दैनिक समाचारदाता
राजविराज, १२ मंसिर ।
आफ्नै श्रीमतीलाई हतियार प्रहार गरि मारेको अभियोगमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ ।
राजविराज नगरपालिका वडा नं. १ चनौरा पररियास्थित नगरपालिकाको प्राङगरिक मल बनाउने निर्माणाधिन खुल्ला भवनको प्यासेज भित्र मंसिर ९ गते शुक्रबार स्थानिय भैयालाल भन्ने हिरालाल रजककी ४० वर्षिया श्रीमती गिता रजकको टाउँको तथा निधार धारिलो हतियार प्रहार गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
घटनाको भोली पल्ट बिहान प्रहरीले मृतक रजकको लास फेला पारेको थियो । सो घटनामा श्रीमान हिरालालकै संलग्नता रहेको भन्दै मृतकका बुबा गजानन्द रजकले किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
किटानी जाहेरीको आधारमा प्रहरीले हिरालाललाई खोजतलासका क्रममा सोही दिन पक्राउ गरि ज्यान सम्बन्धी कसुर मुद्दा शिर्षकमा मुद्दा दर्ता गरेको जनाउँदै घट्ना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी नरेश सिंहले जानकारी दिए ।
श्रीमतीलाई हतियार प्रहार गरि मारेको आरोपमा श्रीमान पक्राउ
सारांश
- राजविराज नगरपालिका वडा नं.
- १ चनौरा पररियास्थित नगरपालिकाको प्राङगरिक मल बनाउने निर्माणाधिन खुल्ला भवनको प्यासेज भित्र मंसिर ९ गते शुक्रबार स्थानिय भैयालाल भन्ने हिरालाल रजककी ४० वर्षिया श्रीमती गिता रजकको टाउँको तथा निधार धारिलो हतियार प्रहार गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
- घटनाको भोली पल्ट बिहान प्रहरीले मृतक रजकको लास फेला पारेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया