सिके राउतको बन्दी प्रत्यक्षीकरण सम्बन्धि मुद्दाको सुनवाइ स¥यो

राजविराज राजविराज
|
शुक्रबार, कार्तिक ३०, २०७५
|
|
११३ पटक हेरिएको
Shares

सारांश

  •     राउतका दाजु जयकान्त राउतले यही कात्तिक ११ गते गैरकानूनी थुनामा राखिएको भन्दै बन्दीप्रत्यक्षीकरण रिट निवेदन रौतहट जिल्ला अदालतमा हालेका थिए ।
  •       राउतको गिरफ्तारी कानुन बमोजिम भएको थियो या थिएन भन्ने विषयमा सुनुवाईका लागि शुक्रबार पेशी तोकिएको थियो ।
  •     अदालतको आदेशअनुसार सुनुवाइका लागि शुक्रबार पेशी तोकिएकोमा विपक्षी जिल्ला अदालतमा सूचना नै नपुगेकोले सुनुवाइ सरेको हो ।

दैनिक समाचारदाता
राजविराज, ३० कात्तिक । 
    राष्ट्रिय अखण्डताविरुद्ध अभिव्यक्ति दिएको अभियोगमा पक्राउ परेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतको बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनवाइ मंसिर ३ गतेलाई सरेको छ ।  
    राउतका दाजु जयकान्त राउतले यही कात्तिक ११ गते गैरकानूनी थुनामा राखिएको भन्दै बन्दीप्रत्यक्षीकरण रिट निवेदन रौतहट जिल्ला अदालतमा हालेका थिए । 
    राउतको गिरफ्तारी कानुन बमोजिम भएको थियो या थिएन भन्ने विषयमा सुनुवाईका लागि शुक्रबार पेशी तोकिएको थियो ।
    अदालतको आदेशअनुसार सुनुवाइका लागि शुक्रबार पेशी तोकिएकोमा विपक्षी जिल्ला अदालतमा सूचना नै नपुगेकोले सुनुवाइ सरेको हो । 
    न्यायाधीशहरु दीपकराज जोशी र विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले गरेको आदेशमा ‘विपक्षीहरु मध्येको जिल्ला अदालत रौतहटका नाउँमा सूचना म्याद तामेल भई आएको नदेखिएको साथै इजलास समक्ष विपक्षीको प्रतिनिधित्वसमेत भएको नदेखिँदा’ अर्को तारेख मिति तोकिएको उल्लेख छ ।  
    बन्दी प्रत्यक्षीकरणको सुनुवाइका क्रममा राउतलाई सशरीर उपस्थित गराउन प्रहरीलाई दिइएको आदेश बमोजिम बिहिबार काठमाडौं ल्याइएको थियो । गत असोज २१ गते जिल्ला अदालत गौरमा चल्दै गरेको मुद्दाको तारिख लिएर फर्कदै गर्दा प्रहरीले राउतलाई नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
पुर्नोत्थानशिलता विश्लेषण तथा जिविकोपार्जन सम्बन्धी गोष्ठी सम्पन्न
पुर्नोत्थानशिलता विश्लेषण तथा जिविकोपार्जन सम्बन्धी गोष्ठी सम्पन्न
एक थान पेस्तोल र दुई राउण्ड गोली बरामद 
एक थान पेस्तोल र दुई राउण्ड गोली बरामद 
कार्यकर्ता रिहाईको माग गर्दै मसाल जुलुस प्रदर्शन
कार्यकर्ता रिहाईको माग गर्दै मसाल जुलुस प्रदर्शन
छिन्नमस्ता गाउँपालिकाद्वारा  सूचना दिन आलटाल
छिन्नमस्ता गाउँपालिकाद्वारा  सूचना दिन आलटाल
नौं वर्षिया बालिकालाई बलात्कार प्रयासपछि घाटी रेटेर हत्या गरेका मुख्य अभियुक्त पक्राउ
नौं वर्षिया बालिकालाई बलात्कार प्रयासपछि घाटी रेटेर हत्या गरेका मुख्य अभियुक्त पक्राउ
टि–ट्वान्टी कप प्रतियोगिता सुरु
टि–ट्वान्टी कप प्रतियोगिता सुरु
प्रेस सेन्टरद्वारा दश बुँदे माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन
प्रेस सेन्टरद्वारा दश बुँदे माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन
चाड पर्वलाई लक्षित गर्दै प्रहरीको २३ बुँदे विशेष सुरक्षा योजना
चाड पर्वलाई लक्षित गर्दै प्रहरीको २३ बुँदे विशेष सुरक्षा योजना
नागरिकतामा कीर्ते गरि ठगि धन्दा चलाएका दुई पक्राउ 
नागरिकतामा कीर्ते गरि ठगि धन्दा चलाएका दुई पक्राउ