जनमत र नागरिक उन्मुक्ति पार्टीबीच १२ बुँदे सहमति

राजविराज राजविराज
|
आइतबार, पौष २४, २०७९
|
|
६८ पटक हेरिएको
Shares
जनमत र नागरिक उन्मुक्ति पार्टीबीच १२ बुँदे सहमति

सारांश

  •     जनमत पार्टीका अध्यक्ष डा.
  • सीके राउत र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले १२ बँुदे सहमतिमा हस्ताक्षर गरेका छन् ।
  •     रेशम चौधरीसँगै टीकापुर घटनाका राजबन्दीको रिहाइका लागि पहल गर्ने, देउवा सरकारले ल्याएको मुलुकी फौजदारी कार्यविधि संहिता संशोधन अध्यादेशलाई संसदबाट कानुनका रुपमा पास गर्न सरकारलाई दबाव दिने र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्न दुबै दल सहमत भएका छन् ।

दैनिक समाचारदाता
राजविराज, २४ पुस । 

    जनमत र नागरिक उन्मुक्ति पार्टीले आइतबार १२ बुँदे सहमति गरेको छ । 
    जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले १२ बँुदे सहमतिमा हस्ताक्षर गरेका छन् ।
    रेशम चौधरीसँगै टीकापुर घटनाका राजबन्दीको रिहाइका लागि पहल गर्ने, देउवा सरकारले ल्याएको मुलुकी फौजदारी कार्यविधि संहिता संशोधन अध्यादेशलाई संसदबाट कानुनका रुपमा पास गर्न सरकारलाई दबाव दिने र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्न दुबै दल सहमत भएका छन् ।
    आन्दोलनका क्रममा दुबै दलका कार्यकर्तामाथि लगाएको मुद्दा फिर्ता, राउतसँग २४ फागुन २०७५ मा भएको सम्झौता कार्यान्वयन, नागरिकता विधेयक पास र किसान आन्दोलनका मुद्दा कार्यान्वयन गर्न पनि दबाव दिने दुई दलको सहमति छ ।
    दुबै दलले प्रधानमन्त्रीलाई विश्वासको मत दिनुअघि आफूहरु सहमत भएका ११ बुँदा सम्बोधन हुनुपर्ने बताएका छन् । सो माग सम्बोधन नभए प्रदेश र संघ सरकारमा सहभागी नहुने बताइएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इम्प्याक्टद्वारा राजविराज नगरपालिकालाई विभिन्न स्वास्थ्य सामाग्रि सहयोग
इम्प्याक्टद्वारा राजविराज नगरपालिकालाई विभिन्न स्वास्थ्य सामाग्रि सहयोग
बबिता र मनोजबीचको अन्तरजातिय प्रेम विवाहले लियो नयाँ मोड, जन्मदर्ताका अनुसार बबिताको उमेर १३ वर्ष 
बबिता र मनोजबीचको अन्तरजातिय प्रेम विवाहले लियो नयाँ मोड, जन्मदर्ताका अनुसार बबिताको उमेर १३ वर्ष 
सकियो मेयरकप ब्याडमिन्टन 
सकियो मेयरकप ब्याडमिन्टन 
अरुलाई असर नपर्ने गरि बाजा÷डिजे  बजाई विवाह, चाडपर्व तथा अन्य  साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
अरुलाई असर नपर्ने गरि बाजा÷डिजे  बजाई विवाह, चाडपर्व तथा अन्य  साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
भ्रामक प्रचार प्रसार गर्दै डिलर ठग्दै प्रमुख डिलर
भ्रामक प्रचार प्रसार गर्दै डिलर ठग्दै प्रमुख डिलर
जेसीजद्वारा रक्तदान सम्पन्न
जेसीजद्वारा रक्तदान सम्पन्न
एकै दिन ६ महिलाद्वारा आत्महत्याको प्रयास
एकै दिन ६ महिलाद्वारा आत्महत्याको प्रयास
वर्तमान सरकार कमिशनतन्त्र, लुटतन्त्र र भ्रष्टतन्त्रमा लाग्यो ः उपेन्द्र अध्यक्ष 
वर्तमान सरकार कमिशनतन्त्र, लुटतन्त्र र भ्रष्टतन्त्रमा लाग्यो ः उपेन्द्र अध्यक्ष 
९७ अग्नीपीडितको निःशुल्क उपचार
९७ अग्नीपीडितको निःशुल्क उपचार
दुई महिनापछी सकुशल भेटिए रोशनी
दुई महिनापछी सकुशल भेटिए रोशनी