एनआईसी एशियाको २ सय ७९ शाखा महदेवामा संचालन

राजविराज राजविराज
|
मंगलबार, फाल्गुन २८, २०७५
|
|
६८ पटक हेरिएको
Shares
एनआईसी एशियाको २ सय ७९  शाखा महदेवामा संचालन

सारांश

  •     महदेवा गाँउपालिका ६ स्थित महदेवामा गाउँपालिका अध्यक्ष दिपक कुमार यादबले कार्यालयको बिधिवत रुपमा रिबन काटेर उदघाटन गरे ।
  •     सो कार्यालय उद्घाटन कार्यक्रममा बैंकका प्रदेश २ कार्यालय प्रमुख प्रकाश चन्द्र अधिकारीले कृषिलाई ब्यबसायमुखी बनाउन पुजीको आबश्यकताको आधारमा बृत सहयोग गर्न शाखा बिस्तार गरेको जानकारी दिए ।
  • कर्जा र रेमिटान्समा कम लागतमा सेवा सुबिधा दिने बताउँदै बाहिर पैसा पठाउदा अरू बैंक भन्दा ५० प्रतिशत सहुलियत दरमा सेवा दिने उनको दाबी छ ।

दैनिक समाचारदाता
राजविराज, २८ फागुन ।    
    सप्तरीको महदेवा गाउँपालिकामा मंगलबार एनआईसी एशिया बैंकले आप्mनो २ सय ७९ शाखाको रूपमा बिस्तार गरेको छ ।
    महदेवा गाँउपालिका ६ स्थित महदेवामा गाउँपालिका अध्यक्ष दिपक कुमार यादबले कार्यालयको बिधिवत रुपमा रिबन काटेर उदघाटन गरे ।
    सो कार्यालय उद्घाटन कार्यक्रममा बैंकका प्रदेश २ कार्यालय प्रमुख प्रकाश चन्द्र अधिकारीले कृषिलाई ब्यबसायमुखी बनाउन पुजीको आबश्यकताको आधारमा बृत सहयोग गर्न शाखा बिस्तार गरेको जानकारी दिए । कर्जा र रेमिटान्समा कम लागतमा सेवा सुबिधा दिने बताउँदै बाहिर पैसा पठाउदा अरू बैंक भन्दा ५० प्रतिशत सहुलियत दरमा सेवा दिने उनको दाबी छ ।
    प्रमुख अधिकारीले जुन जग्गामा कृषि गर्नुपर्ने छ, त्यही जग्गालाई धिता राखेर सहुलियत दरमा कर्जा उपलब्ध गराउने जानकारी समेत दिए ।
    यस्तै कार्यक्रममा प्रदेश २ का उपकार्यालय प्रमुख बिबेक बन्धु न्यौपानेले जनतालाई आर्थिक क्रियाकलपामा सहयोग पुग्ने बताउदै नेपाल सरकार र राष्ट्र बैंकको निर्देशन बमोजिम प्रत्येक स्थानिय तहमा शाखा बिस्तार गर्ने लागेको बताए ।
    सो अवसरमा महदेवा शाखा प्रबन्धक मानबहादुर चौधरी, शाखा नं. ६ का अध्यक्ष उमेश यादब, वडा नम्वर १ का जसो दास, राजबिराज शाखा प्रमुख मुकेश साह, तिरहुत शाखा प्रमुख नन्दकिशोर गुप्ता, पत्रकार मनोहर पोखरेल, चन्दनकुमार यादब, अरूण यादब, बैकका गोपाल सुबेदी लगायतले शुभकामना दिएका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मविव क्याम्पस राजबिराजमा नेकपा एसको विद्यार्थी संगठन गठन 
मविव क्याम्पस राजबिराजमा नेकपा एसको विद्यार्थी संगठन गठन 
एकै दिन १३ जना संक्रमित पुष्टि भएपछि सप्तरीमा कोरोना संक्रमितको संख्या ६९ पुग्यो 
एकै दिन १३ जना संक्रमित पुष्टि भएपछि सप्तरीमा कोरोना संक्रमितको संख्या ६९ पुग्यो 
बालवालिकामा लगानी गर्नुपर्नेमा जोड 
बालवालिकामा लगानी गर्नुपर्नेमा जोड 
मन्त्री साहले गरिन् सप्तरीका तीन सरकारी कार्यालयमा छड्के अनुगमन
मन्त्री साहले गरिन् सप्तरीका तीन सरकारी कार्यालयमा छड्के अनुगमन
सप्तरी क्षेत्र नं. २ मा सीके दोब्बर भन्दा बढी मतले अगाडी प्रदेशसभा १ र २ मा पनि जनमतकै सतिश र महेशको फराकिलो अग्रता
सप्तरी क्षेत्र नं. २ मा सीके दोब्बर भन्दा बढी मतले अगाडी प्रदेशसभा १ र २ मा पनि जनमतकै सतिश र महेशको फराकिलो अग्रता
हनुमाननगर कंकालिनीमा पहिलो पटक राष्ट्रपति कप
हनुमाननगर कंकालिनीमा पहिलो पटक राष्ट्रपति कप
बृद्धामाथी बोक्सीको आरोप  लगाउने महिला पक्राउ
बृद्धामाथी बोक्सीको आरोप  लगाउने महिला पक्राउ
तिलाठी कोइलाडी गाउँपालिकाद्वारा कोभिडका कारण ज्यान गुमाएका ब्यक्तिको बालबालिकाको अध्ययनका लागि मासिक एक हजार सहयोग गर्ने
तिलाठी कोइलाडी गाउँपालिकाद्वारा कोभिडका कारण ज्यान गुमाएका ब्यक्तिको बालबालिकाको अध्ययनका लागि मासिक एक हजार सहयोग गर्ने
पहिलो पटक जनमत पार्टीले गृह जिल्लामा आमसभा गर्दै 
पहिलो पटक जनमत पार्टीले गृह जिल्लामा आमसभा गर्दै 
विपद् सम्बन्धी रिफ्रेसर  तालिम सम्पन्न
विपद् सम्बन्धी रिफ्रेसर  तालिम सम्पन्न