मुटु एक समस्या अनेक

राजविराज राजविराज
|
आइतबार, कार्तिक ११, २०७५
|
|
३६ पटक हेरिएको
Shares
मुटु एक समस्या अनेक

सारांश

  •   डा.
  • दिपक कुमार मिश्र  मुटु विभाग प्रमुख  बी एण्ड बी अस्पतालमा  ई.
  • सी.

 

 

 

 

डा. दिपक कुमार मिश्र 
मुटु विभाग प्रमुख 
बी एण्ड बी अस्पतालमा 

ई.सी.जी.
यो मुटुको सामान्य जाँच हो । यसले मुटुको चाल र गतिको सामान्य जानकारी गराउँछ । हृदयघात भएनभएको सामान्यत छुट्याउन मद्दत गर्छ ।
इको
    मुटुको बनोट, भल्व, मांसपेशीको बाक्लोपन, ट्रान्स थोरासिस, मुटुको खुम्चिने शक्ति (सिस्टोलिक फंसन) र डायस्टोलिक फंसन, मुटुको झिल्लीमा पानी भएको वा नभएकोबारे सामान्य रुपमा यस उपकरणले जानकारी दिन्छ । इको गर्दा औषधि दिँदै गरिन्छ । सामान्य इकोलाई ट्रान्सथोरासिस भनिन्छ । यसका साथै ट्रान्सफेजल इको, स्ट्रेस इको, थ्री डायमेन्स्नल इको, फेटल इको आदि यसका विभिन्न प्रकार छन् ।

एबिपी मेसिन 
    यो मेसिनले २४ घण्टाको ब्लड प्रेसर र मुटुको धड्कनको मापन गरेर देखाउँछ । बिहान, दिउँसो, राति सुत्दा, बस्दा, खाँदा उच्चरक्तचापको स्थिति के छ ? भनेर एबिपी मेसिनले मनिटर गरिरहेको हुन्छ । यसले औषधि खाने वा नखाने भन्ने निक्र्योल गरिदिन्छ । यो मेसिन बहिरङ्ग विभागबाट जडान गरिन्छ । तसर्थ बिरामीलाई अस्पताल भर्ना हुनुपर्दैन ।
होल्टर 
    मुटुको धड्कन नियमित भएनभएको अवस्था हेर्ने उपकरणलाई होल्टर भनिन्छ । यसले मुटुको चाल र गतिसीमा देखाउन मद्धत गर्छ । यसबाट मुटुको चाल नियमित भएनभएको हेरिन्छ । चाल कहाँ बाट आइरहेको छ, सामान्य आउनुपर्ने ठाउँबाट वा अन्यन्त्रबाट मुटुको चाल आइरहेको छ भनेर पनि होल्टरले हेर्ने गर्छ । चिकित्सकीय परामर्शपछि बिरामीलाई होल्टर लगाइदिएर घर पठाइन्छ । सामान्यत यसलाई २४ घण्टा सम्म लगाइन्छ, आवश्यक परेको अवस्थामा ४८ घण्टा पनि लगाउनुपर्ने हुनसक्छ । सोही रिर्पोटको आधारमा बिरामीको अवस्था पहिचान गरिन्छ ।
टी.एम.टी.(ट्रेड मिल टेस्ट) 
    यो मुटुको परीक्षण गर्ने प्रविधि हो । टी.एम.टी.मा छातीमा इलेक्ट्रोडहरु लगाएर इसिजी मोनिटरसँग जोडिएको हुन्छ । बिरामीले गतिमा ट्रेड मिल मेसिनमाथि हिँड्दै गर्दा बिस्तारै मुटुको चाल र गतिविधि इसिजी मोनिटरले देखाउँछ । जाँच्ने क्रममा ब्लड प्रेसर पनि नापिन्छ । मुुटुले लोड लिँदा मुटुमा केही परिवर्तन आउँछ र ब्लकेज हुने सम्भावना भएनभएको थाहा पाउन सकिन्छ । 

