दैनिक समाचारदाता
राजविराज, १५ मंसिर ।
सप्तरीको रुपनी गाउँपालिका ५ बसबिटीस्थित दलित टोलका १४ वर्षिय पारस सदा र अग्निसाइर कृष्णासवरण गाउँपालिका २ का ११ वर्षिय अजय मण्डल रकमको अभावमा उपचारका लागि छटपटाइरहेका छन् ।
पेटको भित्री घाउँले बिरामी परेका पारस विगत १० दिनदेखी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना छन् । यस्तै मेनेन्जाइटिस रोगले ग्रस्त अजय २९ दिनदेखी स्थानिय छिन्नमस्ता अस्पतालमा भर्ना छन् ।
अतिविपन्न परिवारका पारसको आमा बुबाको केही वर्षअघि मात्र निधन भएको हो । उनको १३ वर्षिया बहिनी ताराले स्याहार सुसार गरिरहेका छन् ।
अभिभावकबिहीन उनले दाजुको जिवन रक्षाका लागि सहयोग जुटाइदिन सबैसँग आग्रह गरेकी छिन् । यता अजयको बुबाको पनि निधन भएको ८ वर्ष बितिसक्यो । उनको आमा नर्मता जिवितै रहेपनि पतिवियोगमा मानसिक सन्तुलन गुमाएर गाउँघरमै भौतारिदै हिड्ने गरेकी छिमेकी मिलन चौधरीले सुनाए ।
अजयको उपचारमा सहयोगका लागि पहल थालेका उनले हालसम्मको उपचारमा ३ लाख ५० हजार औषधी वापतनै खर्च भएको बताए । उनले अस्पताल परिसरमै संचालनमा रहेको औषधी पसलबाट उधारो लिएको औषधीको मात्रै ३ लाख ५० हजार रुँपैया बुझाउन बाँकी नै रहेको बताए ।
चिकित्सकले अजयको स्वास्थ्य अवस्थामा सुधार आउन अझ केही समय लाग्ने बताएको छ । यसैबीच रुपनी गाउँपालिका ५ का वडा अध्यक्ष गंगाराम यादवले पारसको उपचारका लागि ४ हजार रुँपैया नगद सहयोग गरेको उनका आफन्तले जनाएको छ ।
उपचार खर्च नपुग्दा दुई नाबालक अस्पतालमा
सारांश
- पेटको भित्री घाउँले बिरामी परेका पारस विगत १० दिनदेखी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना छन् ।
- यस्तै मेनेन्जाइटिस रोगले ग्रस्त अजय २९ दिनदेखी स्थानिय छिन्नमस्ता अस्पतालमा भर्ना छन् ।
- अतिविपन्न परिवारका पारसको आमा बुबाको केही वर्षअघि मात्र निधन भएको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भण्डारण गरिराखेको २१ क्विन्टल गाँजासहित दुई पक्राउ
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
प्रतिक्रिया
० प्रतिक्रिया