सहमतिपछि साह दम्पत्तिले तोडे अनसन

राजविराज राजविराज
|
शुक्रबार, कार्तिक १८, २०७९
|
|
४० पटक हेरिएको
Shares
सहमतिपछि साह दम्पत्तिले तोडे अनसन

सारांश

  •     सप्तरी जिल्ला अदालतबाट अंश मुद्दामा भएको फैसला कार्यान्वयन हुन नपाउँदै विपक्षि सहोदर दाजु उमेश प्रसाद साहले उच्च अदालत जनकपुर राजविराज इजलाशमा रिट निवेदन दिई न्याय प्रक्रिया लम्ब्याउन खोजेको र आफूहरुलाई अनावश्यक दुःख दिएको भन्दै दुई दिनदेखी अदालतकै अगाडी आमरण अनसनमा बसेका राजविराज ४ निवासी दिनेश प्रसाद साह र उनका पत्नि गौरीले शुक्रबार अनसन तोडेका हुन् ।
  •       उच्च अदालत जनकपुर राजविराज इजलाशका शाखा अधिकृत लक्ष्मिकान्त झाले उनीहरुलाई जुस खुवाएर अनसन तोडाएका हुन् ।
  • न्यायधिश र सम्बद्ध फाँटका कर्मचारीहरुको बैठकपछि आगामी बिहीबार उक्त मुद्दाको टुङ्गो लगाउने आश्वासन पाएपछि अनसन तोडिएको साह दम्पत्तिले बताएका छन् ।

दैनिक समाचारदाता
राजविराज, १८ कात्तिक । 

    अदालतको आदेश कार्यान्वयन तथा न्याय सम्पादन कार्य छिटो छरितो गर्न माग गर्दै दुई दिनदेखी आमरण अनसनमा बसेका साह दम्पत्तिले शुक्रबार अनसन तोडेका छन् । 
    सप्तरी जिल्ला अदालतबाट अंश मुद्दामा भएको फैसला कार्यान्वयन हुन नपाउँदै विपक्षि सहोदर दाजु उमेश प्रसाद साहले उच्च अदालत जनकपुर राजविराज इजलाशमा रिट निवेदन दिई न्याय प्रक्रिया लम्ब्याउन खोजेको र आफूहरुलाई अनावश्यक दुःख दिएको भन्दै दुई दिनदेखी अदालतकै अगाडी आमरण अनसनमा बसेका राजविराज ४ निवासी दिनेश प्रसाद साह र उनका पत्नि गौरीले शुक्रबार अनसन तोडेका हुन् । 
    उच्च अदालत जनकपुर राजविराज इजलाशका शाखा अधिकृत लक्ष्मिकान्त झाले उनीहरुलाई जुस खुवाएर अनसन तोडाएका हुन् । न्यायधिश र सम्बद्ध फाँटका कर्मचारीहरुको बैठकपछि आगामी बिहीबार उक्त मुद्दाको टुङ्गो लगाउने आश्वासन पाएपछि अनसन तोडिएको साह दम्पत्तिले बताएका छन् । 
    सो अवसरमा शाखा अधिकृत झाले आवश्यक प्रक्रिया पुरा गरि साह दम्पत्तिको मुद्दा प्राथमिकताका साथ हेरिने र छिट्टै न्याय निरुपन गर्ने सहमति भएकाले आमरन अनसन जस्तो कठोर आन्दोलनको आवश्यकता नरहेको प्रक्रिया दिए । 
    अंश मुद्दामा लामो समयदेखी न्याय नपाएको भन्दै साह दम्पत्ति उच्च अदालत जनकपुर राजविराज इजलास अगाडी अनसनमा बसेका थिए । 
    सप्तरी जिल्ला अदालतबाट वादी दिनेश प्रसाद साह बिरुद्ध उनका दाजु उमेश प्रसाद साह भएको २०६३ सालकोे अंश मुद्दामा २०६४ साल मंसिर २५ गते दुबै दाजु भाईलाई ४÷४ धुर जग्गा हुने गरि फैसला भएपनि सो फैसला अझै कार्यान्वयन हुन नसकेको साह दम्पत्तिको भनाई छ । 
    जिल्ला अदालतले गरेको पैmसला विरुद्ध उनका दाजु उमेश प्रसाद साहले उच्च अदालत जनकपुर राजविराज इजलासमा रिट निवेदन दिए पछी पैmसला कार्यान्वयन प्रक्रिया लम्बीएको हो । 
    यस अघि गत असोज ६ गते पहिलो पटक अनसनमा बसेका साह दम्पत्तिलाई उच्च अदालतका न्यायाधिशहरुले आउँदो असोज २७ गते हुने पेशीमा न्याय पाउने विश्वास दिलाएपछि सोही दिन साँझ अनसन तोडिएको थियो । तर आश्वासन अनुसार अदालतबाट न्यायनिरुपन प्रक्रिया अघि नबढेको भन्दै साह दम्पत्ति पुनः दोश्रो पल्ट अनसनमा बसेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीसहित पाँच जिल्लामा दादुरा रुबेला रोग शुन्यमा, फागुन १३ देखि चैत २ गतेसम्म  दादुरा–रुबेला रोग विरुद्धको खोप अभियान
सप्तरीसहित पाँच जिल्लामा दादुरा रुबेला रोग शुन्यमा, फागुन १३ देखि चैत २ गतेसम्म  दादुरा–रुबेला रोग विरुद्धको खोप अभियान
कम बजेटमा पनि मधेश प्रदेश सरकार हरेक क्षेत्रमा विकास गर्दै ः मन्त्री साह 
कम बजेटमा पनि मधेश प्रदेश सरकार हरेक क्षेत्रमा विकास गर्दै ः मन्त्री साह 
औद्योगिक क्षेत्रको विकासमा मधेश सरकार प्रतिबद्ध छ ः मुख्यमन्त्री सिंह 
औद्योगिक क्षेत्रको विकासमा मधेश सरकार प्रतिबद्ध छ ः मुख्यमन्त्री सिंह 
राष्ट्रियसभा निर्वाचन तथा मधेशी दल
मदिरा सेवन गरी यात्रुबाहक वस चलाउदा चालक प्रहरी फन्दामा
मदिरा सेवन गरी यात्रुबाहक वस चलाउदा चालक प्रहरी फन्दामा
प्रदेश २ मा बाढीबाट ३२ को मृत्यु, दुई वेपत्ता, सप्तरीमा कुनै मानविय क्षति नभएपनि १२ हजार प्रभावित
मधेश प्रदेशका जसपा नेता यादव मुख्यमन्त्री नियुक्त 
मधेश प्रदेशका जसपा नेता यादव मुख्यमन्त्री नियुक्त 
जलाशय किनार तथा घरको छतमा चैती छठ मनाइदै
जलाशय किनार तथा घरको छतमा चैती छठ मनाइदै
सप्ताहब्यापी सरसफाई अभियान सुरु
सप्ताहब्यापी सरसफाई अभियान सुरु
डाका मुद्दामा फरार अभियुक्त २० वर्षपछी पक्राउ
डाका मुद्दामा फरार अभियुक्त २० वर्षपछी पक्राउ