इन्भेसिव सेवा 
    इन्भेसिभ सेवाअन्तर्गत मुटुको एन्जियोग्राफी, एन्जियोप्लाष्टी र पेसमेकर पर्दछन् । क्याथल्यावको माध्यमबाट ब्लक भएको मुटुको नसाको अवस्था हेर्न कोरोनरी एन्जियोग्राफीको जति महत्व हुन्छ त्यति नै पेरिफेरल एन्जियोग्राफी सेवा पनि महत्वपूर्ण छ । पेरिफेरल एन्जियोग्राफीले मुटुबाहेकका अन्य नसाहरुमा समस्या भएनभएको हेर्ने गरिन्छ । ब्लक भएको मुटुको नसाभित्र बेलुन स्टेन्ट (जाली जस्तो) राखेर नसाबाट रगत सुचारु गर्नुलाई कोरोनरी एन्जियोप्लाष्टी भनिन्छ भने मुटुबाहिरको नसामा बेलुन (जालीजस्तो) राख्नुलाई पेरिफेरल एन्जियोप्लाष्टी भनिन्छ । हृदयघात भएको बेला तत्काल गरिने उपचारलाई प्राइमरी एन्जियोप्लाष्टी भनिन्छ ।
क्याथल्याव 
    क्याथल्यावमा अत्याधुनिक उपकरण जडान गरी फ्लोरोस्कोपको माध्यमद्धारा हृदय तथा रक्तसञ्चार हुने नसा, टाउकोको रक्तनलीलगायतको अवस्था हेर्ने गरिन्छ । खासगरी यो मुटुको नसा (कोरोनरी) र पेरिफेरल एन्जियोग्राफी हेर्नमा धेरै प्रयोग गरिन्छ । रगतको नसामा ब्लकेज देखिएमा बेलुन स्टेन्ट (जाली) राखेर रगत सुचारु गर्नुपर्छ । टाइप टू र एडभान्सड् हार्ट ब्लक भएमा पेसमेकर लगाउनुपर्ने हुन्छ । यसका लागि क्याथल्याव मेसिनको प्रयोग जरुरी हुन्छ । बिरामीको मुटुको चाल सामान्य गतिभन्दचा कम भएमा बिरामी बेहोस हुनेसम्म खतरा हुन्छ । 
एन्जियोप्लाष्टी
    तत्काल हृदयघात भएका बिरामीलाई क्याथ ल्याबमा एन्जियोग्राफी गरेर ब्लक भएको नसा तुरुन्त खोल्नुपर्छ । अन्तर्रा्ष्ट्रिय मापदण्डले हृदयघात भएको ९० मिनेटभित्र एन्आियोष्टीबाट खोलिसक्नुपर्ने उल्लेख गरेको छ । टाढाबाट आउनेहरुका लागि पनि १ सय २० मिनेट भित्र उपचार गरिसक्नुपर्छ ।
हृदयघात 
    कारोनरी आर्टरी (धमनी) ले मुटुको मांशपेशीलाई आवश्यक रगत पु¥याउन नसक्दा हुने पीडा बिस्तारै बढ्दै गएर रक्तसञ्चार प्रकृया बन्द हुने समस्यालाई हृदयघात भनिन्छ ।
    खासगरी देब्रेतिर छाति दुख्ने, गिँजा, काँध र देब्रे हातमा पीडा महसुस हुने, श्वासप्रश्वासमा समस्या, मुटुको धड्कन बढ्ने, कपडा भिज्ने गरी पसिना आउने हृदयघातका लक्षण हुन् । मधुमेही, बृद्धबृद्धा र अटोनोमिक डिसफङ्सन भएका बिरामीलाई छातिको दुःखाइ नहुन पनि सक्छ ।
हृदयघातको खतरा कसलाई हुनसक्छ ?
— रक्तचाव बढि भएको मानिस
— मधुमेह नियन्त्रण नभएमा
— शारीरिक ब्यायाम नगर्ने र शारीरिक तौल अत्यधिक भएमा
— नराम्रो कोलेस्टेरोल उच्च र राम्रो कोलेस्टेरोल कम भएमा
— अत्यधिक धुम्रपान गर्ने ब्यक्ति
  वंशाणुगत समस्या भएका व्यक्ति
— उच्चरक्तचाप र हृदयघात 
