तिलाठी गापाका निवर्तमान अध्यक्ष सिंहसहित दुई हजार जनमतमा प्रवेश

राजविराज राजविराज
|
बिहिबार, भाद्र ९, २०७९
|
|
७५ पटक हेरिएको
Shares
तिलाठी गापाका निवर्तमान अध्यक्ष सिंहसहित दुई हजार जनमतमा प्रवेश

सारांश

  •     उनीसँगै विभिन्न पार्टी परित्याग गरी दुई हजार व्यक्ति जनमत पार्टीमा प्रवेश गरेको जिल्ला सचिव थानेश्वर साहले जानकारी दिएका छन् ।
  •       जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा.
  • सिके राउतले उनीहरुलाई फुल माला अविर लगाई पार्टीमा स्वागत गरेका छन् ।

दैनिक समाचारदाता
राजविराज, ९ भदौ ।

    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ४ स्थित जिरिया हाटमा बिहीबार जनमत पार्टीले आयोजना गरेको आम सभामा सो गाउँपालिकाका निवर्तमान अध्यक्ष सतिश कुमार सिंह लोसपा परित्याग गरि सोही पार्टीमा प्रवेश गरेका छन् ।
    उनीसँगै विभिन्न पार्टी परित्याग गरी दुई हजार व्यक्ति जनमत पार्टीमा प्रवेश गरेको जिल्ला सचिव थानेश्वर साहले जानकारी दिएका छन् । 
    जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा. सिके राउतले उनीहरुलाई फुल माला अविर लगाई पार्टीमा स्वागत गरेका छन् । जनमत पार्टी जनाधार बढ्दै गएको दावी गर्दै अलमलमा रहेका अन्य दलका नेता तथा कार्यकर्तालाई जनमत पार्टीमा आउन आह्वान समेत गरे ।
    निवर्तमान गाउँपालिका अध्यक्ष सिंहलाई आगामी मंसिर ४ गते हुने निर्वाचनमा जनमत पार्टीले सप्तरीको क्षेत्र नं. २ (क) बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनाउने लगभग निश्चित भएको जनमत पार्टी श्रोतले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?