दैनिक समाचारदाता
राजविराज, २३ माघ ।
सप्तरीको विष्णुपुर गाउँपालिका १ स्थित प्रसाही–थलही जोड्ने सडकको सोमबार एक कार्यक्रमबीच शिलान्यास गरिएको छ ।
संघिय सरकारको १ करोड ६० लाख र गाउँपालिकाको पनि १ करोड ६० गरी कुल ३ करोड २० लाखको लगानीमा निर्मांण हुन लागेको नालासहितको कालोपत्रे सडकको गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादवले शिलान्यास गरेका छन् ।
एक हजार ५ सय मिटर लम्बाई र ६ मिटर चौडाइ रहेको उक्त सडक १८ महिना भित्रै तयार हुने लक्ष्य लिइएको इन्जिनीयर रामचन्द्र दासले जानकारी दिए ।
सडकको शिलान्यास गर्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका गाउँपालिका अध्यक्ष यादवले सडक निर्माण भए गाउँपालिकाका वासिन्दा मात्र नभई सदरमुकाम राजविराज र आसपासका जनता समेत लाभान्वित हुने विश्वास ब्यक्त गरे ।
“बजेट छरेर रकम सिध्याउनु भन्दा हरेक वर्ष एउटा अत्यावश्यक विषयमा पुग्ने गरी बजेट विनियोजन गर्ने सोच अनुसार यस वर्ष गाउँपालिकाले सडक निर्माणमा पनि ठुलो रकम छुट्याएको छ, उनले भने ।”
उक्त सडक निर्माण कार्यको ठेक्का काठमाडौंस्थित अन्शुमन अधिकारी जेभि कम्पनीले पाएको प्रमुख प्रशासकिय अधिकृत रमेश प्रसाद यादवले जानकारी दिए ।
वडा अध्यक्ष बलराम यादवको अध्यक्षतामा आयोजित शिलान्यास समारोहमा गाउँपालिकाकी उपाध्यक्ष रेणु कुमारी यादव, कार्यक्रम अधिकृत सुभाष प्रसाद मण्डल, सिनियर अहेव अधिकृत सुनिल यादव, समाजसेवी ब्रहमदेव यादव, नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद सदस्य मनोज कुमार माझी, पत्रकार महासंघ सप्तरीका कोषाध्यक्ष नवीन कुमार गुप्ताका साथै स्थानीयवासीहरुको उपस्थिती रहेको थियो ।
प्रसाही–थलही जोड्ने सडक तीन करोड २० लाखको लगानीमा बन्दै
सारांश
- संघिय सरकारको १ करोड ६० लाख र गाउँपालिकाको पनि १ करोड ६० गरी कुल ३ करोड २० लाखको लगानीमा निर्मांण हुन लागेको नालासहितको कालोपत्रे सडकको गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादवले शिलान्यास गरेका छन् ।
- एक हजार ५ सय मिटर लम्बाई र ६ मिटर चौडाइ रहेको उक्त सडक १८ महिना भित्रै तयार हुने लक्ष्य लिइएको इन्जिनीयर रामचन्द्र दासले जानकारी दिए ।
- सडकको शिलान्यास गर्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका गाउँपालिका अध्यक्ष यादवले सडक निर्माण भए गाउँपालिकाका वासिन्दा मात्र नभई सदरमुकाम राजविराज र आसपासका जनता समेत लाभान्वित हुने विश्वास ब्यक्त गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया