुझाइएको निवेदन र अन्य कागजातहरु झिकाई अध्ययन गरी अन्तिम निर्णयमा पुग्ने सो अवसरमा जानकारी गराइएको छ ।
- प्रगति विवरण प्रस्तुत गर्दै समितीका अध्यक्ष हरेराम यादवले यस अवधीमा सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित वसोवासलाई व्यवस्थापन गर्ने प्रयोजनका लागी जिल्लाको १८ मध्ये पहिलो चरणमा अग्नीसाइर कृुष्णासवरण गाउँपालिका र तिलाठी कोइलाडी गाउपालिकासँग द्विपक्षिय सम्झौता गरी कार्य अघि बढाइएको जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया