राजविराज÷राजविराजस्थित सगरमाथा आँखा अस्पतालले शनिबारदेखी ७ दिने निशुल्क आँखा तथा छाला सम्बन्धी परिक्षण स्वास्थ्य शिविर सुरु गरेको छ ।
उक्त शिविरमा शनिबार मात्रै १ सय ३२ जना बिरामीले निशुल्क स्वास्थय उपचार पाएको अस्पताल प्रबन्धक अफाक अनवरले जानकारी दिएका छन् ।
उनका अनुसार स्वास्थ्य उपचार पाएका मध्ये २६ जना बिरामीमा मोतिया बिन्दु देखा परेको छ भने बाँकी बिरामीहरुलाई सामान्य उपचार गराई घर फर्किएका छन् ।
नेत्र विशेषज्ञ डा. संजय कुमार सिंहको नेतृत्वमा नेत्र विशेषज्ञ डा. आशिषराज पन्थ, छाला विशेषज्ञ डा. रिपला आचार्य लगायत सात सदस्यीय टोलीले शिविरमा बिरामीहरुको चेक जाँच गरिरहेका छन् ।
यस अस्पतालमा मोतीयाविन्दु, जलविन्दु, कोर्नियल अल्सर, मेडिकल रेटिना, अकुलोप्लाष्टी, आँखाको नानीप्रत्यारोपण, बच्चाको आँखाजाँच लगायत आँखासम्बन्धी सम्पूर्ण रोगको उपचार तथा शल्यक्रिया हुने गरेको अस्पतालका मेडिकल सुपेरिनटेन्डेन्ट डा. पन्तले जानकारी दिए ।
राजविराजमा रहेका आँखाका बिरामीलाई अन्यत्र उपचारका लागि जान नपसोस् भन्ने उद्देश्यका साथ अस्पताल सञ्चालनमा ल्याएको उनको भनाई छ ।
साताको सातै दिन ओपिडी तथा सर्जरीको सुविधा सञ्चालनमा रहने हुदाँ विरामीले आफुलाई पायक पर्ने समय र दिनमा आँखाको उपचार समेत गराउने सकिने व्यवस्था मिलाइएको छ ।
जिल्लामा गुणस्तरीय आँखा उपचार सेवा नभएर यहाँका विरामीलाई अन्य शहर जानुपर्ने वाध्यता अब रहदैन भन्दै संचालक अनवरले विरामीले फोन वा मैसेजको माध्यमले नाम दर्ता तथा जाँचको समय बुक गराउने सुविधा अस्पतालले प्रदान गराएको बताए ।
अस्पतालले पुष ९ गते देखि मेघा शिविर मार्फत आँखाको सम्पूण उपचार सेवा शुभारम्भ गर्दै शिविरमा नाम दर्ता निःशुल्कका साथै शल्यक्रियामा छुटको व्यवस्था समेत मिलाइएको उनको भनाई छ ।
एक सय ३२ जना बिरामी मध्ये २६ जनामा मोतिया बिन्दु
सारांश
- राजविराज÷राजविराजस्थित सगरमाथा आँखा अस्पतालले शनिबारदेखी ७ दिने निशुल्क आँखा तथा छाला सम्बन्धी परिक्षण स्वास्थ्य शिविर सुरु गरेको छ ।
- उक्त शिविरमा शनिबार मात्रै १ सय ३२ जना बिरामीले निशुल्क स्वास्थय उपचार पाएको अस्पताल प्रबन्धक अफाक अनवरले जानकारी दिएका छन् ।
- उनका अनुसार स्वास्थ्य उपचार पाएका मध्ये २६ जना बिरामीमा मोतिया बिन्दु देखा परेको छ भने बाँकी बिरामीहरुलाई सामान्य उपचार गराई घर फर्किएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
…अनि श्रीमतीसँग माफी मागें
महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
प्रतिक्रिया
० प्रतिक्रिया