दैनिक समाचारदाता
राजविराज, २७ मंसिर ।
मलखाद भण्डारण गरि नेपाल सरकारले तोकेको मुल्य भन्दा बढी मुल्यमा बिक्रि गरिरहेको आरोपमा प्रहरीले एक किराना पसल संचालकलाई पक्राउ गरेको छ ।
किराना पसलको अनुमति लिएर मलखादको अवैध कारोबार तथा कालोबजारी गर्ने गरेको आरोपमा राजबिराज नगरपालिका वडा नं. १० दिघवा निवासी १९ वर्षिय राज कुमार दास रहेका छन् ।
उनले संचालन गरेको किराना पसलमा युरिया मल खाद सरकारले निर्धारण गरेको मुल्य भन्दा बढी मुल्यमा बिक्रि गरिरहेको गोप्य सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ ।
पसलमा खानतलासी गर्दा किराना आईटमहरु संग संगै नेपाल सरकारबाट अनुदानित रासायनिक मल अंकित खेती शक्ती मल लेखिएको ५० के.जी.को युरियाको बोरा ३५ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी एवं डिएसपी नरेश कुमार सिंहले जानकारी दिए ।
यता पक्राउ परेका दासलाई कालो बजार अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय सप्तरीमा उपस्थित गराई पहिलो पटक सात दिनको म्याद थप गराई घट्ना सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
युरिया मलको कालोबजारी गरेको आरोपमा किराना पसल संचालक पक्राउ
सारांश
- किराना पसलको अनुमति लिएर मलखादको अवैध कारोबार तथा कालोबजारी गर्ने गरेको आरोपमा राजबिराज नगरपालिका वडा नं.
- १० दिघवा निवासी १९ वर्षिय राज कुमार दास रहेका छन् ।
- उनले संचालन गरेको किराना पसलमा युरिया मल खाद सरकारले निर्धारण गरेको मुल्य भन्दा बढी मुल्यमा बिक्रि गरिरहेको गोप्य सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया