सप्तरीको २ सय ९५ मतदानस्थल मध्ये २  सय ८ अतिसंवेदनशील, ८३ संवेदनशील

राजविराज राजविराज
|
मंगलबार, कार्तिक १, २०७९
|
|
२२ पटक हेरिएको
Shares
सप्तरीको २ सय ९५ मतदानस्थल मध्ये २  सय ८ अतिसंवेदनशील, ८३ संवेदनशील

सारांश

  •     जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, नेपाल प्रहरी र अनुसन्धान विभागका अधिकारी सहितको बैठकले जिल्लाको सुरक्षा विश्लेशनपछि मतदान स्थललाई तीन तहमा विभाजन गरिएको छ ।
  •       नेपाली सेना सहितको जिल्ला सुरक्षा समन्वय समितीले विभिन्न सुचना, स्थलगत सुरक्षा अध्ययन र विश्लेषण पछि २ सय ८ मतदान स्थललाई अति संवेदनशील, ८३ संवेदनशील र ४ लाई समान्य ठहर गर्दै सोही अनुसारको सुरक्षा प्रबन्ध मिलाउन तयारी गरिएको छ ।
  •       सप्तरीका प्रहरी उपरिक्षक अविनारायण काफ्लेका अनुसार अतिसंवेदनशील मानिएका अधिकांश मतदान स्थल भारतीय सीमा नजिक पर्ने पालिकाहरु छन् ।

दैनिक समाचारदाता
राजविराज, १ कातिक । 

    मंसिर ४ गते हुन लागेको प्रतिनिधीसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागी सप्तरीमा २ सय ९५ मतदान स्थल तोकिएको छ भने ५ सय ३६ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । 
    जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, नेपाल प्रहरी र अनुसन्धान विभागका अधिकारी सहितको बैठकले जिल्लाको सुरक्षा विश्लेशनपछि मतदान स्थललाई तीन तहमा विभाजन गरिएको छ । 
    नेपाली सेना सहितको जिल्ला सुरक्षा समन्वय समितीले विभिन्न सुचना, स्थलगत सुरक्षा अध्ययन र विश्लेषण पछि २ सय ८ मतदान स्थललाई अति संवेदनशील, ८३ संवेदनशील र ४ लाई समान्य ठहर गर्दै सोही अनुसारको सुरक्षा प्रबन्ध मिलाउन तयारी गरिएको छ । 
    सप्तरीका प्रहरी उपरिक्षक अविनारायण काफ्लेका अनुसार अतिसंवेदनशील मानिएका अधिकांश मतदान स्थल भारतीय सीमा नजिक पर्ने पालिकाहरु छन् । उनले सबै मतदान स्थलमा आवश्यक सुरक्षा प्रबन्ध मतदाताले सोचे भन्दा अब्बल रहने गरी सुरक्षा रणनीती तैयार पारिएको जानकारी दिए ।    
    उनले स्थानीय प्रशासन, निर्वाचन कार्यालय र सुरक्षा निकायका अधिकारी सम्मिलीत टोलीले सबै मतदान स्थलको भ्रमण र सुरक्षा चुनौती विश्लेषन पछी सोही अनुसारको वर्गीकरण र सुरक्षा योजना तयार पारेको भन्दै मतदातालाई ढुक्क भएर मतदान गर्ने वातावरणका लागी कुनै कसर बाँकि न राखिने दाबी समेत गरे । 
    निर्वाचन सुरक्षाका लागी ३ हजार २ सय ७८ म्यादी प्रहरी र १ हजार ६ सय २० नेपाल प्रहरी परिचालन हुने उनले जानकारी दिए । यस बाहेक सेना र सशस्त्र प्रहरी समेत निर्धारण गरिएको घेरा भित्र रहेर सुरक्षा प्रबन्धमा योगदान दिने उनको भनाई छ । 
    सुरक्षामा कुनै कमजोरी नहुने दाबी गरेका उनले जिल्लाको विकट मानिएका क्षेत्र सहित नगरका चोक चोकमा हुन सक्ने आपराधिक गतिीवधी नियन्त्रणका लागी समेत सुरक्षाकर्मी परिचालन हुने बताए । 
    जिल्लामा ४ प्रतिनीधी सभा र ८ प्रदेश सभा सदस्य पदका लागी हुने निर्वाचनमा प्रतिनीधी सभा तर्फ ६९ र प्रदेश सभा तर्फ १ सय ७ गरी १ सय ७६ जना चुनावी प्रतिस्पर्धामा छन् । 
    जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा कुल मतदाता ४ लाख १८ हजार ३ सय ७४ छन् । जस मध्ये क्षेत्र नं. १ मा सबैभन्दा बढी १ लाख १३ हजार १ सय ९५ छन् । सबै भन्दा कम क्षेत्र नं. २ मा ९५ हजार ३ सय ९४ मतदाता छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भन्सार छलेर ल्याउँदै गरेको सूर्तीजन्य पदार्थसहित अन्य सामानहरु बरामद
भन्सार छलेर ल्याउँदै गरेको सूर्तीजन्य पदार्थसहित अन्य सामानहरु बरामद
ईन्डो– नेपाल क्रिकेटमा पाहुना टोलीलाई पराजित गर्दै सप्तरीको विजयी शुरुवात 
ईन्डो– नेपाल क्रिकेटमा पाहुना टोलीलाई पराजित गर्दै सप्तरीको विजयी शुरुवात 
आदिवासी जनजाती पत्रकार महासंघको नयाँ जिल्ला कार्यसमिति चयन
आदिवासी जनजाती पत्रकार महासंघको नयाँ जिल्ला कार्यसमिति चयन
मधेश प्रदेशसभा सदस्य अनिरुद्ध सिंह पक्राउ 
मधेश प्रदेशसभा सदस्य अनिरुद्ध सिंह पक्राउ 
तरकारी खेतीबाट आत्मनिर्भर बन्दै
तरकारी खेतीबाट आत्मनिर्भर बन्दै
यूवा बिद्यार्थीको भुमिका तथा कलेज स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न
यूवा बिद्यार्थीको भुमिका तथा कलेज स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न
सप्तरीमा जिल्ला समन्वय समिती गठनमा अन्यौल
सप्तरीमा जिल्ला समन्वय समिती गठनमा अन्यौल
पूर्व महाप्रबन्धक मेहता र  समाजसेवी यादव काँग्रेसमा प्रवेश
पूर्व महाप्रबन्धक मेहता र  समाजसेवी यादव काँग्रेसमा प्रवेश
धर्तीपुत्र रोईरहेको छ,  उत्पादित धनको मुल्य निर्धारण भएन
सबल नेपालद्वारा चालु आ.ब.का लागि १९ करोड ७१ लाख ९४ हजार अनुमानित रकम बिनियोजन
सबल नेपालद्वारा चालु आ.ब.का लागि १९ करोड ७१ लाख ९४ हजार अनुमानित रकम बिनियोजन