दैनिक समाचारदाता
राजविराज, ३१ असोज ।
सप्तरीको क्षेत्र नं. ४ मा पनि क्षेत्र नं. ३ जस्तै द्विपक्षीय राजनीतिक भिडन्त हुने आंकलन गरिएको छ ।
तीन नगरपालिका र एक गाउँपालिका रहेको यस क्षेत्रमा मुख्य दलका उम्मेदवारबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । यस क्षेत्रमा सुरुङ्गा नगरपालिका, खडक नगरपालिका, बोदेवरसाईन नगरपालिका र बलान विहुल गाउँपालिका गरी चार पालिका पर्दछ ।
हालै सम्पन्न स्थानीयतहको निर्वाचनमा नेपाली काँग्रेसले सुरुङ्गा नगरपालिका, जसपाले बोदे बरसाइन नगरपालिका, नेकपा माओवादी केन्द्रले खडक नगरपालिका र जनमत पार्टीले बलानबिहुल गाउँपालिकाको प्रमुख पदमा जित हात पारेको छ ।
यहाँबाट २०७४ सालको निर्वाचनमा नेपाली काँग्रेसका तेजुलाल चौधरी प्रतिनीधीसभा सदस्य पदमा निर्वाचित भएका थिए । उनी यस पल्ट पनि सत्ता गठबन्धन दलका साझा उम्मेदवारका रुपमा दोह¥याउदै चुनावी मैदानमा उत्रेका छन् ।
यस्तै विपक्षी गठबन्धन जसपा–एमालेबाट यहाँ जसपाका बालकिशोर यादव चुनावी मैदानमा छन् । कानुन व्यवसायीको रुपमा परिचित यादव पहिलो पल्ट प्रतिनिधीसभा सदस्यका उम्मेदवार बनेका हुन् ।
यस क्षेत्रबाट जनमत पार्टीका सुकदेव साह पनि चुनावी प्रतिस्पर्धामा उत्रिएका छन । उनी सेवा निवृत्त शिक्षक हुन । यहाँबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका मकुन चौधरी, राप्रपा नेपालका कपिलदेव यादव, नागरिक उन्मुक्ति पार्टीका देमन मियाँ, बहुजन शक्ति पार्टीका विश्वेन्दर पासमान, नेपाल आमा पार्टीका देवानन्द चौधरी, नेपाल सद्भावना पार्टीका संजोग चौधरी र राष्ट्रिय स्वतन्त्र पार्टीका मो. इरफान आलम पनि चुनावी प्रतिस्पर्धामा उत्रेका छन् ।
यस्तै स्वतन्त्रबाट माधुरी कुमारी साह, जियाउल रहमान, शंकरलाल चौधरी, छेदीलाल पासमान, काशिम मियाँ, सुरेश कुमार चौधरी थारु पनि चुनावी मैदानमा उत्रेका छन् ।
यद्दपी सत्ता गठबन्धनका उम्मेदवार चौधरी र विपक्षी जसपा–एमाले गठबन्धनका यादवबीच नै मुख्य प्रतिष्पर्धा हुने स्थानीय मतदाताहरुले अनुमान ब्यक्त गर्दै आएका छन् ।
यस क्षेत्रमा १ सय ३३ मतदान केन्द्र तोकिएको छ भने ५३ हजार १ सय ८० पुरुष, ५१ हजार ७ सय ८ महिला र अन्य ५ गरी कुल १ लाख ४ हजार ८ सय ९३ मतदाता छन् । चुनावी मैदानमा रहेका सबै उम्मेदवारले विकास निर्माण, स्वास्थ्य, शिक्षा र बाढी नियन्त्रण लगायतका मुदालाई चुनावी एजेन्डा बनाएर मतदातालाई आ–आफनो पक्षमा पार्न घरदैलो अभियान तिब्र बनाएका छन् ।
सप्तरी क्षेत्र नं. ४ मा द्विपक्षीय भिडन्तको आंकलन
सारांश
- तीन नगरपालिका र एक गाउँपालिका रहेको यस क्षेत्रमा मुख्य दलका उम्मेदवारबीच नै प्रतिस्पर्धा हुने देखिएको छ ।
- यस क्षेत्रमा सुरुङ्गा नगरपालिका, खडक नगरपालिका, बोदेवरसाईन नगरपालिका र बलान विहुल गाउँपालिका गरी चार पालिका पर्दछ ।
- हालै सम्पन्न स्थानीयतहको निर्वाचनमा नेपाली काँग्रेसले सुरुङ्गा नगरपालिका, जसपाले बोदे बरसाइन नगरपालिका, नेकपा माओवादी केन्द्रले खडक नगरपालिका र जनमत पार्टीले बलानबिहुल गाउँपालिकाको प्रमुख पदमा जित हात पारेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया