दैनिक समाचारदाता
राजविराज, ८ माघ ।
सप्तरीमा पनि तामाङ समुदायले २८५९ औं सोनाम ल्होछार पर्व आइतबार मनाएका छन् ।
जिल्लाको खडक नगरपालिका ७ स्थित मझौमा आइतबार २८५९ औं सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ्ग घेदुङ सप्तरीद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई मधेश प्रदेश सभा सदस्य गोविन्द बहादुर न्यौपानेले सम्बोधन गरे ।
सम्बोधनका क्रममा प्रदेश सभा सदस्य न्यौपानेले तामाङ समुदायले आफ्नो पहिचान भेषभूषा र संस्कृतिलाई जर्गेना र संरक्षण गर्दै आर्थिक समृद्धि कायम गर्न अग्रणी भुमिका खेलेको बताए । उनले हरेक समुदायको सांस्कृतिक पहिचानलाई राज्यले संरक्षण गर्नुपर्नेमा जोड दिए ।
प्रमुख अतिथिको आसन्न बाट बोल्दै नेता न्यौपानेले साँस्कृतिक जगेर्नाको साथै आर्थिक रुपान्तरणको कार्यमा निरन्तर लाग्न तामाङ समुदायलाई आग्रह गर्दै संस्थागत विधालयहरुले नेपाल सरकारले आव्हान गरेको सार्वजनिक विदाको अबज्ञा गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।
सप्तरीमा निरन्तर तामाङ्ग समुदायले सोनाम ल्होछारको अवसरमा शुभकामना आदानप्रदान लगायत विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै आएको आदिवासी जनजाति महासंघ सप्तरीका पूर्व अध्यक्ष वृजमान तामाङले जानकारी दिए ।
नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति सप्तरीका अध्यक्ष सन्तमान गोलेको अध्यक्षता आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल तामाङ घेदुङका संघीय सदस्य भिम बहादुर घिसिङ, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य ललिता साह, आदिवासी जनजाती महासंघ सप्तरीका अध्यक्ष अरुण कुमार प्रधान, आदिवासी जनजाति पत्रकार महासंघ सप्तरीका पुर्व अध्यक्ष प्रिया सिंह थारु, धर्मिहल्फा महिला विकास क्लब सप्तरीका अध्यक्ष समाजसेवी ईन्जिनियर सुर्य नारायण यादवलगातयले शुभकामना मन्तव्य दिएका थिए ।
सप्तरीमा मनाइयो सोनाम ल्होछार पर्व
सारांश
- जिल्लाको खडक नगरपालिका ७ स्थित मझौमा आइतबार २८५९ औं सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ्ग घेदुङ सप्तरीद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई मधेश प्रदेश सभा सदस्य गोविन्द बहादुर न्यौपानेले सम्बोधन गरे ।
- सम्बोधनका क्रममा प्रदेश सभा सदस्य न्यौपानेले तामाङ समुदायले आफ्नो पहिचान भेषभूषा र संस्कृतिलाई जर्गेना र संरक्षण गर्दै आर्थिक समृद्धि कायम गर्न अग्रणी भुमिका खेलेको बताए ।
- उनले हरेक समुदायको सांस्कृतिक पहिचानलाई राज्यले संरक्षण गर्नुपर्नेमा जोड दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
प्रतिक्रिया
० प्रतिक्रिया