    उच्च रक्तचापका कारण रक्तसञ्चारमा समस्या आउँछ । धमनीले राम्रोसँग रक्तसञ्चार गर्न नसक्दा रगतको सप्लाइ र डिमान्डको मिस्म्याच हुन्छ । लामो समयदेखि उच्च रक्तचाप भएमा मुटुको मांशपेशी बाक्लिदै जान्छ । यस्तो अवस्थामा हृदयघात हुने खतरा रहन्छ । त्यसैले समयमै रक्तचाप नियन्त्रण गर्नुपर्छ । यसरी चिकित्सकको परामर्श लिई रक्तचाप नियन्त्रण गरेमा जीवनलाई सहज बनाउन मद्दत पुग्छ ।
उच्च रक्तचाप र औषधि 
    नियमित उच्चरक्तचापको औषधि सेवन गर्ने, खानपान र शारीरिक तौललाई नियन्त्रणमा राखेर हृदयघातको जोखिम कम गर्न सकिन्छ । मधुमेहले पनि हृदयघात गराउनसक्ने भएकाले यसलाई पनि नियन्त्रणमा राख्नुपर्छ ।
मधुमेह र मुटु 
    मधुमेहको समस्यामा शरीरमा चिनीको मात्रा बढ्दै गएपछि रगतको नसामा कोलेस्टेरोल जम्मा हुँदै अन्तमा प्लाक बन्नसक्छ । प्लाक स्टेवल भएमा त समस्या हुँदैन तर उच्चरक्तचाप, तनाव तथा अन्य कारणले प्लाकमा हलचल भएमा बिस्तारै यसले रक्तनलीलाई पूर्णरुपमा बन्द गराइ हृदयघातसम्म गराउनसक्छ । त्यसैले मधुमेहलालई नियन्त्रण गर्न आवश्यक हुन्छ ।
धुम्रपान र हृदयघात 
    हृदयघातको जोखिम कारकमा धुम्रपान पर्छ । धुम्रपानले शरीरमा नराम्रो कोलेस्टेरोल (एलडिएल) को मात्रा बढाउँछ । धुम्रपानले रगत सञ्चार हुने धमनी (आर्टरी) लाई कडा बनाउँछ र शरीरको विभिन्न भागमा पुग्नुपर्ने अक्सिजन पुग्न सक्दैन र हृदयघातको सम्भावना बढाउँछ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साहुको रकम पचाउने नियतले लुटपाटको नाटक रचेका चालक पक्राउ
साहुको रकम पचाउने नियतले लुटपाटको नाटक रचेका चालक पक्राउ
चाड पर्वलाई लक्षित गर्दै प्रहरीको २३ बुँदे विशेष सुरक्षा योजना
चाड पर्वलाई लक्षित गर्दै प्रहरीको २३ बुँदे विशेष सुरक्षा योजना
प्रतिष्ठानको काम सूचारु गराउन प्रधानमन्त्रीलाई ज्ञापन
प्रतिष्ठानको काम सूचारु गराउन प्रधानमन्त्रीलाई ज्ञापन
बरामद लत्ताकपडासहित दुई वटा मोटरसाइकल र तीन जनालाई भन्सार बुझाइयो
बरामद लत्ताकपडासहित दुई वटा मोटरसाइकल र तीन जनालाई भन्सार बुझाइयो
गोपाल गोतामे पत्रकारिता पुरस्कारबाट प्रेस स्वतन्त्रता सेनानी झा सम्मानित
गोपाल गोतामे पत्रकारिता पुरस्कारबाट प्रेस स्वतन्त्रता सेनानी झा सम्मानित
करेन्ट लागेर महिलाको मृत्यु
करेन्ट लागेर महिलाको मृत्यु
समाचार संकलनमा रोक लगाएको भन्दै महासंघको गम्भिर ध्यानकर्षण
समाचार संकलनमा रोक लगाएको भन्दै महासंघको गम्भिर ध्यानकर्षण
तिलाठीमा जन्मदर्ता गराउने अभियान सञ्चालन गरिने
तिलाठीमा जन्मदर्ता गराउने अभियान सञ्चालन गरिने
ठूला पार्टीहरुले मधेश र मधेशी जनतालाई शोषण मात्र गर्दै आएको उपेन्द्र यादवको आरोप
ठूला पार्टीहरुले मधेश र मधेशी जनतालाई शोषण मात्र गर्दै आएको उपेन्द्र यादवको आरोप
लैंगिक हिंसा न्युनीकरणमा मिडियाको भूमिका