२२ वर्षिया सजनले गरिन आत्महत्या, ८० वर्षिया बृद्धाद्वारा आत्महत्या प्रयास

राजविराज राजविराज
|
बिहिबार, चैत्र ९, २०७९
|
|
११२ पटक हेरिएको
Shares
२२ वर्षिया सजनले गरिन आत्महत्या, ८० वर्षिया बृद्धाद्वारा आत्महत्या प्रयास

सारांश

  •     जिल्लाको शम्भुनाथ नगरपालिका ९ ब्रजहट टोलकी २२ वर्षिया सजन देवी मुखियाले आत्महत्या गरेकी जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
  •     प्रहरीका अनुसार बुधवार राती १० बजे तिर आफ्नै घरमा वाँसको बलोमा साडीको पासो लगाई उनले आत्महत्या गरेकी हुन् ।
  • आत्महत्याको कारण भने खुल्न न सकेको र अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेश कुमार सिंहले जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, ९ चैत । 

    सप्तरीमा एक २२ वर्षिया महिलाले झुण्डिएर आत्महत्या गरेकी छिन् भने ८० वर्षिया बृद्धाले आत्महत्याको प्रयास गरेकी छिन् । 
    जिल्लाको शम्भुनाथ नगरपालिका ९ ब्रजहट टोलकी २२ वर्षिया सजन देवी मुखियाले आत्महत्या गरेकी जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
    प्रहरीका अनुसार बुधवार राती १० बजे तिर आफ्नै घरमा वाँसको बलोमा साडीको पासो लगाई उनले आत्महत्या गरेकी हुन् । आत्महत्याको कारण भने खुल्न न सकेको र अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेश कुमार सिंहले जानकारी दिएका छन् । 
    झुण्डिएको अवस्थामा उनको आमाले देखेपछी खबर गरेको र त्यस पछी प्रहरी चौकी कठौना र इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटेको टोलीले मृतकको शव नियन्त्रणमा लिई अनुसन्धान सूरु गरेको डिएसपी सिंहले बताए ।
    यता विहीवार विहान राजविराज नगरपालिका १ डुमरी शिवथान निवासी ८० वर्षिया जानकी साहले विषादी सेवन गरी आत्महत्याको प्रयास गरेकी छिन । उनको स्थानीय गजेन्द्र नारायण सिह अस्पतालमा उपचार भइरहेको छ । विषादी सेवनबारे कारण खुल्न नसकेको तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  
    जिल्लामा आत्महत्याको घट्नामा निकै तीब्र रुपमा बढिरहेको छ । चालु आर्थिक वर्ष २०७९÷०८० को हाल सम्मको अवधीमा विष सेवन र झुण्डिएर आत्महत्या गर्नेको संख्या ७५ पुगेको( छ भने गत आर्थिक वर्ष २०७८÷०७९ मा १ सय ३६ जनाले आत्महत्या गरेको प्रहरी तथ्याङ्कले देखाएको छ । 
    प्रहरीले न्युनिकरणका लागी अहिले जिल्लाका सबै पालिकामा सचेतना अभियान समेत संचालन गरे पनि आत्महत्याको दर बढ्ने क्रम नरोकिनु दुुःखद छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनमत पार्टीको जनसम्पर्क कार्यालय खोलिए
जनमत पार्टीको जनसम्पर्क कार्यालय खोलिए
नीजि शिक्षकको पेशागत हकहितको ग्यारेन्टी गर्नुपर्नेमा जोड
नीजि शिक्षकको पेशागत हकहितको ग्यारेन्टी गर्नुपर्नेमा जोड
जेसीज सप्ताहमा बिरामीलाई फलफुल बितरण
जेसीज सप्ताहमा बिरामीलाई फलफुल बितरण
संसदीय समितीको टोलीद्वारा राजविराज  कारागार र थुनुवा कक्षको निरिक्षण
संसदीय समितीको टोलीद्वारा राजविराज  कारागार र थुनुवा कक्षको निरिक्षण
एमाले मधेशी विरोधी होइन भ्रम मात्र फैलाइयो ः अध्यक्ष ओली
एमाले मधेशी विरोधी होइन भ्रम मात्र फैलाइयो ः अध्यक्ष ओली
दश रुँपैया जरिवाना गरिएका महिलासहित ८ फरार प्रतिवादी पक्राउ
दश रुँपैया जरिवाना गरिएका महिलासहित ८ फरार प्रतिवादी पक्राउ
सप्तरी प्रदेशसभा ४ को १ मा नेकपा एस र २ मा स्वतन्त्र बिजयी, आठ प्रदेशसभा सीटमा ४ जनमत तथा काँग्रेस,  एमाले, एस र स्वतन्त्रलाई एक÷एक सीट 
सप्तरी प्रदेशसभा ४ को १ मा नेकपा एस र २ मा स्वतन्त्र बिजयी, आठ प्रदेशसभा सीटमा ४ जनमत तथा काँग्रेस,  एमाले, एस र स्वतन्त्रलाई एक÷एक सीट 
खडकको अधिकांश बिधालयका बालबालिकाले त्रैमासिक परीक्षा सकिएपनि पाठ्यपुस्तक पाएनन्
खडकको अधिकांश बिधालयका बालबालिकाले त्रैमासिक परीक्षा सकिएपनि पाठ्यपुस्तक पाएनन्
महासंघको स्थापना दिवसमा  प्रभातफेरी तथा रक्तदान
महासंघको स्थापना दिवसमा  प्रभातफेरी तथा रक्तदान
आफूलाई बदनाम गर्न  श्रृंखलाबद्ध रुपमा गलत सुचना  प्रवाह ः अध्यक्ष यादव 
आफूलाई बदनाम गर्न  श्रृंखलाबद्ध रुपमा गलत सुचना  प्रवाह ः अध्यक्ष यादव